काठमाडौं । गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) लाई सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । उच्च अदालत पाटनबाट भएको फैसलालाई सर्वोच्चका न्यायाधीशद्धय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले सदर गरिदिएको हो ।
अर्का गुण्डा नाइने चक्रे मिलनको ज्यान मार्ने उद्योग गरेको अभियोगमा मनाङे दोषी ठहर भएका हुन् । उच्च अदालत पाटनले मनाङेलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो । सर्वोच्चले पनि उच्चको उक्त फैसलालाई सदर गर्दै पाँच वर्ष कैद सजाय कायम गरेको हो ।
यो विवादमा उनी २०७५ साल पुसमा थुनामा समेत बसेका थिए । उनी विरुद्ध सर्वोच्च अदालतमा २०७५ फागुन ३ गतेदेखि मुद्धा चलेको थियो । उनले थुनाबाटै पुनरावेदन गरेपछि सर्वोच्च अदालतले २०७५ साल पुस २६ गते धरौटी राखेर उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो ।