Advertisement

EN

तमू बौद्ध सेवा समिति नेपालको ३५औ स्थापना दिवस सम्पन्न, फोटो फिचरसहित

Advertisement

काठमाडौ । सामाजिक सेवामा सर्पित संस्था तमू बौद्ध सेवा समिति नेपालको ३५औ स्थापना दिवस सम्पन्न गरेको छ । सोमबार अनामनगरस्थित संस्थाको कार्यलयमा शुभकामना आदनप्रदान गरी ३५औँ स्थापना दिवसको कार्यक्रम सम्पन्न गरेको हो ।

तमू बौद्ध सेवा समितिको अध्यक्ष क्या. नारायण बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न वार्षिक साधारणसभाको प्रमुख अतिथ्यतामा संस्थापक अध्यक्ष क्या। आशबहादुर गुरुङ रहनुभएको थियो । कार्यक्रममा संस्थापक सदस्यहरुसहित विभिन्न संघसंस्थाका प्रतिनीधि, पूर्वअध्यक्षहरु, वुद्धिजीविहरु लगाएत आजिवन सदस्यहरुको सहभागीता थियो ।

वि.स. २०४१ साल भदौ १७ गते क्याप्टेन आशबहादुर गुरुङको नेतृत्वमा तमू बौद्ध सेवा समितिको स्थापना गरिएको थियो । संस्था स्थापना भएदेखि नै गैरनाफामुलक र गैरराजनीतिक भई विशुद्ध सामाजिक सेवामा समर्पित हुदै गुरुङ समुदायको हक अधिकार, साँस्कृतिक, धार्मिक तथा मौलिकतालाई संरक्षण गरिदै आएको छ ।

तमू बौद्ध सेवा समितिले शैक्षिक क्षेत्रमा अब्बल, जेहेन्दार र गरीब परिवारका विद्यार्थीहरुलाई आर्थिक सहयोग स्वरुप विभिन्न अक्षयकोष स्थापना गरी छात्रवृत्ति प्रदान गरिदै आएको छ । संस्थाले आर्थिक बिपन्न परिवारलाई समेत सहयोग गरिदै आएको संस्थापक सदस्य एवं पुर्वअध्यक्षहरुले बताए ।

संस्थाले पछिल्लो समयमा गुरुङहरुको हकहित र अधिकारको लागि मात्र नभएर गैरगुरुङलाई पनि सहभागी गरी विभिन्न आर्थिक, भौतिक तथा नैतिक रुपमा सहयोग गरिदिदै आएको अध्यक्ष नारायण गुरुङले बताउनुु भयो । अध्यक्ष गुरुङका अनुसार संस्थामा विश्वासतियता र आर्थिक पार्दशिता रहेको हुदाँ नेपाल अधिराज्यमा मात्र सिमित नभएर विश्वभरबाट सामाजिक सेवामा समर्पित भई सहयोग प्राप्त हुने गरेको बताउनुभयो । संस्थालाई विभिन्न क्षेत्रबाट प्राप्त भएको सहयोगबाट नै अक्षय कोष स्थापना गरी आपतकालिन समस्या परेकालाई सहयोग गर्ने गरेको समेत बताए ।

संस्था राजनीतिक हस्तक्षेपबाट मुक्त रहेको हुदाँ देश तथा विदेशमा विश्वानियता बढेको संस्थापक अध्यक्ष क्याप्टेन आश बहादुर गुरुङले बताउनुभयो । क्याप्टेन गुरुङले संस्थाको नेतृत्व गुरुङ समुदायका भुपू सेना तथा प्रहरीका उच्च पदाधिकारीले गर्ने भएका हुनाले आगामी दिनमा यसको नेतृत्व गर्ने व्यक्तिको संकट पर्न सक्ने चिन्तन ब्यक्त गर्नुभयो । समय परिर्वनसँगै संस्थाको नीति नियम पनि परिमार्जन गरी सञ्चालनमा सहजीकरण गर्दै लैजानुपर्नेे बताउनुहुदै सफलताको शुभकामना दिनुभयो ।

