Advertisement

देशभर बाढीपहिरोबाट ६६ जनाको मृत्यु, ८१ बेपत्ता

देशभर बाढीपहिरोबाट तीन दिनमा ६६ जनाको मृत्यु, ८१ जना बेपत्ता भएका छन् ।

Advertisement

काठमाडौं । तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर शनिबार साँझसम्म ६६ जनाको मृत्यु भएको छ । गृहमन्त्रलायले दिएको जानकारी अनुसार हालसम्म देशभर ६६ जनाको मृत्यु भएको र ८१ जना बेपत्ता भएका छन् ।

हालम्म विपदमा परेर ६० जना घाइते भएका छन् । उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ । जसमा काठमाडौंमा ११, भक्तपुरमा ५ र ललितपुरमा १८ जनाको मृत्यु भएको हो ।

त्यस्तै पाँचथरमा ५, धनकुटामा २, सोलुखुम्बुमा २, सुनसरीमा १, काभ्रेमा १४, धादिङमा १, सिन्धुपाल्चोकमा ४, दोलखामा ३ जनाको मृत्यु भएको छ । ललितपुरमा १५, काभ्रेमा २६, काठमाडौंमा ६, मकवानपुरमा ७, दोलखामा ५, झापामा ४, पाँचथरमा ५, सिन्धुपाल्चोकमा ५ जना तथा अन्य जिल्लासहित गरेर ७९ जना बेपत्ता रहेको गृहमन्त्रलायले जानकारी दिएका छन् । मन्त्रालयका अनुसार अहिलेसम्म २ हजार बढीको उद्धार गरिएको र दुई सयभन्दा बढी घर क्षति भएको पनि जनाइएको छ ।

त्यसैगरी, विपद् जोखिममा परेका नागरिकहरुको खोज तथा उद्दारका लागि मुलुकभर नेपाल प्रहरीबाट दश हजार ४१ जना र सशस्त्र प्रहरी बल नेपालबाट दश हजार ५४० जना प्रहरी परिचालन भएका छन् । जसमध्ये काठमाण्डौ उपत्यकामा मात्रै नेपाल प्रहरीको चार हजार सात सय ६० र सशस्त्र प्रहरी बलबाट तीन हजार ५ सय सुरक्षाकर्मी उद्दारमा खटिएका थिए ।

0 Shares

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

अपर तामाकोशीको अध्यक्षमा शाक्य नियुक्त

अपर तामाकोशीको अध्यक्षमा शाक्य नियुक्त

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । अपर तामाकोशीको स...
शिक्षक महासंघले आन्दोलनलाई निरन्तरता दिइने

शिक्षक महासंघले आन्दोलनलाई निरन्तरता दिइने

काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनलाई निरन्तरता दिइने भएको छ । मंगलबार राति बसेको मन्त्रिपरिषद्को बैठकले वार्ता र संवाद ...
चरिकोटमा नयाँ वर्ष लक्षित सडक खाना महोत्सव सुरु

चरिकोटमा नयाँ वर्ष लक्षित सडक खाना महोत्सव सुरु

दोलखा । सदरमुकाम चरिकोटमा नयाँ साल २०८२ लाई लक्षित गरेर तिन दिने सडक खाना महोत्सव आयोजना गरिएको छ । चेम्बर अफ कमर्स दोलखा र दोलख...
आगामी १९औ विश्वशान्ति पुजा सोलुखुम्बुको सल्लेरीमा हुने

आगामी १९औ विश्वशान्ति पुजा सोलुखुम्बुको सल्लेरीमा हुने

दोलखा । १९औँ बज्रगुरु मन्त्रजप तथा विश्वशान्ति पूजा सोलुखुम्बुको सल्लेरीमा हुनेभएको छ । चरिकोटमा भएको १८औँ १० करोड बज्रगुरु मन...
१८औं १० करोड बज्रगुरु मन्त्रजप तथा विश्वशान्ति पूजा समापन

१८औं १० करोड बज्रगुरु मन्त्रजप तथा विश्वशान्ति पूजा समापन

दोलखा । १८औँ १० करोड बज्रगुरु मन्त्रजप तथा विश्वशान्ति पूजा समापन भएको छ । सदरमुकाम चरिकोटमा बौद्ध धर्मवलम्बी विधि अनुसार १० द...
बल्खुमा राष्ट्रिय प्रजातन्त्र पार्टीको शक्ति प्रदर्शन

बल्खुमा राष्ट्रिय प्रजातन्त्र पार्टीको शक्ति प्रदर्शन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले काठमाडौंको बल्खुमा शक्ति प्रदर्शन र आमसभा गरेको छ । राप्रपाले विभिन्न ठाउ...
आज चैते दशैः नवदुर्गाको पूजाआराधना गरी मनाउदै

आज चैते दशैः नवदुर्गाको पूजाआराधना गरी मनाउदै

काठमाडौ । आज चैते दशैं पर्व मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ ।...
रास्वपा सभापति लामिछाने पुनः पक्राउ

रास्वपा सभापति लामिछाने पुनः पक्राउ

काठमाडौं । पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पुनः पक्राउ परेका छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज