दोलखा । नेकपा एमालेले गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा उमा लुङ्गेली मगर शेर्पालाई उम्मेदवार घोषणा गरेको छ । नेकपा एमाले गौरीशंकर पालिका पार्टी कमिटिको बुधबार बसेको बैठकले उपनिर्वाचनमा मगरलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
पालिकामा उपनिर्वाचनका लागि उम्मदवारी दिएकी शेर्पा गौरीशंकर–७ सिम्पाश्वर मार्बुका उद्यामी एवं समाजसेवि महिला हुन् । उनी लामो समयदेखि विभिन्न सामाजिक संघसंस्थामा आबद्ध भई समाजसेवा र व्यवसायमा संलग्न रहेकी छिन् ।
गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको हृदयाघातका कारण २०८० साल असार ३१ गते उपचारका क्रममा निधान भएको थियो । उक्त रिक्त रहेको पदका लागि आगामी मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो ।
एमाले गौरीशंकर पालिका पार्टी कमिटीको बुधबार बसेको बैठकले आगामी मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनका लागि शेर्पाको नाम टुंगो लगाएको नेकपा एमाले दोलखाका सचिवालय सदस्य जङ्ग बहादुर गुरुङले जनाकरी दिनुभयो ।
एमालेवाट उपाध्यक्ष पदकालागि बिन्दु गुरुङ, मुना शिवाकोटी, उमा लुङ्गेली मगर शेर्पा, याङ्टी शेर्पा र फुडोमा शेर्पाको नाम चर्चा रहेको थियो । बुधबार बसेको पालिका कमिटीको बैठकले उपाध्यक्ष पदका आकांक्षीहरु बीच छलफल गरीे सर्वसम्मतिमा उमालाई उम्मेदवार बनाउने निर्णय गरेका हुन् ।
उपनिर्वाचनका लागि नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले यसअघि नै उम्मेद्धवार टुंगो लगाईसकेका छन् । माओवादी केन्द्रले निमलेकी शेर्पा र कांग्रेसले पासदिकी शेर्पा तामाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।