
बैदेशिक रोजगारीबाट फर्किएर भेडापालन गर्दै मार्बुका सुन्दर गुरुङ
दोलखा । भेडापालन गुरुङ समुदायको पुख्र्यौली पेशाको रुपमा चिनिन्छ । विगतमा गुरुङ समुदायले घुम्ती भेडीगोठ सामुहिक र व्यक्तिगत रुपमा भेडा पालन गर्दै आएका थिए ।
गुरुङ समुदायले परापूर्वकालमा भेडापालन र कृषि पेशा मार्फत घुमन्ते जिविका चलाउदै आएको थियो । तर पछिल्लो समयमा भेडापालन व्यवसाय पलायन हुन थालेको छ ।
अहिलेको युवा पुस्ताले पुख्र्यौली पेशालाई चासो नदिँएका कारण भेडापालन व्यवसाय संकटमा पर्न थालेको हो । युवाहरु सहर र विदेश केन्द्रित छन् । भेडापालनबाट मासु, ऊन र पाठापाठी विक्रीबाट मनग्य आम्दानी गर्न सकिने भएपनि काम गर्न कठिन छ । त्यस कारण भेडापालन व्यवसायमा युवाले पुस्ताले खासै चासो नदिएको अग्रज भेडीगोठालाहरुले बताउछ । उनीहरु भन्छन्, "भेडापालन व्यवसायबाट राम्रो आम्दानी गर्न सकिन्छ तर भेडा चराउन कहिले बेँसी, कहिले लेक गरिरहनुपर्छ । वर्षा, हिउँद, घामपानी, भोक तिर्खा खप्नुपर्छ । त्यसैले यो व्...