Advertisement

EN

एमालेले दल त्याग गरेकालाई पार्टीबाट निष्कासन गर्ने

Advertisement

काठमाडौँ । नेकपा (एमाले)ले पार्टी परित्याग गर्नेलाई निष्कासन गर्ने निर्णय गरेको छ । तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा आज भएको केन्द्रीय कमिटी बैठकले पार्टी परित्याग गरी नयाँ दलमा गएका पार्टीका नेताको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । 

उहाँले पार्टी परित्याग गरेकालाई निष्कासन गरेको जानकारी निर्वाचन आयोगलाई समेत दिने बताउनुभयो । बैठकले यही भदौ ८ गते स्थायी कमिटी बैठकले गरेका निर्णयको अनुमोदनसमेत गरेको छ । पार्टी परित्याग गरेका कसैले भुल महसुस गरे सच्याएर आए पार्टी एकतामा फर्कन चाहनेलाई ढोका खुला राखिने उहाँको भनाइ छ । “उहाँहरु फर्कनु भयो भने हामी स्वागत गर्दछाँै”, उहाँले भन्नुभयो, “आफूलाई सुधार गरेर आउँछन् भने ती साथीलाई पार्टीमा जिम्मेवारीसमेत दिन्छौँ ।”

बैठकले १० बुँदे प्रस्ताव शीघ्र र प्रभावकारीरूपमा पार्टी एकताको मर्मलाई प्रतिविम्ब गर्ने गरी कार्यान्वयन गर्नेसमेत निर्णय गरेको उहाँले बताउनुभयो । बैठकले निर्वाचन आयोगले पार्टीबाट हटाएर र अनुपस्थिति रहेका नेताको सनाखत गरेर पार्टी विभाजनमा सहयोगी बनेको निष्कर्ष निकालेको पार्टीका प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो । “सनाखत भनेको त्यो व्यक्तिको हस्ताक्षर हो वा होइन भन्ने हो”, उहाँले भन्नुभयो, “तर आयोगमा उपस्थित नभएका व्यक्तिको पनि सनाखत गरी आयोग दल विभाजन गर्न सहयोगी बन्यो ।”

मङ्गलबार एमालेबाट अलग भई माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी गठन भएको थियो । बैठकले पार्टीले कारवाही गरेर पठाएका सांसदको कारवाहीको सूचना सभामुख अग्निप्रसाद सापकोटाले अझै टाँस नगरेकाले संसदीय अभ्यासअनुसार प्रतिवाद गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । 

बैठकले १० बुँदे सहमति जनवर्गीय सङ्गठनमा कार्यान्वयन गर्नका लागि महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव गोकर्ण विष्ट र स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीलाई जिम्मेवारी दिएको छ । 

यही भदौ ८ गते एमालेको स्थायी कमिटी बैठकले पार्टीको सबै संरचना २०७५ जेठ २ गते अवस्थामा फर्काउने निर्णय गरेको थियो । दश बुँदे कार्यान्वयनमा समस्या आएमा उपाध्यक्ष भीम रावल, उमहासचिवद्वय पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र लेखराज भट्टसहितको सहजीकरण गर्नका लागि कार्यदल गठन गरेको छ ।  उहाँले बैठक पार्टीको आन्तरिक रूपान्तरणमा रहेकाले पार्टीलाई एकताबद्ध बनाउने बताउनुभयो । एमालेले पार्टीको १०औँ राष्ट्रिय महाविधेशन आगामीमङ्सिर १० देखि मङ्सिर १३ गते र विधान अधिवेशन आगामी असोज ४ गतेदेखि असोज ६ गतेसम्म गर्ने निर्णय गरेको छ । एमालेले आगाी कात्तिक ६ गते वडा अधिवेशन र कात्तिक ९ गते पालिका अधिवेशन गर्ने भएको छ । 

बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी एकताका पक्षमा उभिने र विभाजनको विपक्षमा उभिनेलाई स्वागत गर्नुभयो । बैठकमा बोल्ने सबै केन्द्रीय सदस्यले पार्टी एकता सुदृढीकरण गर्न सङ्कल्पसमेत व्यक्त गरेका थिए । बैठकले जनवादी गायक जेवी टुहुरेको निधनप्रति दुःख व्यक्त गरेको छ । एमाले उपाध्यक्ष भीम रावलले १० बुँदे सहमतिअनुसार पार्टी एकताबद्ध बनाउने विषयमा छलफल भएको बताउनुभयो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

निर्वाचन आयोगले मतदाता नामावली दर्ता खुला

निर्वाचन आयोगले मतदाता नामावली दर्ता खुला

काठमाडौँ । निर्वाचन आयोगले सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता खुला गरेको छ । यसअघि स्थान...
गुरुङ राष्ट्रिय परिषद्को बागमती प्रदेशस्तरीय अन्तरक्रिया सुरु

गुरुङ राष्ट्रिय परिषद्को बागमती प्रदेशस्तरीय अन्तरक्रिया सुरु

काठमाडौ । तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् बागमती प्रदेशको आयोजनामा घुम्ती अन्तरक्रिया सुरु भएको छ । तमु ह्यूल छोंज ध...
प्रधानमन्त्री ओलीले दिए उमालाई बधाई

प्रधानमन्त्री ओलीले दिए उमालाई बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपनिर्वाचनमा विजयी भएका गौरीशंकरको उपाध्यक्ष उमा लुङ्गेली मगर शेर्पालाई शुभकामना तथा...
चलचित्र ‘टुहुरी’ निर्माणको अन्तिम चरणमा

चलचित्र ‘टुहुरी’ निर्माणको अन्तिम चरणमा

किशोर गुरुङ, काठमाडौं । नेपाली कथानाक गुरुङ चलचित्र 'टुहुरी’ निर्माण कार्यको अन्तिम चरणमा पुगेको छ । चलचित्र 'टुहुरी' को छायाँकन र...
गौरीशंकरमा आइतबार हुने उपनिर्वाचनको तयारी पुरा

गौरीशंकरमा आइतबार हुने उपनिर्वाचनको तयारी पुरा

दोलखा । गौरीशंकर गाउँपालिकामा आइतबार हुने उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पुरा भएको छ । निर्वाचनका लागि सबै मतदान र मतगणनास्थ...
भ्रम फैलाउने अनलाईनलाई काउन्सिलद्वारा कारवाही

भ्रम फैलाउने अनलाईनलाई काउन्सिलद्वारा कारवाही

काठमार्डौ । मंसिर १६ गते हुन लागेको उप निर्वाचनमा उम्मेदवारको विषयमा गलत र भ्रम सिर्जना गर्ने समाचार सम्प्रेषण गर्ने अनलाईनलाई...
चलचित्र “जिउनी” शनिबार आँबुखैरेनीमा प्रर्दशन हुदै

चलचित्र “जिउनी” शनिबार आँबुखैरेनीमा प्रर्दशन हुदै

काठमाडौं, १४ मंसिर । तनहुँको आँबुखैरेनीमा मंसिर १५ गते शनिबार चलचित्र “जिउनी“ भव्य प्रर्दशन हुने भएको छ । जलकन्या फिल्मको ब्या...
उपनिर्वाचनको बिहीबार मध्येरातिदेखि मौन अवधि सुरु

उपनिर्वाचनको बिहीबार मध्येरातिदेखि मौन अवधि सुरु

काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तहको उपनर्वाचनका लागि विहीबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ । निर्वान ऐनको ब्यवस्थ...