Advertisement

सुनापति गाउँपालिकामा अन्तरपालिका भलिबल तथा ब्याडमिन्टन प्रतियोगिता हुने

Advertisement

रामेछाप । स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ भन्ने मूल नाराका साथ सुनापति गाउँपालिकामा तेश्रो  अध्यक्षकप जिल्ला स्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता तथा ब्याडमिन्टन प्रतियोगिता हुन लागेको छ ।

सुनापति गाउँपालिका खेलकुद विकास समितिले आगामी चैत्र ५ गतेदेखि सुरुहुने उक्त प्रतियोगिता चैत्र ८ गतेसम्म तेश्रो सुनापति गाउँपालिका अध्यक्ष कप सञ्चालन गर्ने शुक्रबार पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

जिल्ला स्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत तेश्रो सुनापति गाउँपालिका अध्यक्ष कपको प्रथम पुरस्कार २ लाख रुपैयाँ नगद सहित ट्रफि मेडल र प्रमाणपत्र रहेको छ । त्यसैगरी द्धितीय पुरस्कार १ लाख रुपैयाँ नगद, ट्रफि मेडल र प्रमाणपत्र तथा तृतीय पुरस्कार ५० हजार रुपैयाँ नगद, ट्रफि मेडल र प्रमाणपत्र रहेको छ भने, सान्त्वना पुरस्कारमा २५ हजार रुपैयाँ नगद सहित ट्रफि र प्रमाणपत्र रहेको छ ।

त्यसैगरी सर्वोत्कृष्ट खेलाडी १० हजार रुपैयाँ नगद सहित ट्रफि र प्रमाणपत्र, उत्कृष्ट स्पाइकर ५ हजार नगद सहित ट्रफि र प्रमाणपत्र, उत्कृष्ट सेटर ५ हजार नगद ट्रफि र प्रमाणपत्र, उत्कृष्ट ब्लकर ५ हजार नगद ट्रफि र प्रमाणपत्र, उत्कृष्ट डिफेण्डर ५ हजार नगद ट्रफि र प्रमाणपत्र, उत्कृष्ट सर्भर ५ हजार नगद ट्रफि र प्रमाणपत्र रहेको छ भने उत्कृष्ट प्रशिक्षकलाई पनि ५ हजार नगद ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ ।

ब्याडमिन्टनतर्फ प्रमथ पुरस्कार १५ हजार नगद, ट्रफि मेडल र प्रमाणपत्र, द्धितीय पुरस्कार १० हजार नगद ट्रफि, मेडल र प्रमाणपत्र, तृतीय पुरस्कार ५ हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र रहेको छ भने सान्त्वना पुरस्कारमा २ हजा ५ सय रुपैयाँ नगद सहित ट्रफि र प्रमाणपत्र रहेको छ । त्यस्तै उत्कृष्ट खेलाडी पुरस्कार १ हजार नगद सहित ट्रफि र प्रमाणपत्र रहेको छ । ब्याडमिन्ट खेल पुरुष तथा महिलातर्फ छुट्टाछुट्टै खेलाइने छ भने, पुरस्कार पनि दुवैतर्फत प्रदान गरिने छ ।

प्रतियोगितामा सहभागि हुने खेलाडीहरुको लागि दैनिक ५ हजारको दरले भक्ताको समेत ब्यवस्था गरिएको सुनापति गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष गोविन्द घिमिरेले जानकारी दिनुभयो । प्रतियोगिताको क्रममा खेलाडीहरु घाइते भएमा सम्पूर्ण उपचार समेत गाउँपालिकाले नै गरिदिने सुनापति गाउँपालिका अध्यक्ष धावा लामाले जानकारी दिनुभयो ।

0 Shares

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

अपर तामाकोशीको अध्यक्षमा शाक्य नियुक्त

अपर तामाकोशीको अध्यक्षमा शाक्य नियुक्त

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । अपर तामाकोशीको स...
शिक्षक महासंघले आन्दोलनलाई निरन्तरता दिइने

शिक्षक महासंघले आन्दोलनलाई निरन्तरता दिइने

काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनलाई निरन्तरता दिइने भएको छ । मंगलबार राति बसेको मन्त्रिपरिषद्को बैठकले वार्ता र संवाद ...
चरिकोटमा नयाँ वर्ष लक्षित सडक खाना महोत्सव सुरु

चरिकोटमा नयाँ वर्ष लक्षित सडक खाना महोत्सव सुरु

दोलखा । सदरमुकाम चरिकोटमा नयाँ साल २०८२ लाई लक्षित गरेर तिन दिने सडक खाना महोत्सव आयोजना गरिएको छ । चेम्बर अफ कमर्स दोलखा र दोलख...
आगामी १९औ विश्वशान्ति पुजा सोलुखुम्बुको सल्लेरीमा हुने

आगामी १९औ विश्वशान्ति पुजा सोलुखुम्बुको सल्लेरीमा हुने

दोलखा । १९औँ बज्रगुरु मन्त्रजप तथा विश्वशान्ति पूजा सोलुखुम्बुको सल्लेरीमा हुनेभएको छ । चरिकोटमा भएको १८औँ १० करोड बज्रगुरु मन...
१८औं १० करोड बज्रगुरु मन्त्रजप तथा विश्वशान्ति पूजा समापन

१८औं १० करोड बज्रगुरु मन्त्रजप तथा विश्वशान्ति पूजा समापन

दोलखा । १८औँ १० करोड बज्रगुरु मन्त्रजप तथा विश्वशान्ति पूजा समापन भएको छ । सदरमुकाम चरिकोटमा बौद्ध धर्मवलम्बी विधि अनुसार १० द...
बल्खुमा राष्ट्रिय प्रजातन्त्र पार्टीको शक्ति प्रदर्शन

बल्खुमा राष्ट्रिय प्रजातन्त्र पार्टीको शक्ति प्रदर्शन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले काठमाडौंको बल्खुमा शक्ति प्रदर्शन र आमसभा गरेको छ । राप्रपाले विभिन्न ठाउ...
आज चैते दशैः नवदुर्गाको पूजाआराधना गरी मनाउदै

आज चैते दशैः नवदुर्गाको पूजाआराधना गरी मनाउदै

काठमाडौ । आज चैते दशैं पर्व मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ ।...
रास्वपा सभापति लामिछाने पुनः पक्राउ

रास्वपा सभापति लामिछाने पुनः पक्राउ

काठमाडौं । पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पुनः पक्राउ परेका छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज