Advertisement

खोला तर्ने क्रममा नगर प्रहरी बेपत्ता

Advertisement

काठमाडौँ । सोलुदूधकुण्ड नगरपालिकामा कार्यरत नगर प्रहरी खोलामा बेपत्ता भएका छन् । वडा नं २ मोपुङको वासाखोला तर्ने क्रममा मोटरसाइकलसहित बगाउँदा नगर प्रहरी दावा तेन्जी शेर्पा बेपत्ता बनेको प्रहरीले जनाएको छ ।

सोही नगरपालिकाको वडा नं ८ केरुङ घर भएका २२ वर्षीय शेर्पा प्रदेश–३–१०२००८ प ३१५३ नम्बरको मोटरसाइकलमा सल्लेरीबाट मोपुङ हिँडेको बुझिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवित कटवालले जानकारी दिनुभयो । मङ्गलबार दिउँसो भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मोटरसाइकल भेटिए पनि शेर्पा अझैसम्म बेपत्ता छन् । उनको खोजीका लागि ठूलो सङ्ख्यामा जनपथ प्रहरीसहित स्थानीय जनप्रतिनिधि, नगर प्रहरी, स्थानीयवासी सक्रिय भए पनि खोला बढेकाले समस्या भएको प्रनाउ कटवालको भनाइ छ । गत वर्ष पनि सोही खोला तर्ने क्रममा एक पुरुषलाई बगाएकोे वडाध्यक्ष मिङमार दोर्जी शेर्पाले बताउनुभयो ।

0 Shares

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रोल्वालिङका पर्वतारोही दाजुभाईको टोलीले गरे सगरमाथा आरोहण

रोल्वालिङका पर्वतारोही दाजुभाईको टोलीले गरे सगरमाथा आरोहण

काठमाडौ । रोल्वालिङका हिमआरोही दाजुभाईको टोलीले सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेका छन् । हिमआरोही दाजुभाई निमा ग्या...
हनी ट्रयापमा पारी पैसा असुल्ने दुई महिला पक्राउ

हनी ट्रयापमा पारी पैसा असुल्ने दुई महिला पक्राउ

काठमाडौ । हनी ट्रयापमा पारी पैसा असुलेको आरोपमा दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ममता तामाङ र आँचल चौगुठी...
रोल्वालिङका पेमा छिरिङले गरे २४औं पटक सगरमाथाको आरोहण

रोल्वालिङका पेमा छिरिङले गरे २४औं पटक सगरमाथाको आरोहण

काठमाडौं । रोल्वालिङका हिम आरोही पेमा छिरिङ शेर्पाले २४औं पटक सगरमाथा सफल आरोहण गरेका छन् । उनले मे १८ का दिन आइतबार बिहान शिख...
लामो रस्साकस्सीबीच राष्ट्र बैंकको गभर्नरमा डा. पौडेल नियुक्त

लामो रस्साकस्सीबीच राष्ट्र बैंकको गभर्नरमा डा. पौडेल नियुक्त

काठमाडौ । नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा लामो रस्साकस्सीबीच डा. विश्वनाथ पौडेल (विश्व) नियुक्त भएका छन्। मंगलबार बसेको...
सोक्ला भ्यालीमा तेस्रो रक क्लाइम्बिङ महोत्सव सुरु, फोटो फिचरसहित

सोक्ला भ्यालीमा तेस्रो रक क्लाइम्बिङ महोत्सव सुरु, फोटो फिचरसहित

दोलखा । भिमेश्वर नगरपालिका वडा नम्बर– २ सोक्ला भ्यालीमा शनिवारबाट ‘सोक्ला–चक्पा रक क्लाईम्विङ महोत्सव– २०८२’ सुरु भएको छ । नेप...
सोक्ला रक क्लाइम्बिङ महोत्सवको तयारी पुरा, २० गते उद्घाटन हुने

सोक्ला रक क्लाइम्बिङ महोत्सवको तयारी पुरा, २० गते उद्घाटन हुने

दोलखा । सोक्ला भ्याली रक क्लाइम्विङ महोत्सवको तयारी पुरा भएको छ । भीमेश्वर नगरपालिका -२, सोक्ला भ्यालीमा हुन लागेको तेस्रो संस...
वैशाख २० र २१ गते सोक्ला रक क्लाइम्बिङ

वैशाख २० र २१ गते सोक्ला रक क्लाइम्बिङ

वैशाख २० र २१ गते सोक्ला रक क्लाइम्बिङ हुने
आजको मौसम

आजको मौसम

काठमाडौं । देशका केही स्थानमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ह...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज