काठमाडौं स् आगामी तीनदिनसम्म नेपालका सबै ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज बिहान कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही र सुदुरपश्चिम प्रदेशका एक(दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित वर्षा भैरहेको महाशाखाले जनाएको छ । आज दिउँसो सबै प्रदेशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित सामान्य पानी पर्ने उल्लेख गरेको छ ।
कोशी, बाग्मती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षा र कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका थोरै स्थानहरुमा हावाहुरी आउने महाशाखाले जनाएको छ ।
त्यस्तै भारी वर्षा तथा हावाहुरी आउने सम्भावना भएको स्थानमा रहने सबैले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।