काठमाडौं । पेरिस पारालिम्पिक्स अन्तर्गत पारा तेक्वान्दोमा नेपाललाई पहिलोपटक पदक (काँस्यं) दिलाउने पलेसा गोवर्धनसहितको पारा तेक्वान्दो टोलीलाई भव्य स्वागत गरेको छ । बुधबार स्वदेश फर्केका टोलीलाई त्रिभुवन अनन्तरार्ष्ट्रिय विमानस्थलमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले स्वागत गरेका हुन् ।
पलेशासहितका नेपाली टीमलाई त्रिभुवन अनन्तरार्ष्ट्रिय विमानस्थलका भीआईपी कक्षबाटै नगर परिक्रमा गराइएको हो । आज स्वदेश फर्केका टोलीलाई र्याली मार्फत एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट र त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुगेर टुंगिएको थियो ।
पेरिसमा भएको पारालिम्पिक्समा ४४ क्याटगोरी अन्तरर्गत महिला ५७ केजीमुनि प्रतिस्पर्धा गरेकी पलेशाले कांस्य पदक जितेकी थिइन् । यो नै नेपाली खेलाडीहरुले ओलम्पिकमा जितेको पहिलो पदक हो ।