Advertisement

उपसभामुख रानालाई हटाउने रणनीतिमा सत्ता साझेदारी दलहरु

Advertisement

काठमाडौं । उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने तयारीमा सत्ता साझेदारी दल लागेका छन् । सोमबार बसेको सत्ता साझेदार दलको बैठकमा उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने निष्कर्षमा पुगेका हुन् ।

यसै विषयमा मंगलबारको प्रतिनिधिसभा बैठकमा बहस भएको छ । बैठकको आकस्मिक‚ शून्य र विशेष समयमा यो विषयमा पक्ष विपक्षमा बहस भएको हो । बैठकमा सत्ता साझेदार दलले उपसभामुखलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न अनुरोध गरे भने प्रतिपक्षका दलहरू त्यसको प्रतिकारमा उत्रिएका छन् ।

बैठकको आकस्मिक समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले उपसभामुखलाई पदबाट हटाउने कुरा मान्य नहुने बताए । उनले राजनीतिक पार्टीहरूबिच सल्लाह भएर उपसभामुखलाई पदबाट हटाउने कुरा लोकतन्त्रका लागि मान्य नहुने भन्दै यसले लोकतन्त्रमाथि नै आक्रमण हुने टिप्पणी गरे ।

लोकतन्त्रका लागि जनता सडकमा ओर्लिएर पार्टीहरूविरूद्ध आन्दोलन गर्ने विश्वास पनि रास्वपालाई रहेको उनले बताए । शून्य समयमा बोल्दै सांसद सोविता गौतमले पनि सत्ताको दम्भले लोकतन्त्रको घाँटी निमोठ्ने प्रयास भएको भन्दै खबरदारी गरिन् ।

सत्तापक्षको उक्त कदमको प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले पनि आलोचना गरेको छ । रास्वपा र उपसभामुख रानालाई साथ दिँदै माओवादी सांसदहरूले जमेरै प्रतिवाद गरे । पार्टी प्रमुख सचेतक हितराज पाण्डेले यर्थाथ विषय के हो भनेर स्पष्ट पार्न समेत अनुरोध गरे ।

0 Shares

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रोल्वालिङका पर्वतारोही दाजुभाईको टोलीले गरे सगरमाथा आरोहण

रोल्वालिङका पर्वतारोही दाजुभाईको टोलीले गरे सगरमाथा आरोहण

काठमाडौ । रोल्वालिङका हिमआरोही दाजुभाईको टोलीले सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेका छन् । हिमआरोही दाजुभाई निमा ग्या...
हनी ट्रयापमा पारी पैसा असुल्ने दुई महिला पक्राउ

हनी ट्रयापमा पारी पैसा असुल्ने दुई महिला पक्राउ

काठमाडौ । हनी ट्रयापमा पारी पैसा असुलेको आरोपमा दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ममता तामाङ र आँचल चौगुठी...
रोल्वालिङका पेमा छिरिङले गरे २४औं पटक सगरमाथाको आरोहण

रोल्वालिङका पेमा छिरिङले गरे २४औं पटक सगरमाथाको आरोहण

काठमाडौं । रोल्वालिङका हिम आरोही पेमा छिरिङ शेर्पाले २४औं पटक सगरमाथा सफल आरोहण गरेका छन् । उनले मे १८ का दिन आइतबार बिहान शिख...
लामो रस्साकस्सीबीच राष्ट्र बैंकको गभर्नरमा डा. पौडेल नियुक्त

लामो रस्साकस्सीबीच राष्ट्र बैंकको गभर्नरमा डा. पौडेल नियुक्त

काठमाडौ । नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा लामो रस्साकस्सीबीच डा. विश्वनाथ पौडेल (विश्व) नियुक्त भएका छन्। मंगलबार बसेको...
सोक्ला भ्यालीमा तेस्रो रक क्लाइम्बिङ महोत्सव सुरु, फोटो फिचरसहित

सोक्ला भ्यालीमा तेस्रो रक क्लाइम्बिङ महोत्सव सुरु, फोटो फिचरसहित

दोलखा । भिमेश्वर नगरपालिका वडा नम्बर– २ सोक्ला भ्यालीमा शनिवारबाट ‘सोक्ला–चक्पा रक क्लाईम्विङ महोत्सव– २०८२’ सुरु भएको छ । नेप...
सोक्ला रक क्लाइम्बिङ महोत्सवको तयारी पुरा, २० गते उद्घाटन हुने

सोक्ला रक क्लाइम्बिङ महोत्सवको तयारी पुरा, २० गते उद्घाटन हुने

दोलखा । सोक्ला भ्याली रक क्लाइम्विङ महोत्सवको तयारी पुरा भएको छ । भीमेश्वर नगरपालिका -२, सोक्ला भ्यालीमा हुन लागेको तेस्रो संस...
वैशाख २० र २१ गते सोक्ला रक क्लाइम्बिङ

वैशाख २० र २१ गते सोक्ला रक क्लाइम्बिङ

वैशाख २० र २१ गते सोक्ला रक क्लाइम्बिङ हुने
आजको मौसम

आजको मौसम

काठमाडौं । देशका केही स्थानमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ह...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज