Advertisement

EN

चलचित्र ‘टुहुरी’ निर्माणको अन्तिम चरणमा

Advertisement

किशोर गुरुङ, काठमाडौं । नेपाली कथानाक गुरुङ चलचित्र ‘टुहुरी’ निर्माण कार्यको अन्तिम चरणमा पुगेको छ । चलचित्र ‘टुहुरी’ को छायाँकन र सम्पादन गरी कलाकारहरुको डविङ सकेर निर्माणको अन्तिम तयारीमा पुगेको हो ।

नवज्योति भिजन नेपाल प्रा.लिको ब्यानरमा निर्माण भएको चलचित्र ‘टुहुरी’ गत असोजमा स्याङ्जास्थित ज्यामिरेको गुरुङ गाँउका बाल कन्यादेवि मन्दिरमा पुजा गरी औपचारिक छायांकन सुरु गरिएको थियो । चलचित्रमा बरिष्ठ द्धन्द निर्देशक एवं चलचित्रकर्मी जनक गुरुङले निर्देशन गर्नुभएकोछ भने चलचित्रकर्मी एवं नायक रविन गुरुङले सह–निर्देशन गर्नुभएको छ । चलचित्रको कथाकारमा सुस्मी गुरुङ(मञ्जु) र पटकथा तथा संवाद निर्देशक जनक गुरुङ आफैले गर्नुभएकोछ ।

चलचित्रको निर्मतामा रुक आलेमगर, खडग बहादुर गुरुङ, नेत्र तिमल्सिना, देव गुरुङ, चीज गुरुङ र मीन बहादुर गुरुङ रहेको छ । चलचित्रमा आनन्द गुरुङ, रिना गुरुङ, मनोज गुरुङ, काशी गुरुङ, रविन गुरुङ, कुमार सामरी घले, राजु किराँत, कमला राई(करुण), सुवाश गुरुङ, रश्मि गुरुङ, र इशा गुरुङ लगायतका कलाकारहरूको अभिनय रहेकोछ ।

सो चलचित्रको छाँयांकन क्यामेरा पर्सनमा खेम थापा मगर रहनु भएको छ । र मेकअप आर्टिसमा रुपा गुरुङ रहेकी छिन् । चलचित्रको संगीत आँसु लामाले गर्नुभएको छभने, गीतमा पवित्र गुरुङ, आँसु लामा र सुमिना लामाको स्वर रहेको छ ।

नवज्योति भिजन नेपाल प्रा.लि.को चौंथो प्रस्तुति चलचित्र ‘टुहुरी’ले नेपाली सामाजमा हुने विकृति र विसंगतिप्रति लक्षित गदै चलचित्र मार्फत जनचेतना र सन्देश दिन लागेको निर्देशक जनक गुरुङले बताउनु भयो । निर्देशक गुरुङका अनुसार नेपाली समाजमा हुने विभेदकारी व्यवहारलाई कथा मार्फत चलचित्रमा उतारी पुरानो रुढवादी पराम्परालाई हटाई परिवर्तशील समयमा जनचेतना जगाउन खोजेको बताउनुभयो ।

नवज्योति भिजन नेपाल प्रा.लि.ले यसअघि आफ्नै व्यानरमा निर्माण गरिएको पहिलो “ङोलो ठागु” दोस्रो “पुर्णिमा” र तेस्रो “आफ्नै कर्म”  चलचित्र सफतापूर्वक प्रर्दशन गरिसकेको छ । यसअघि निर्माण भएको चलचित्रले देश तथा विदेशमा समेत सफल प्रर्दशन भएको हुदाँ अब बन्ने नयाँ चलचित्र ‘टुहुरी’ले पनि सफलता पाउने सहनिर्देशक रविन गुरुङले बताउनुभयो । सह–निर्देशक गुरुङका अनुसार चलचित्र निर्माण सम्पन्न गरी तमू ल्होसारको अवसरमा प्रर्दशनीको तयारी गरिने समेत बताउनुभयो ।