संस्था संस्थापना दिवसको अवसरमा पुर्वअध्यक्ष एवं संस्थापक सदस्यहरुलाई सम्मान समेत गरेको थियो । संस्था स्थापनाको यो पहिलो र ऐतिहासिक कार्यक्रम रहेको अध्यक्ष गुरुङले बताउनुभयो । स्थापना दिवसमा गुरुङ कलाकारहरुले साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

त्यसैगरी, संस्थाले स्थापना दिवशको अवसरमा रात्रीभोजको समेत आयोजना गरिएको थियो ।

फोटो फिचर

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

निर्वाचन आयोगले मतदाता नामावली दर्ता खुला

निर्वाचन आयोगले मतदाता नामावली दर्ता खुला

काठमाडौँ । निर्वाचन आयोगले सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता खुला गरेको छ । यसअघि स्थान...
गुरुङ राष्ट्रिय परिषद्को बागमती प्रदेशस्तरीय अन्तरक्रिया सुरु

गुरुङ राष्ट्रिय परिषद्को बागमती प्रदेशस्तरीय अन्तरक्रिया सुरु

काठमाडौ । तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् बागमती प्रदेशको आयोजनामा घुम्ती अन्तरक्रिया सुरु भएको छ । तमु ह्यूल छोंज ध...
प्रधानमन्त्री ओलीले दिए उमालाई बधाई

प्रधानमन्त्री ओलीले दिए उमालाई बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपनिर्वाचनमा विजयी भएका गौरीशंकरको उपाध्यक्ष उमा लुङ्गेली मगर शेर्पालाई शुभकामना तथा...
चलचित्र ‘टुहुरी’ निर्माणको अन्तिम चरणमा

चलचित्र ‘टुहुरी’ निर्माणको अन्तिम चरणमा

किशोर गुरुङ, काठमाडौं । नेपाली कथानाक गुरुङ चलचित्र 'टुहुरी’ निर्माण कार्यको अन्तिम चरणमा पुगेको छ । चलचित्र 'टुहुरी' को छायाँकन र...
गौरीशंकरमा आइतबार हुने उपनिर्वाचनको तयारी पुरा

गौरीशंकरमा आइतबार हुने उपनिर्वाचनको तयारी पुरा

दोलखा । गौरीशंकर गाउँपालिकामा आइतबार हुने उपनिर्वाचनका लागि सम्पूर्ण तयारी पुरा भएको छ । निर्वाचनका लागि सबै मतदान र मतगणनास्थ...
भ्रम फैलाउने अनलाईनलाई काउन्सिलद्वारा कारवाही

भ्रम फैलाउने अनलाईनलाई काउन्सिलद्वारा कारवाही

काठमार्डौ । मंसिर १६ गते हुन लागेको उप निर्वाचनमा उम्मेदवारको विषयमा गलत र भ्रम सिर्जना गर्ने समाचार सम्प्रेषण गर्ने अनलाईनलाई...
चलचित्र “जिउनी” शनिबार आँबुखैरेनीमा प्रर्दशन हुदै

चलचित्र “जिउनी” शनिबार आँबुखैरेनीमा प्रर्दशन हुदै

काठमाडौं, १४ मंसिर । तनहुँको आँबुखैरेनीमा मंसिर १५ गते शनिबार चलचित्र “जिउनी“ भव्य प्रर्दशन हुने भएको छ । जलकन्या फिल्मको ब्या...
उपनिर्वाचनको बिहीबार मध्येरातिदेखि मौन अवधि सुरु

उपनिर्वाचनको बिहीबार मध्येरातिदेखि मौन अवधि सुरु

काठमाडौं । मंसिर १६ गते हुने स्थानीय तहको उपनर्वाचनका लागि विहीबार राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ । निर्वान ऐनको ब्यवस्थ...