दोलखा गुरुङ विद्यार्थीको आयोजनामा तमू ल्होसार कार्यक्रम सम्पन्न
काठमाडौ । नेपाल तमू विद्यार्थी छोंज धीँ जिल्ला कार्यसमिति दोलखाद्वारा आयोजित ल्होसार कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार काठमाडौंको गोकर्णस्थित निजामति स्मारक पार्कमा तमू विद्यार्थी जिल्ला कार्यसमितिले आयोजना गरेको ल्होसार एवं स्योंकै र शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा दोलखाबाट काठमाडौंमा विभिन्न पेशा व्यवसायमा संलग्न अभिभावक एवं विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो । यस वर्ष दोलखाली गुरुङ समुदायले लामो समयपछि तमू ल्होसार भव्यताको साथ मनाएको हो ।
हरेक वर्ष गुरुङ समुदायले आफ्नो भाषा, भेषभुषा, कला, संस्कार, संस्कृति लगायत आफ्नो मौलिकता संरक्षण गर्न पौष १५ गते तमू ल्होसार मनाउदै आएको छ । गुरुङ समुदायको हरेक वर्षको पौष १५ गते नया वर्ष एवं ल्होसार मनाउने गरिन्छ ।
त्यसक्रममा दोलखाका गुरुङ समुदायले पनि आफ्नो पहिचाहन झल्किने गरी केहि वर्...