त्यसैगरी, चलचित्र “टुहुरी” मा गाँउले परिवेशमा रहेकी एउटी नारीको कथालाई समावेश गरिएको छ । चलचित्रमा गुरुङ परिबेशको सँस्कार सँस्कृति र सामाजिक मौलिकतालाई समाबेश गरिएको निर्माता कम्पनीले जनाएको छ । चलचित्र ‘टुहुरी’ निर्माता कम्पनीको चौंथो प्रस्तुती हो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गौरीशंकरमा बलेरो दुर्घटना हुदाँ चार जना घाइते

गौरीशंकरमा बलेरो दुर्घटना हुदाँ चार जना घाइते

दोलखा । गौरीशंकर गाउँपालिकामा बलेरो दुर्घटना हुदाँ चार जना घाइते भएको छ । गौरीशंकर गाउँपालिका ७, मार्बु सिक्पाश्वरमा विहीबार द...
मेलम्ची खानेपानीको पाइप फुट्दा बबरमहल क्षेत्र जलमग्न

मेलम्ची खानेपानीको पाइप फुट्दा बबरमहल क्षेत्र जलमग्न

काठमाडौं । मेलम्ची खानेपानीको पाइप फुट्दा बबरमहल क्षेत्र जलमग्न भएको छ । बुधवार दिउँसो विद्युत् प्राधिकरणले विद्युत्का तारह...
आज माघ शुक्ल पूर्णिमाः स्वस्थानी व्रत समापन गरिँदै

आज माघ शुक्ल पूर्णिमाः स्वस्थानी व्रत समापन गरिँदै

काठमाडौं । एक महिना लामो स्वस्थानी व्रत आज समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि घर–घरमा शुरु गरेको एक महिने स्वस्थानी व्रत आ...
सिआरसीद्धारा लिपिङ हाइड्रोको मुख्य सुरुङ्ग ब्रेक थ्रु, फोटो फिचरसहित

सिआरसीद्धारा लिपिङ हाइड्रोको मुख्य सुरुङ्ग ब्रेक थ्रु, फोटो फिचरसहित

सिन्धुपाल्चोक । लिपिङ खोला जलविद्युत आयोजनाको मुख्य सुरुङ ब्रेक थ्रु गरेको छ । निमार्णाधीन लिपिङ खोला जलविद्युत आयोजनाको मुख्य...
आज देशभर सोनाम ल्होछार मनाउँदै

आज देशभर सोनाम ल्होछार मनाउँदै

काठमाडौं । आज विविध कार्यक्रम गरी देशभर सोनाम ल्होछार मनाइँदैछ । सोनाम ल्होछार हिमाली क्षेत्रमा बसोबास गर्ने तामाङ, ह्योल्मो त...
अमेरिकामा ट्रम्पको नीतिसँगै निष्कासनको सुचीमा १ हजार ३६५ नेपाली

अमेरिकामा ट्रम्पको नीतिसँगै निष्कासनको सुचीमा १ हजार ३६५ नेपाली

काठमाडौं । अमेरिकाले अवैध आप्रबासीलाई आफ्नै देश फर्काउने अभियान थालेको छ । डोनाल्ड ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी लिएसँगै अव...
बाली नष्ट गर्ने बाँदर र बँदेल मार्न पाउने

बाली नष्ट गर्ने बाँदर र बँदेल मार्न पाउने

काठमाडौं । किसानले खेतबारीमा अन्न बाली खाने वा नष्ट गर्ने बाँदर र बँदेल मार्न पाउने भएका छन् । वन तथा वातारण मन्त्रालयले रा...
आज देशभर सहिद दिवस मनाउँदै

आज देशभर सहिद दिवस मनाउँदै

काठमाडौं । आज देशभर सहिद दिवस मनाउँदै छ । देशका लागि प्राण आहुति दिने सहिदहरूको सम्झनामा विभिन्न कार्यक्रम गरि सहिद दिवस मनाउन...