Advertisement

EN

दिल्लीका मुख्यमन्त्री केजरीवालले पदबाट राजीनामा दिने घोषण

Advertisement


काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । आम आदमी पार्टीका राष्ट्रिय संयोजक समेत रहेका मुख्यमन्त्री केजरीवालले दिउँसो पार्टीका कार्यकर्ताहरुलाई सम्बोधन गर्ने क्रममा यस्तो घोषणा गर्नु भएको हो ।

केजरीवालले राजीनामा दिएपछि आफू जनतामा जाने र समर्थनका लागि आह्वान गर्ने बताउनु भएको छ । मदिरा नीति घोटाला प्रकरणमा करिब ६ महिना जेलमा बिताएर दुई दिनअघि मात्रै सर्वोच्चको आदेशले जमानतमा रिहा हुनुभएका केजरीवालले आश्चर्यजनक रुपमा राजीनामा दिने घोषणा गर्नु भयो ।

उहाँले दिल्लीका जनताले आफूलाई ‘इमानदार’ प्रमाणित नगरेसम्म मुख्यमन्त्रीको कुर्सीमा नबस्ने बताउनुभएको छ । यदि जनताले आफूलाई भोट दिए भने यो आफ्नो ‘इमान्दारिता’को प्रमाण पत्र हुने उहाँले बताउनुभयो ।

जनताले आफ्नो निर्णय नदिएसम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन । म हरेक घर र गल्लीमा जान्छु तर जनताबाट निर्णय नआएसम्म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन ।”

मुख्यमन्त्री केजरीवाल शुक्रबार राति तिहाड जेलबाट छुटेपछि शनिबार पार्टीका वरिष्ठ नेताहरूसँग बैठक गर्नुभएको र आइतबार पार्टी कार्यालयमा उपस्थित हुनुभएको थियो ।

सर्वोच्च अदालतले दिल्लीको कथित मदिरा नीति प्रकरणसँग सम्बन्धित भ्रष्टाचारको मुद्दामा उहाँलाई जमानत दिएको केही घण्टापछि शुक्रबार साँझ उहाँ तिहाड जेलबाट रिहा हुनुभएको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गौरीशंकरमा बलेरो दुर्घटना हुदाँ चार जना घाइते

गौरीशंकरमा बलेरो दुर्घटना हुदाँ चार जना घाइते

दोलखा । गौरीशंकर गाउँपालिकामा बलेरो दुर्घटना हुदाँ चार जना घाइते भएको छ । गौरीशंकर गाउँपालिका ७, मार्बु सिक्पाश्वरमा विहीबार द...
मेलम्ची खानेपानीको पाइप फुट्दा बबरमहल क्षेत्र जलमग्न

मेलम्ची खानेपानीको पाइप फुट्दा बबरमहल क्षेत्र जलमग्न

काठमाडौं । मेलम्ची खानेपानीको पाइप फुट्दा बबरमहल क्षेत्र जलमग्न भएको छ । बुधवार दिउँसो विद्युत् प्राधिकरणले विद्युत्का तारह...
आज माघ शुक्ल पूर्णिमाः स्वस्थानी व्रत समापन गरिँदै

आज माघ शुक्ल पूर्णिमाः स्वस्थानी व्रत समापन गरिँदै

काठमाडौं । एक महिना लामो स्वस्थानी व्रत आज समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि घर–घरमा शुरु गरेको एक महिने स्वस्थानी व्रत आ...
सिआरसीद्धारा लिपिङ हाइड्रोको मुख्य सुरुङ्ग ब्रेक थ्रु, फोटो फिचरसहित

सिआरसीद्धारा लिपिङ हाइड्रोको मुख्य सुरुङ्ग ब्रेक थ्रु, फोटो फिचरसहित

सिन्धुपाल्चोक । लिपिङ खोला जलविद्युत आयोजनाको मुख्य सुरुङ ब्रेक थ्रु गरेको छ । निमार्णाधीन लिपिङ खोला जलविद्युत आयोजनाको मुख्य...
आज देशभर सोनाम ल्होछार मनाउँदै

आज देशभर सोनाम ल्होछार मनाउँदै

काठमाडौं । आज विविध कार्यक्रम गरी देशभर सोनाम ल्होछार मनाइँदैछ । सोनाम ल्होछार हिमाली क्षेत्रमा बसोबास गर्ने तामाङ, ह्योल्मो त...
अमेरिकामा ट्रम्पको नीतिसँगै निष्कासनको सुचीमा १ हजार ३६५ नेपाली

अमेरिकामा ट्रम्पको नीतिसँगै निष्कासनको सुचीमा १ हजार ३६५ नेपाली

काठमाडौं । अमेरिकाले अवैध आप्रबासीलाई आफ्नै देश फर्काउने अभियान थालेको छ । डोनाल्ड ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी लिएसँगै अव...
बाली नष्ट गर्ने बाँदर र बँदेल मार्न पाउने

बाली नष्ट गर्ने बाँदर र बँदेल मार्न पाउने

काठमाडौं । किसानले खेतबारीमा अन्न बाली खाने वा नष्ट गर्ने बाँदर र बँदेल मार्न पाउने भएका छन् । वन तथा वातारण मन्त्रालयले रा...
आज देशभर सहिद दिवस मनाउँदै

आज देशभर सहिद दिवस मनाउँदै

काठमाडौं । आज देशभर सहिद दिवस मनाउँदै छ । देशका लागि प्राण आहुति दिने सहिदहरूको सम्झनामा विभिन्न कार्यक्रम गरि सहिद दिवस मनाउन...