Advertisement

EN

इजरायल–हमास युद्ध १२औँ महिनामा प्रवेश, युद्धविरामको सम्भावना कम

Advertisement

काठमाडौं । गाजामा इजरायल र हमासबीच जारी युद्ध शनिबार (सेप्टेम्बर ७ तारिख) १२औँ महिनामा प्रवेश गरेको छ । जारी युद्धबीच युद्धविरामका लागि इजिप्ट, अमेरिका, कतारलगायतका मुलुकले मध्यस्थता गरिरहे पनि युद्धविरामको अझै सम्भावना क्षीण रहेको छ ।

गत अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेको हमासले इजरायली सेना पूर्ण रूपमा फिर्ता गर्न माग गरिरहेको छ तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा–इजिप्ट सीमाको एक महत्त्वपूर्ण भूभागमा सेना राख्नुपर्नेमा जोड दिएका छन्।

हमासले इजरायलको दक्षिणी क्षेत्रमा गरेको आक्रमणमा करिब एक हजार २०५ जनाको मृत्यु भएको थियो जसमध्ये अधिकांश सर्वसाधारण थिए । हमास शासित गाजामा इजरायलले गरेको जवाफी कारबाहीमा अधिकारीहरूले झण्डै ४१ हजार व्यक्ति व्यक्तिको मृत्यु भएको बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयका अनुसार मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन् । आक्रमणका क्रममा प्यालेस्टाइनी लडाकुले कब्जामा लिएका २५१ बन्धकमध्ये ९७ जना गाजामै छन् भने ३३ जनाको मृत्यु भएको इजरायली सेनाले जनाएको छ।

त्यसैगरी, नोभेम्बरमा एक हप्ताको युद्धविरामको क्रममा दर्जनौँ मानिस आदानप्रदान गरिएको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

आज तराईका जिल्लामा होली मनाउँदै

आज तराईका जिल्लामा होली मनाउँदै

काठमाडौं । आज तराईका जिल्लाहरुमा उत्सवको रुपमा होली पर्व मनाउँदैछ । पहाडी तथा हिमाली जिल्लामा पूर्णिमाका दिन होली मनाइएको भोलि...
तामाकोशी पाँचौंमा ठेकेदार कम्पनीले श्रम कानुन पालना नगरेको भन्दै नेपाली श्रमिकको आन्दोलन, सबै निर्माण कार्य ठप्प

तामाकोशी पाँचौंमा ठेकेदार कम्पनीले श्रम कानुन पालना नगरेको भन्दै नेपाली श्रमिकको आन्दोलन, सबै निर्माण कार्य ठप्प

दोलखा । तामाकोशी पाँचौँ जलविद्युत् आयोजनाका श्रमिकहरू निर्माण कार्य ठप्प पारी चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । आयोजनाको अडिट–१...
आज होली पर्व, पहाडी र हिमाली क्षेत्रमा मनाइँदै

आज होली पर्व, पहाडी र हिमाली क्षेत्रमा मनाइँदै

काठमाडौं । आज पहाडी र हिमाली जिल्लामा होली पर्व मनाइँदै छ । फागुन शुक्ल पूर्णिमाको दिन मनाईने होली आज पहाडी र हिमाली जिल्लामा ...
पूर्ववडाध्यक्षसमेत रहेका तिर्खबहादुर रसिया-युक्रेन युद्धमा अस्ताए

पूर्ववडाध्यक्षसमेत रहेका तिर्खबहादुर रसिया-युक्रेन युद्धमा अस्ताए

काठमाडौं । रोल्पाको सुनछहरी गाउँपालिका-५ जैमाकसलाका पूर्ववडाध्यक्ष तिर्खबहादुर बुढाथोकीको रसिया र युक्रेनको लडाइँमा मृत्यु भएक...
‘राजा आऊ देश बचाऊ’ भन्दै राजधानीमा राप्रपाको प्रदर्शन

‘राजा आऊ देश बचाऊ’ भन्दै राजधानीमा राप्रपाको प्रदर्शन

  काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ‘गणतन्त्र गन्हाइसक्यो, राजा आऊ देश बचाऊ’ भन्दै काठमाडौँमा प्रदर्श...
अमेरिकाले कागजात नभएका दश नेपालीलाई फर्काए

अमेरिकाले कागजात नभएका दश नेपालीलाई फर्काए

काठमाडौं। अमेरिकाले गैरकानुनी रुपमा बसोबास गर्दै आएको दश जना नेपालीलाई देश निकाला गरेको छ । अमेरिकाले गैरकानुनी रुपमा लुकीछिपी...
गौरीशंकरका स्थानीयले भुमि पुजा गर्दै मनाए ग्याल्पो ल्होसार

गौरीशंकरका स्थानीयले भुमि पुजा गर्दै मनाए ग्याल्पो ल्होसार

काठमाडौं । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आय...
पर्यटकीय क्षेत्र कालिञ्चोकमा हिमपात, होटल व्यवसायी खुशी

पर्यटकीय क्षेत्र कालिञ्चोकमा हिमपात, होटल व्यवसायी खुशी

दोलखा । जिल्लाको पर्यटकीय तथा धार्मिक क्षेत्र कालिञ्चोकमा हिमपात भएको छ । शुक्रबार रातिदेखि कालिञ्चोकको कुरी क्षेत्र तथा जिल्ल...