आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २४औ स्थापना दिवस सम्पन्न, फोटो फिचरसहित
काठमाडौं । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले आफ्नो २४औं स्थापना दिवस मनाएको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्धारा बिहीबार काठमाडौंमा कार्यक्रम आयोजना गरी स्थापना दिवस मनाएको हो ।
प्रतिष्ठानको उपाध्यक्ष रेशम गुरुङको अध्यक्षतामा आदिवासी जनजातिको पहिचाहन, राष्ट्रको शान र सम्मान भन्ने मुलनाराका साथ संघीय सरकारका उपप्रधान तथा शहरी बिकास मन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा स्थापना दिवस सम्पन्न भएको हो । प्रतिष्ठानद्धारा आयोजित कार्यक्रममा नेपाल सरकारका विभिन्न निकायका प्रतिनीधिहरु, संघीय सांसदहरु, विभिन्न जातिय घटकका प्रतिनीधिहरुको उपस्थिति थियो ।
प्रतिष्ठानको २४औं स्थापना दिवसको अवसरमा आज विविध कार्यक्रम आयोजना गरिएको थियो । यसैबीच राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा सहभागीहरूले विभिन्न कार्यक्रम गरी साँस्कृतिक प्रस्तुति दिएका थिए ।
त्यसैगरी, प्रत...












