Advertisement

EN

वर्ल्ड सेपाक ताक्रो च्याम्पियनसिपका स्वर्णपदक विजेता खेलाडीलाई सम्मान

Advertisement

काठमाडौं । नेपाल सेपाक ताक्रो संघले ३७औ विश्व च्याम्पियनसीप किङ्स कपको स्वर्ण पदक बिजेता खेलाडीलाई सम्मान गरेको छ । नेपाल सेपाक ताक्रो संघले कार्यक्रम आयोजना गरी थाइल्याण्डमा सम्पन्न सेपाक ताक्रो च्याम्पियनसीप किङ्स कपको स्वर्ण पदक विजेता खेलाडीलाई सम्मान गरेको हो ।

थाइल्याण्डमा भदौ १६ देखि २४ गतेसम्म वर्ल्ड सेपाक ताक्रो च्याम्पियनसिप आयोजना भएको थियो । नेपालले सेपाक ताक्रो च्याम्पियनसिप कपमा १ स्वर्ण र ३ कास्य पदक जितेको थियो ।

नेपालले यो इभेन्टमा सहभागी पाकिस्तान, बंगलादेश, चाइनिज ताइपेइ र श्रीलंकालाई पराजित गरेको थियो । होप ईभेन्टमा इरानले स्वर्ण, अमेरिकाले रजत तथा २ सय ३० स्कोर गरि नेपालले कास्य पदक जित्न सफल भएको नेपाल सेपाक ताक्रो संघका अध्यक्ष नेत्र प्रसाद गुरुङले जानकारी दिनुभयो ।

मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदमा आयोजित सम्मान कार्यक्रममा विजेता खेलाडीहरुलाई अध्यक्ष गुरुङले व्यक्तिगत रुपमा प्रोत्साहण स्वरुप प्रतिब्यति रु पाँच हजार सहयोग गर्नुभयो । विजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले खादा तथा अविर लगाई सम्मान गर्नुभयो ।

खेलको टोलीमा रोशन तामाङको‌ कप्तानीमा रहेको चन्द्रा चौधरी, सुमित्रा डंगोल, दिपेशजंग थापा, पदमबहादुर ठाडामगर, अलिन जर्गा मगर, सुजन थिङ र उमेशबहादुर‌ महतो छन् । उक्त खेलको टिम म्यानेजरमा जीतेन्द्र थापा रहेको थियो ।

त्यसैगरी, सो खेलमा अन्र्तराष्ट्रिय रेफ्री सोममाया मंगर पनि सहभागि भएका थिइन ।

 

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गौरीशंकरमा बलेरो दुर्घटना हुदाँ चार जना घाइते

गौरीशंकरमा बलेरो दुर्घटना हुदाँ चार जना घाइते

दोलखा । गौरीशंकर गाउँपालिकामा बलेरो दुर्घटना हुदाँ चार जना घाइते भएको छ । गौरीशंकर गाउँपालिका ७, मार्बु सिक्पाश्वरमा विहीबार द...
मेलम्ची खानेपानीको पाइप फुट्दा बबरमहल क्षेत्र जलमग्न

मेलम्ची खानेपानीको पाइप फुट्दा बबरमहल क्षेत्र जलमग्न

काठमाडौं । मेलम्ची खानेपानीको पाइप फुट्दा बबरमहल क्षेत्र जलमग्न भएको छ । बुधवार दिउँसो विद्युत् प्राधिकरणले विद्युत्का तारह...
आज माघ शुक्ल पूर्णिमाः स्वस्थानी व्रत समापन गरिँदै

आज माघ शुक्ल पूर्णिमाः स्वस्थानी व्रत समापन गरिँदै

काठमाडौं । एक महिना लामो स्वस्थानी व्रत आज समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि घर–घरमा शुरु गरेको एक महिने स्वस्थानी व्रत आ...
सिआरसीद्धारा लिपिङ हाइड्रोको मुख्य सुरुङ्ग ब्रेक थ्रु, फोटो फिचरसहित

सिआरसीद्धारा लिपिङ हाइड्रोको मुख्य सुरुङ्ग ब्रेक थ्रु, फोटो फिचरसहित

सिन्धुपाल्चोक । लिपिङ खोला जलविद्युत आयोजनाको मुख्य सुरुङ ब्रेक थ्रु गरेको छ । निमार्णाधीन लिपिङ खोला जलविद्युत आयोजनाको मुख्य...
आज देशभर सोनाम ल्होछार मनाउँदै

आज देशभर सोनाम ल्होछार मनाउँदै

काठमाडौं । आज विविध कार्यक्रम गरी देशभर सोनाम ल्होछार मनाइँदैछ । सोनाम ल्होछार हिमाली क्षेत्रमा बसोबास गर्ने तामाङ, ह्योल्मो त...
अमेरिकामा ट्रम्पको नीतिसँगै निष्कासनको सुचीमा १ हजार ३६५ नेपाली

अमेरिकामा ट्रम्पको नीतिसँगै निष्कासनको सुचीमा १ हजार ३६५ नेपाली

काठमाडौं । अमेरिकाले अवैध आप्रबासीलाई आफ्नै देश फर्काउने अभियान थालेको छ । डोनाल्ड ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी लिएसँगै अव...
बाली नष्ट गर्ने बाँदर र बँदेल मार्न पाउने

बाली नष्ट गर्ने बाँदर र बँदेल मार्न पाउने

काठमाडौं । किसानले खेतबारीमा अन्न बाली खाने वा नष्ट गर्ने बाँदर र बँदेल मार्न पाउने भएका छन् । वन तथा वातारण मन्त्रालयले रा...
आज देशभर सहिद दिवस मनाउँदै

आज देशभर सहिद दिवस मनाउँदै

काठमाडौं । आज देशभर सहिद दिवस मनाउँदै छ । देशका लागि प्राण आहुति दिने सहिदहरूको सम्झनामा विभिन्न कार्यक्रम गरि सहिद दिवस मनाउन...