Advertisement

सौर्य एयर दुर्घट्नाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक

Advertisement

काठमाडौं । काठमाडौंमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटना जाँच आयोगले प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलम गत ९ साउन २०८१ मा भएको जहाज दुर्घट्नाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको हो ।

दुर्घटनाको एक सम्भावित कारणमा अपरेटर (सौर्य एयरलाइन्स) ले अपरेसन र ग्राउन्ड ह्यान्डलिङ म्यानुअल अनुसार जहाजमा सामान राख्नुपर्नेमा त्यसको पालना नगरेको कारण दुर्घट्ना भएको हुनसक्ने प्रतिवेदनको प्रारम्भिक निष्कर्ष छ ।”

यस्तो म्यानुअल नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत गराउनुपर्छ । सामान जोख्ने, त्यसलाई लोड गर्ने र जहाजभित्र कसरी सुरक्षित राख्ने भन्ने मापदण्ड हुने त्यस्तो म्यानुअल सौर्यसँग भए पनि त्यसको पालना नभएको देखिएको छ ।

साथै, जहाजले कार्गोसहित लोड बोकेर उड्दा बाहिरको तापक्रम, विमानस्थलको उचाइ, लोडसहित आधारमा टेकअफका बेला लिने गतिको क्याल्कुलेसन गर्ने गरिन्छ । जसलाई ‘भी–स्पीड’ भनिन्छ । यो उडानका बेला यस्तो क्याल्कुलेसन नगरी जहाजले टेकअफ लिएको देखिएको छ ।

यसलाई समेत आयोगले दोस्रो सम्भावित कारण भनेको छ । यस्तो विधि उल्लेख भएको ‘क्विक रिफरेन्स ह्यान्डबुक’ पाइलटसँग हुने गर्छ । जाँच आयोगले प्राधिकरणबाट मर्मतका लागि दिने ९फेरी फ्लाइट० अनुमतिमा उल्लेख नियमहरूको पूर्णपालना हुन नसकेको समेत उल्लेख गरेको छ ।

जाँच आयोगको प्रारम्भिक प्रतिवेदनमा वायुसेवा कम्पनीहरूले फेरी फ्लाइटमा गर्ने लापरबाहीतर्फ संकेत गरिएको छ । यसमा नागरिक उड्डयन प्राधिकरणले आँखा चिम्लिरहेको समेत देखिन्छ । अबको जाँच सोहीतर्फ उन्मुख हुने समेत प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।

सौर्यको दर्ता नम्बर ‘९एन–एनएमई’ भएको ‘सीआरजे–२००’ सिरिजको जहाज टेकअफ गर्नासाथ त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको थियो । दुर्घटनामा १८ जनाको मृत्यु थियो । क्याप्टेन मनिषरत्न शाक्यलाई भने जीवितै उद्धार गरिएको थियो ।

0 Shares

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रोल्वालिङका पर्वतारोही दाजुभाईको टोलीले गरे सगरमाथा आरोहण

रोल्वालिङका पर्वतारोही दाजुभाईको टोलीले गरे सगरमाथा आरोहण

काठमाडौ । रोल्वालिङका हिमआरोही दाजुभाईको टोलीले सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेका छन् । हिमआरोही दाजुभाई निमा ग्या...
हनी ट्रयापमा पारी पैसा असुल्ने दुई महिला पक्राउ

हनी ट्रयापमा पारी पैसा असुल्ने दुई महिला पक्राउ

काठमाडौ । हनी ट्रयापमा पारी पैसा असुलेको आरोपमा दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ममता तामाङ र आँचल चौगुठी...
रोल्वालिङका पेमा छिरिङले गरे २४औं पटक सगरमाथाको आरोहण

रोल्वालिङका पेमा छिरिङले गरे २४औं पटक सगरमाथाको आरोहण

काठमाडौं । रोल्वालिङका हिम आरोही पेमा छिरिङ शेर्पाले २४औं पटक सगरमाथा सफल आरोहण गरेका छन् । उनले मे १८ का दिन आइतबार बिहान शिख...
लामो रस्साकस्सीबीच राष्ट्र बैंकको गभर्नरमा डा. पौडेल नियुक्त

लामो रस्साकस्सीबीच राष्ट्र बैंकको गभर्नरमा डा. पौडेल नियुक्त

काठमाडौ । नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा लामो रस्साकस्सीबीच डा. विश्वनाथ पौडेल (विश्व) नियुक्त भएका छन्। मंगलबार बसेको...
सोक्ला भ्यालीमा तेस्रो रक क्लाइम्बिङ महोत्सव सुरु, फोटो फिचरसहित

सोक्ला भ्यालीमा तेस्रो रक क्लाइम्बिङ महोत्सव सुरु, फोटो फिचरसहित

दोलखा । भिमेश्वर नगरपालिका वडा नम्बर– २ सोक्ला भ्यालीमा शनिवारबाट ‘सोक्ला–चक्पा रक क्लाईम्विङ महोत्सव– २०८२’ सुरु भएको छ । नेप...
सोक्ला रक क्लाइम्बिङ महोत्सवको तयारी पुरा, २० गते उद्घाटन हुने

सोक्ला रक क्लाइम्बिङ महोत्सवको तयारी पुरा, २० गते उद्घाटन हुने

दोलखा । सोक्ला भ्याली रक क्लाइम्विङ महोत्सवको तयारी पुरा भएको छ । भीमेश्वर नगरपालिका -२, सोक्ला भ्यालीमा हुन लागेको तेस्रो संस...
वैशाख २० र २१ गते सोक्ला रक क्लाइम्बिङ

वैशाख २० र २१ गते सोक्ला रक क्लाइम्बिङ

वैशाख २० र २१ गते सोक्ला रक क्लाइम्बिङ हुने
आजको मौसम

आजको मौसम

काठमाडौं । देशका केही स्थानमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ह...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज