रामेछाप। जिल्ला प्रहरी कार्यालय रामेछाप र जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापले चेकजाचँको क्रममा यात्रुहरुबाट बढी भाडा असुल गर्ने सवारी साधनलाई कारबाही गरेको छ । जिल्ला ट्राफिक कार्यालयले आईतवार काठमाण्डौं, मन्थली, शिवालय र प्रितिबाट मन्थली आउने र काठमाण्डौं जाने १ वटा बस र ५ टाटा सुमोमाथि कारबाही गरेको हो ।
जिल्लाका बिभिन्न स्थानमा चेकजाँचका क्रममा भाडाका सवारी साधनहरुबाट यात्रुहरुसँग तोकिएको भन्दा बढी भाडा लिएको पाईएकाले बढी भाडा फिर्ता गराई ती सवारी साधनहरुलाई यातयात ब्याबस्था ऐन बमोजिम ६ (छ) वटा सवारी साधनहरुलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बढी भाडा फिर्ता गराई ९ हजार ५ सय जरिवाना समेत उठाईएको छ । कारबाहीमा पर्ने सवारी साधनमा प्राय टाटा सुमो रहेका छन् । १ वटा बस र ५ टाटा सुमोबाट यात्रुहरुले बढी भाडा लिएको ४ हजार ५० रुपैयाँ फिर्ता पाएका छन् ।