काठमाडौं । नेपाली हिन्दु नारीहरुले आज महादेवको पुजा आरधना गरी तिज पर्व मनाउँदैछन् । आजको दिन ब्रत बसी शिव पार्वतीको पुजा, उपसना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास रहिआएको छ ।
आज बिहानदेखि विभिन्न मठमन्दिरमा नेपाली नारीहरुको घुँइचो लागिरहेको छ । काठमाडौँस्थित पशुपतिनाथ, गोकर्णेश्वर, ललितपुरको कुम्भेश्वर, सिन्धुलीको कुशेश्वर, सिन्धुपाल्चोकको फटकेश्वर लगायत शिवालयमा श्रद्धालुको घुइँचो लाग्ने गर्दछ ।
यसैबीच, राष्ट्रपति रामचन्द्र पौडेलले तिज पर्वले समाजमा भातृत्व, सदाचार, आपसी एकता र सामाजिक सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका निभाउने बताउनुभएको छ ।
राष्ट्रपति पौडेलले तिजको अवसरमा आज शुभकामना सन्देश दिँदै लाविरुद्ध हुने सबै प्रकारका भेदभाव, हिंसा अन्त्य गरी समतामूलक समाज निर्माण गर्न तिज सबैमा नयाँ उत्साह लिएको बताउनुभयो ।