Advertisement

EN

स्थानीय उपनिर्वाचनः ३१ जनाको उम्मेदवारी फिर्ता, तीन पदमा निर्विरोध

Advertisement

काठमाडौं । यही मंसिर १६ गते हुने उपनिर्वाचनमा ३ सय ७६ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन आयोगले बुधबार प्रकाशित गरेको उम्मेदवारको अन्तिम नामावली सूचीअनुसार सो प्रतिस्पर्धा हुन लागिएको हो ।

जिल्ला समन्वय समिति प्रमुख, नगर प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा वडा अध्यक्षको रिक्त ४४ पदका लागि सो उपनिर्वाचन हुन लागेको हो । त्यस क्रममा मंसिर २ गते उम्मेदवारको मनोनयन दर्ता गराउने क्रममा ४ सय १० जनाले उम्मेदवारी दर्ता गराएको थियो । त्यसमा राजनीतिक दलबाट २ सय ८९ र स्वतन्त्रबाट १ सय २१ जना गरेर ४ सय १० जनाको उम्मेदवारी दर्ता भएको थियो ।

मनोनयन दर्ता भएको मध्ये ३१ जनाले उम्मेदवारी फिर्ता लिएपछि ३ सय ७६ जनाबीच प्रतिस्पर्धा हुन लागिएको आयोगले जनाएको छ । त्यसै गरी उपनिर्वाचनमा ३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

आयोगका अनुसार २ जिल्ला समन्वय समिति र एउटा वडा अध्यक्षसहित ३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् । जिल्ला समन्वय समिति ओखलढुंगामा नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा टीकाकुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ ।

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ को वडा अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् । आयोगका अनुसार निर्विरोध निर्वाचित भएका ३ स्थानबाहेक ४१ स्थानमा विभिन्न पदमा २० राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरेर ३ सय ७६ जना उम्मेदवारले प्रतिस्पर्धा गर्नेछ ।

त्यसैगरी, उपनिर्वाचनको प्रतिस्पर्धामा रहेको उम्मेदवारलाई सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन चिह्न समेत प्रदान गरेको छ । चुनावी कार्यक्रमअनुसार उम्मेदवारले आजदेखि १३ गते राति १२ बजेसम्मे प्रचारप्रसार गर्न सक्नेछन् । मङ्सिर १३ गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म प्रचारप्रसार निषेध अवधि तोकिएको छ । मतदान मंसिर १६ गते आइतवार बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा हुनेछ ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गौरीशंकरमा बलेरो दुर्घटना हुदाँ चार जना घाइते

गौरीशंकरमा बलेरो दुर्घटना हुदाँ चार जना घाइते

दोलखा । गौरीशंकर गाउँपालिकामा बलेरो दुर्घटना हुदाँ चार जना घाइते भएको छ । गौरीशंकर गाउँपालिका ७, मार्बु सिक्पाश्वरमा विहीबार द...
मेलम्ची खानेपानीको पाइप फुट्दा बबरमहल क्षेत्र जलमग्न

मेलम्ची खानेपानीको पाइप फुट्दा बबरमहल क्षेत्र जलमग्न

काठमाडौं । मेलम्ची खानेपानीको पाइप फुट्दा बबरमहल क्षेत्र जलमग्न भएको छ । बुधवार दिउँसो विद्युत् प्राधिकरणले विद्युत्का तारह...
आज माघ शुक्ल पूर्णिमाः स्वस्थानी व्रत समापन गरिँदै

आज माघ शुक्ल पूर्णिमाः स्वस्थानी व्रत समापन गरिँदै

काठमाडौं । एक महिना लामो स्वस्थानी व्रत आज समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि घर–घरमा शुरु गरेको एक महिने स्वस्थानी व्रत आ...
सिआरसीद्धारा लिपिङ हाइड्रोको मुख्य सुरुङ्ग ब्रेक थ्रु, फोटो फिचरसहित

सिआरसीद्धारा लिपिङ हाइड्रोको मुख्य सुरुङ्ग ब्रेक थ्रु, फोटो फिचरसहित

सिन्धुपाल्चोक । लिपिङ खोला जलविद्युत आयोजनाको मुख्य सुरुङ ब्रेक थ्रु गरेको छ । निमार्णाधीन लिपिङ खोला जलविद्युत आयोजनाको मुख्य...
आज देशभर सोनाम ल्होछार मनाउँदै

आज देशभर सोनाम ल्होछार मनाउँदै

काठमाडौं । आज विविध कार्यक्रम गरी देशभर सोनाम ल्होछार मनाइँदैछ । सोनाम ल्होछार हिमाली क्षेत्रमा बसोबास गर्ने तामाङ, ह्योल्मो त...
अमेरिकामा ट्रम्पको नीतिसँगै निष्कासनको सुचीमा १ हजार ३६५ नेपाली

अमेरिकामा ट्रम्पको नीतिसँगै निष्कासनको सुचीमा १ हजार ३६५ नेपाली

काठमाडौं । अमेरिकाले अवैध आप्रबासीलाई आफ्नै देश फर्काउने अभियान थालेको छ । डोनाल्ड ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी लिएसँगै अव...
बाली नष्ट गर्ने बाँदर र बँदेल मार्न पाउने

बाली नष्ट गर्ने बाँदर र बँदेल मार्न पाउने

काठमाडौं । किसानले खेतबारीमा अन्न बाली खाने वा नष्ट गर्ने बाँदर र बँदेल मार्न पाउने भएका छन् । वन तथा वातारण मन्त्रालयले रा...
आज देशभर सहिद दिवस मनाउँदै

आज देशभर सहिद दिवस मनाउँदै

काठमाडौं । आज देशभर सहिद दिवस मनाउँदै छ । देशका लागि प्राण आहुति दिने सहिदहरूको सम्झनामा विभिन्न कार्यक्रम गरि सहिद दिवस मनाउन...