Advertisement

असोज ७ गतेदेखि चाडबाड लक्षित सहुलियत पसल सञ्चालन हुने

चाडबाड लक्षित सहुलियत मूल्य पसल आगामी असोज ७ देखि छठसम्म सञ्चालनमा आउने भएका छन् ।

Advertisement

काठमाडौँ । चाडबाड लक्षित सहुलियत मूल्य पसल आगामी असोज ७ देखि छठ पर्वसम्म सञ्चालनमा आउने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत सोमबार नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र दुग्ध विकास संस्थानसँग सहकार्य गर्दै चाडबाड लक्षित सहुलियत पसल सञ्चालन गर्न लागेको हो ।

आमउपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर यस्ता पसल सञ्चालनमा ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४२ जिल्लाका ६१ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गर्नेछ ।

सहुलियत मूल्य पसलमा सबै किसिमको चामलमा प्रतिकिलो रु पाँच छुट पाइने छ । कर्णालीका रैथाने उत्पादनहरु जुम्ली मार्सी चामल, कागुनो, चिनो, कर्णालीको सिमी, उवा र तितेफापरमा प्रतिकिलो रु सात छुट पाइने छ ।

सबै प्रकारका दाल तथा गेडागुडीमा प्रतिकिलो रु पाँच, गहुँको पिठो, चिउरा, चिनी, गहुँलगायत वस्तुमा प्रतिकिलो रु सात, सनफ्लावर, भटमास तथा तोरीको तेलमा प्रतिलिटर रु सात र डिडिसी घ्यूमा प्रतिलिटर रु १० छुट तथा च्याङ्ग्रा, खसी, बोकाको मासुमा प्रतिकिलो रु १० छुटको व्यवस्था मिलाइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनले काठमाडौँ उपत्यकामा तीनवटा घुम्ती पसलसहित नौ स्थानमा सहुलियत मूल्य पसल सञ्चालन गर्नेछ । उपत्यकाबाहेक विभिन्न २२ जिल्लामा पनि साल्ट ट्रेडिङले सहुलियत सुविधासहित पसल सञ्चालन गर्ने जनाएको छ । साल्ट ट्रेडिङले नूनमा प्रतिकिलो रु दुई, चिनीमा प्रतिकिलो रु पाँच, तेलमा प्रतिलिटर रु सात र चिउरा, पिठो तथा मैदामा प्रतिकिलो रु सात छुट दिनेछ ।

दुग्ध विकास संस्थानले यही भदौ १ गतेदेखि आगामी कात्तिक मसान्तसम्मका लागि चाडबाड लक्षित छुट योजना सञ्चालन गरिरहेको छ । चाडपर्व लक्षित मूल्य सहुलियत पसल सञ्चालनका लागि ढुवानी र आपूर्ति सहजीकरण गर्न गृह मन्त्रालयलगायत अन्य निकायसँग समन्वय गरिएको दुग्ध विकास संस्थानले जनाएको छ ।

त्यस्तै, चाडपर्वको समयमा पेट्रोलियम पदार्थको सहज र नियमित आपूर्तिको व्यवस्था मिलाउन आयल निगमलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ । चाडबाडको समयमा उपभोक्ता बजारमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको हो ।

0 Shares

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रोल्वालिङका पर्वतारोही दाजुभाईको टोलीले गरे सगरमाथा आरोहण

रोल्वालिङका पर्वतारोही दाजुभाईको टोलीले गरे सगरमाथा आरोहण

काठमाडौ । रोल्वालिङका हिमआरोही दाजुभाईको टोलीले सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेका छन् । हिमआरोही दाजुभाई निमा ग्या...
हनी ट्रयापमा पारी पैसा असुल्ने दुई महिला पक्राउ

हनी ट्रयापमा पारी पैसा असुल्ने दुई महिला पक्राउ

काठमाडौ । हनी ट्रयापमा पारी पैसा असुलेको आरोपमा दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ममता तामाङ र आँचल चौगुठी...
रोल्वालिङका पेमा छिरिङले गरे २४औं पटक सगरमाथाको आरोहण

रोल्वालिङका पेमा छिरिङले गरे २४औं पटक सगरमाथाको आरोहण

काठमाडौं । रोल्वालिङका हिम आरोही पेमा छिरिङ शेर्पाले २४औं पटक सगरमाथा सफल आरोहण गरेका छन् । उनले मे १८ का दिन आइतबार बिहान शिख...
लामो रस्साकस्सीबीच राष्ट्र बैंकको गभर्नरमा डा. पौडेल नियुक्त

लामो रस्साकस्सीबीच राष्ट्र बैंकको गभर्नरमा डा. पौडेल नियुक्त

काठमाडौ । नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा लामो रस्साकस्सीबीच डा. विश्वनाथ पौडेल (विश्व) नियुक्त भएका छन्। मंगलबार बसेको...
सोक्ला भ्यालीमा तेस्रो रक क्लाइम्बिङ महोत्सव सुरु, फोटो फिचरसहित

सोक्ला भ्यालीमा तेस्रो रक क्लाइम्बिङ महोत्सव सुरु, फोटो फिचरसहित

दोलखा । भिमेश्वर नगरपालिका वडा नम्बर– २ सोक्ला भ्यालीमा शनिवारबाट ‘सोक्ला–चक्पा रक क्लाईम्विङ महोत्सव– २०८२’ सुरु भएको छ । नेप...
सोक्ला रक क्लाइम्बिङ महोत्सवको तयारी पुरा, २० गते उद्घाटन हुने

सोक्ला रक क्लाइम्बिङ महोत्सवको तयारी पुरा, २० गते उद्घाटन हुने

दोलखा । सोक्ला भ्याली रक क्लाइम्विङ महोत्सवको तयारी पुरा भएको छ । भीमेश्वर नगरपालिका -२, सोक्ला भ्यालीमा हुन लागेको तेस्रो संस...
वैशाख २० र २१ गते सोक्ला रक क्लाइम्बिङ

वैशाख २० र २१ गते सोक्ला रक क्लाइम्बिङ

वैशाख २० र २१ गते सोक्ला रक क्लाइम्बिङ हुने
आजको मौसम

आजको मौसम

काठमाडौं । देशका केही स्थानमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ह...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज