Advertisement

सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा

Advertisement

काठमाडौँ । सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ । बाढी पहिरो र डुबानबाट दुई सयभन्दा धेरैको मृत्यु भएपछि सरकारले राष्ट्रिय शोकको घोषणा गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय शोकको घोषणा गर्दै तीन दिन राष्ट्रिय झन्डा झुकाउने निर्णय गरेको प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले बैठकपछि जानकारी दिए ।

सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा १ अर्ब जम्मा गर्ने निर्णय गरेको छ । बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब तथा सेवा सुविधा कोषमा जम्मा गर्ने निर्णय पनि भएको प्रवक्ता गुरुङले जानकारी दिएका छन् । बैठकले अवरुद्ध भएका सडक तत्काल सञ्चालन गर्नका लागि पहल गर्ने, महंगी तथा कालोबजारी नियन्त्रणमा कडाई गर्ने निर्णय पनि गरेको उनले बताए ।

त्यस्तै, असोज १० गतेदेखि भएको बर्षका कारण आएको बाढी र पहिरोले धेरै जनधनको क्षति पुर्‍याएको थियो । देशभर अहिलेसम्म २०९ जनाको मृत्यु भएको छ ।

0 Shares

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

रोल्वालिङका पर्वतारोही दाजुभाईको टोलीले गरे सगरमाथा आरोहण

रोल्वालिङका पर्वतारोही दाजुभाईको टोलीले गरे सगरमाथा आरोहण

काठमाडौ । रोल्वालिङका हिमआरोही दाजुभाईको टोलीले सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरेका छन् । हिमआरोही दाजुभाई निमा ग्या...
हनी ट्रयापमा पारी पैसा असुल्ने दुई महिला पक्राउ

हनी ट्रयापमा पारी पैसा असुल्ने दुई महिला पक्राउ

काठमाडौ । हनी ट्रयापमा पारी पैसा असुलेको आरोपमा दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ममता तामाङ र आँचल चौगुठी...
रोल्वालिङका पेमा छिरिङले गरे २४औं पटक सगरमाथाको आरोहण

रोल्वालिङका पेमा छिरिङले गरे २४औं पटक सगरमाथाको आरोहण

काठमाडौं । रोल्वालिङका हिम आरोही पेमा छिरिङ शेर्पाले २४औं पटक सगरमाथा सफल आरोहण गरेका छन् । उनले मे १८ का दिन आइतबार बिहान शिख...
लामो रस्साकस्सीबीच राष्ट्र बैंकको गभर्नरमा डा. पौडेल नियुक्त

लामो रस्साकस्सीबीच राष्ट्र बैंकको गभर्नरमा डा. पौडेल नियुक्त

काठमाडौ । नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा लामो रस्साकस्सीबीच डा. विश्वनाथ पौडेल (विश्व) नियुक्त भएका छन्। मंगलबार बसेको...
सोक्ला भ्यालीमा तेस्रो रक क्लाइम्बिङ महोत्सव सुरु, फोटो फिचरसहित

सोक्ला भ्यालीमा तेस्रो रक क्लाइम्बिङ महोत्सव सुरु, फोटो फिचरसहित

दोलखा । भिमेश्वर नगरपालिका वडा नम्बर– २ सोक्ला भ्यालीमा शनिवारबाट ‘सोक्ला–चक्पा रक क्लाईम्विङ महोत्सव– २०८२’ सुरु भएको छ । नेप...
सोक्ला रक क्लाइम्बिङ महोत्सवको तयारी पुरा, २० गते उद्घाटन हुने

सोक्ला रक क्लाइम्बिङ महोत्सवको तयारी पुरा, २० गते उद्घाटन हुने

दोलखा । सोक्ला भ्याली रक क्लाइम्विङ महोत्सवको तयारी पुरा भएको छ । भीमेश्वर नगरपालिका -२, सोक्ला भ्यालीमा हुन लागेको तेस्रो संस...
वैशाख २० र २१ गते सोक्ला रक क्लाइम्बिङ

वैशाख २० र २१ गते सोक्ला रक क्लाइम्बिङ

वैशाख २० र २१ गते सोक्ला रक क्लाइम्बिङ हुने
आजको मौसम

आजको मौसम

काठमाडौं । देशका केही स्थानमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ह...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज