Advertisement

EN

माथिल्लो तामाकोशी पुन: र्निर्माण गर्न दुई अर्ब ५० करोड लाग्ने

Advertisement

दोलखा । बाढी पहिरोबाट क्षतिग्रस्त माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको संरचना पुनः निर्माणका लागि करिब दुई अर्ब भन्दा बढि खर्च लाग्ने भएको छ ।

केन्द्रको क्षतिग्रस्त संरचनाको पुनः निर्माण गरि विद्युत उत्पादनलाई पुर्ण रुपमा सञ्चालनमा ल्याउन २ अर्ब ५० करोड खर्च लाग्ने केन्द्रले जनाएको छ । बाढीले दुई अर्ब बढिको क्षति भएको अनुमान छ ।

बाढी पहिरोले माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको बाँधतर्फको अधिकांश संचरनामा क्षति पुुगेको र सिभिल तथा हाईड्रोईलेक्ट्रिक मेसिनरी तथा उपकरणमा क्षति हुँदा करोडौँको घाटा भएको छ ।

बाढीका कारण ६ वटा युनिटको विद्युत उत्पादन बन्द हुँदा गत महिना मात्रै ८५ करोड बराबरको घाटा भएको अनुमान छ । आयोजनाबाट २१ करोड ४३ लाख युनिट विद्युत उत्पादन हुन नसक्दा गत महिना मात्रै ८५ करोड घाटा भएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोसाले जानकारी दिनुभयो । आगामी मंसिरदेखि प्लानिङ साईटबाट केही विद्युत उत्पादन गर्ने गरि काम भईरहेको उहाँको भनाई छ ।

प्राधिकरणका अनुसार क्षतिग्रस्त माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको पुनः निर्माणको विस्तृत डिजाईनको काम एनईए ईन्जिनियरिङ कम्पनीले गरिरहेको छ । पुनः निर्माणमका लागि ९ महिना लाग्ने अनुमान गरिरएको छ ।

हाल बाढी पहिरोले थुपारेको गिट्टी र गेगरान हटाउने काम अघि बढेको र आंशिक विद्युत उत्पादन गर्न पहल गरिरहेको केन्द्रका प्रमुख कार्यकारी अधिकृत मोहन प्रसाद गौतमले जानकारी दिनुभयो ।

त्यसैगरी, प्लानिङ साईटमा रहेको ढुंगा र थुपारेको स्प्रे हटाउने काम हाई हिमालयन ईन्जिनियरिङ कम्पनीले गरिरहेको छ । जलविद्युत केन्द्रको बाँधस्थलमा गत असोज १२ गते आएको बाढी पहिरोमा परी नेपाली सेनाका दुई जना र कर्मचारी दुई जना गरी चार जनाले ज्यान गुमाएको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गौरीशंकरमा बलेरो दुर्घटना हुदाँ चार जना घाइते

गौरीशंकरमा बलेरो दुर्घटना हुदाँ चार जना घाइते

दोलखा । गौरीशंकर गाउँपालिकामा बलेरो दुर्घटना हुदाँ चार जना घाइते भएको छ । गौरीशंकर गाउँपालिका ७, मार्बु सिक्पाश्वरमा विहीबार द...
मेलम्ची खानेपानीको पाइप फुट्दा बबरमहल क्षेत्र जलमग्न

मेलम्ची खानेपानीको पाइप फुट्दा बबरमहल क्षेत्र जलमग्न

काठमाडौं । मेलम्ची खानेपानीको पाइप फुट्दा बबरमहल क्षेत्र जलमग्न भएको छ । बुधवार दिउँसो विद्युत् प्राधिकरणले विद्युत्का तारह...
आज माघ शुक्ल पूर्णिमाः स्वस्थानी व्रत समापन गरिँदै

आज माघ शुक्ल पूर्णिमाः स्वस्थानी व्रत समापन गरिँदै

काठमाडौं । एक महिना लामो स्वस्थानी व्रत आज समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि घर–घरमा शुरु गरेको एक महिने स्वस्थानी व्रत आ...
सिआरसीद्धारा लिपिङ हाइड्रोको मुख्य सुरुङ्ग ब्रेक थ्रु, फोटो फिचरसहित

सिआरसीद्धारा लिपिङ हाइड्रोको मुख्य सुरुङ्ग ब्रेक थ्रु, फोटो फिचरसहित

सिन्धुपाल्चोक । लिपिङ खोला जलविद्युत आयोजनाको मुख्य सुरुङ ब्रेक थ्रु गरेको छ । निमार्णाधीन लिपिङ खोला जलविद्युत आयोजनाको मुख्य...
आज देशभर सोनाम ल्होछार मनाउँदै

आज देशभर सोनाम ल्होछार मनाउँदै

काठमाडौं । आज विविध कार्यक्रम गरी देशभर सोनाम ल्होछार मनाइँदैछ । सोनाम ल्होछार हिमाली क्षेत्रमा बसोबास गर्ने तामाङ, ह्योल्मो त...
अमेरिकामा ट्रम्पको नीतिसँगै निष्कासनको सुचीमा १ हजार ३६५ नेपाली

अमेरिकामा ट्रम्पको नीतिसँगै निष्कासनको सुचीमा १ हजार ३६५ नेपाली

काठमाडौं । अमेरिकाले अवैध आप्रबासीलाई आफ्नै देश फर्काउने अभियान थालेको छ । डोनाल्ड ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी लिएसँगै अव...
बाली नष्ट गर्ने बाँदर र बँदेल मार्न पाउने

बाली नष्ट गर्ने बाँदर र बँदेल मार्न पाउने

काठमाडौं । किसानले खेतबारीमा अन्न बाली खाने वा नष्ट गर्ने बाँदर र बँदेल मार्न पाउने भएका छन् । वन तथा वातारण मन्त्रालयले रा...
आज देशभर सहिद दिवस मनाउँदै

आज देशभर सहिद दिवस मनाउँदै

काठमाडौं । आज देशभर सहिद दिवस मनाउँदै छ । देशका लागि प्राण आहुति दिने सहिदहरूको सम्झनामा विभिन्न कार्यक्रम गरि सहिद दिवस मनाउन...