Advertisement

चलचित्र ‘टुहुरी’ ज्यामिरेका बाल कन्यादेवि मन्दिरमा पुजा गरी छायांकन शुभारम्भ, फोटो फिचरसहित

Advertisement

स्याङ्जा । नेपाली कथानाक चलचित्र `टुहुरी’को छाँयांकन सुरु भएको छ । चलचित्र ‘टुहुरी’ स्याङ्जास्थित ज्यामिरेको गुरुङ गाँउका बाल कन्यादेवि मन्दिरमा पुजा गरी औपचारिक छायांकन सुरु गरिएको हो ।

सोमबार भदौ शुक्ल पुर्णिमाको साइत पारेर औपचारिक छायांकन सुरु गरेको चलचित्र ‘टुहुरी’लाई चलचित्रकर्मी एवं वरिष्ठ द्धन्द्ध निर्देशक जनक गुरुङ र निर्मता चीज गुरुङले संयुक्त रुपमा पुजा गरी छायांकन शुभारम्भ गर्नुभयो । चलचित्र छायांकनको शुभआरम्भ गर्नु अघि निर्मता, कलाकार तथा स्थानीय सहयोगीहरुले मन्दिरमा पुजापाठ गरिएको थियो ।

चलचित्र ‘टुहुरी’मा निर्देशन जनक गुरुङ र चलचित्रकर्मी रविन गुरुङले सहनिर्देशन गर्नुभएकोछ । चलचित्रको कथाकारमा सुस्मी गुरुङ(मञ्जु) र पटकथा तथा संवादमा निर्देशक जनक गुरुङ आफैले गर्नुभएकोछ ।

चलचित्रको निर्मतामा रुक आलेमगर, खडग बहादुर गुरुङ, नेत्र तिमल्सिना, देव गुरुङ, चीज गुरुङ र मीन बहादुर गुरुङ रहेको छ । चलचित्रमा आनन्द गुरुङ, रिना गुरुङ, मनोज गुरुङ, तलीसा गुरुङ, काशी गुरुङ, रविन गुरुङ, कुमार सामरी घले, सुवाश गुरुङ, रश्मि गुरुङ, कमला राई(करुण) र राजु किराँत लगायतका कलाकारहरूको अभिनय रहनेछ ।

सो चलचित्रको छाँयांकन क्यामेरा पर्सनमा खेम थापा मगर रहनु भएको छ । र मेकअप आर्टिसमा रुपा गुरुङ रहेकी छिन् । चलचित्रको संगीत आँसु लामाले गर्नुभएको छभने, गीतमा पवित्र गुरुङ, आँसु लामा र सुमिना लामाको स्वर रहेको छ ।

नवज्योति भिजन नेपाल प्रा.लि.को चौंथो प्रस्तुति चलचित्र ‘टुहुरी’ले नेपाली सामाजमा हुने विकृति र विसंगतिप्रति लक्षित गदै चलचित्र मार्फत जनचेतना र सन्देश दिन लागेको निर्देशक जनक गुरुङले बताउनु भयो । निर्देशक गुरुङका अनुसार नेपाली समाजमा हुने विभेदकारी व्यवहारलाई कथा मार्फत चलचित्रमा उतारी पुरानो रुढवादी पराम्परालाई हटाई परिवर्तशील समयमा जनचेतना जगाउन खोजेको बताउनुभयो ।

नवज्योति भिजन नेपाल प्रा.लि.ले यसअघि आफ्नै व्यानरमा निर्माण गरिएको पहिलो “ङोलो ठागु” दोस्रो “पुर्णिमा” र तेस्रो “आफ्नै कर्म” नेपाली कथानक गुरुङ चलचित्र सफतापूर्वक प्रर्दशन गरिसकेको छ । यसअघि निर्माण भएको चलचित्रले देश तथा विदेशमा समेत सफल प्रर्दशन भएको हुदाँ अब बन्ने नयाँ चलचित्र ‘टुहुरी’ले पनि सफलता पाउने सहनिर्देशक रविन गुरुङले बताउनुभयो । उनले अव निर्माण हुन लागेको चलचित्र ‘टुहुरी’ विगतको भन्दा फरक भएको हुदा दर्शक स्रोताको अपार माया पाउनेमा विश्वास रहेको बताउनुभयो ।

त्यसैगरी, चलचित्र “टुहुरी” गाँउले परिवेशमा रहेकी एउटी नारीको कथालाई समावेश गरिने हुदाँ चलचित्रको छाँयांकन ज्यामीरेबाट शुभारम्भ गरी मटकीनामा समापन हुनेछ । चलचित्र छाँयांकनको समय १५ देखि २० दिनसम्म लाग्न सक्ने निर्माता कम्पनीले जनाएको छ ।

फोटो फिचर

0 Shares

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

अपर तामाकोशीको अध्यक्षमा शाक्य नियुक्त

अपर तामाकोशीको अध्यक्षमा शाक्य नियुक्त

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । अपर तामाकोशीको स...
शिक्षक महासंघले आन्दोलनलाई निरन्तरता दिइने

शिक्षक महासंघले आन्दोलनलाई निरन्तरता दिइने

काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनलाई निरन्तरता दिइने भएको छ । मंगलबार राति बसेको मन्त्रिपरिषद्को बैठकले वार्ता र संवाद ...
चरिकोटमा नयाँ वर्ष लक्षित सडक खाना महोत्सव सुरु

चरिकोटमा नयाँ वर्ष लक्षित सडक खाना महोत्सव सुरु

दोलखा । सदरमुकाम चरिकोटमा नयाँ साल २०८२ लाई लक्षित गरेर तिन दिने सडक खाना महोत्सव आयोजना गरिएको छ । चेम्बर अफ कमर्स दोलखा र दोलख...
आगामी १९औ विश्वशान्ति पुजा सोलुखुम्बुको सल्लेरीमा हुने

आगामी १९औ विश्वशान्ति पुजा सोलुखुम्बुको सल्लेरीमा हुने

दोलखा । १९औँ बज्रगुरु मन्त्रजप तथा विश्वशान्ति पूजा सोलुखुम्बुको सल्लेरीमा हुनेभएको छ । चरिकोटमा भएको १८औँ १० करोड बज्रगुरु मन...
१८औं १० करोड बज्रगुरु मन्त्रजप तथा विश्वशान्ति पूजा समापन

१८औं १० करोड बज्रगुरु मन्त्रजप तथा विश्वशान्ति पूजा समापन

दोलखा । १८औँ १० करोड बज्रगुरु मन्त्रजप तथा विश्वशान्ति पूजा समापन भएको छ । सदरमुकाम चरिकोटमा बौद्ध धर्मवलम्बी विधि अनुसार १० द...
बल्खुमा राष्ट्रिय प्रजातन्त्र पार्टीको शक्ति प्रदर्शन

बल्खुमा राष्ट्रिय प्रजातन्त्र पार्टीको शक्ति प्रदर्शन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले काठमाडौंको बल्खुमा शक्ति प्रदर्शन र आमसभा गरेको छ । राप्रपाले विभिन्न ठाउ...
आज चैते दशैः नवदुर्गाको पूजाआराधना गरी मनाउदै

आज चैते दशैः नवदुर्गाको पूजाआराधना गरी मनाउदै

काठमाडौ । आज चैते दशैं पर्व मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ ।...
रास्वपा सभापति लामिछाने पुनः पक्राउ

रास्वपा सभापति लामिछाने पुनः पक्राउ

काठमाडौं । पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पुनः पक्राउ परेका छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज