Advertisement

EN

EN

Edit Content

चलचित्र ‘टुहुरी’ निर्माणको अन्तिम चरणमा

Advertisement

किशोर गुरुङ, काठमाडौं । नेपाली कथानाक गुरुङ चलचित्र ‘टुहुरी’ निर्माण कार्यको अन्तिम चरणमा पुगेको छ । चलचित्र ‘टुहुरी’ को छायाँकन र सम्पादन गरी कलाकारहरुको डविङ सकेर निर्माणको अन्तिम तयारीमा पुगेको हो ।

नवज्योति भिजन नेपाल प्रा.लिको ब्यानरमा निर्माण भएको चलचित्र ‘टुहुरी’ गत असोजमा स्याङ्जास्थित ज्यामिरेको गुरुङ गाँउका बाल कन्यादेवि मन्दिरमा पुजा गरी औपचारिक छायांकन सुरु गरिएको थियो । चलचित्रमा बरिष्ठ द्धन्द निर्देशक एवं चलचित्रकर्मी जनक गुरुङले निर्देशन गर्नुभएकोछ भने चलचित्रकर्मी एवं नायक रविन गुरुङले सह–निर्देशन गर्नुभएको छ । चलचित्रको कथाकारमा सुस्मी गुरुङ(मञ्जु) र पटकथा तथा संवाद निर्देशक जनक गुरुङ आफैले गर्नुभएकोछ ।

चलचित्रको निर्मतामा रुक आलेमगर, खडग बहादुर गुरुङ, नेत्र तिमल्सिना, देव गुरुङ, चीज गुरुङ र मीन बहादुर गुरुङ रहेको छ । चलचित्रमा आनन्द गुरुङ, रिना गुरुङ, मनोज गुरुङ, काशी गुरुङ, रविन गुरुङ, कुमार सामरी घले, राजु किराँत, कमला राई(करुण), सुवाश गुरुङ, रश्मि गुरुङ, र इशा गुरुङ लगायतका कलाकारहरूको अभिनय रहेकोछ ।

सो चलचित्रको छाँयांकन क्यामेरा पर्सनमा खेम थापा मगर रहनु भएको छ । र मेकअप आर्टिसमा रुपा गुरुङ रहेकी छिन् । चलचित्रको संगीत आँसु लामाले गर्नुभएको छभने, गीतमा पवित्र गुरुङ, आँसु लामा र सुमिना लामाको स्वर रहेको छ ।

नवज्योति भिजन नेपाल प्रा.लि.को चौंथो प्रस्तुति चलचित्र ‘टुहुरी’ले नेपाली सामाजमा हुने विकृति र विसंगतिप्रति लक्षित गदै चलचित्र मार्फत जनचेतना र सन्देश दिन लागेको निर्देशक जनक गुरुङले बताउनु भयो । निर्देशक गुरुङका अनुसार नेपाली समाजमा हुने विभेदकारी व्यवहारलाई कथा मार्फत चलचित्रमा उतारी पुरानो रुढवादी पराम्परालाई हटाई परिवर्तशील समयमा जनचेतना जगाउन खोजेको बताउनुभयो ।

नवज्योति भिजन नेपाल प्रा.लि.ले यसअघि आफ्नै व्यानरमा निर्माण गरिएको पहिलो “ङोलो ठागु” दोस्रो “पुर्णिमा” र तेस्रो “आफ्नै कर्म”  चलचित्र सफतापूर्वक प्रर्दशन गरिसकेको छ । यसअघि निर्माण भएको चलचित्रले देश तथा विदेशमा समेत सफल प्रर्दशन भएको हुदाँ अब बन्ने नयाँ चलचित्र ‘टुहुरी’ले पनि सफलता पाउने सहनिर्देशक रविन गुरुङले बताउनुभयो । सह–निर्देशक गुरुङका अनुसार चलचित्र निर्माण सम्पन्न गरी तमू ल्होसारको अवसरमा प्रर्दशनीको तयारी गरिने समेत बताउनुभयो ।

त्यसैगरी, चलचित्र “टुहुरी” मा गाँउले परिवेशमा रहेकी एउटी नारीको कथालाई समावेश गरिएको छ । चलचित्रमा गुरुङ परिबेशको सँस्कार सँस्कृति र सामाजिक मौलिकतालाई समाबेश गरिएको निर्माता कम्पनीले जनाएको छ । चलचित्र ‘टुहुरी’ निर्माता कम्पनीको चौंथो प्रस्तुती हो ।

0 Shares

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

अन्तर्राष्ट्रिय तमू परिषद्को ७औं स्थापना दिवस सम्पन्न, सचिवालय सदस्यसहित कार्यलय स्थापना

अन्तर्राष्ट्रिय तमू परिषद्को ७औं स्थापना दिवस सम्पन्न, सचिवालय सदस्यसहित कार्यलय स्थापना

किशोर गुरुङ, कात्तिक ३, २०८२ काठमाडौं । विश्वभर छरिएर रहेका तमू(गुरुङ) समुदायका संघसंस्था र व्यक्तिहरूलाई एउटै साझा मञ्चमा ल्याई ...
मनोपरामर्श किन आवश्यक छ ? यसका फाइदाहरू के-के छन् ?

मनोपरामर्श किन आवश्यक छ ? यसका फाइदाहरू के-के छन् ?

काठमाडौं, असोज १० — आजको द्रुत गतिमा परिवर्तन भइरहेको युगमा मानिसको जीवनशैली, सोच, व्यवहार र सामाजिक संरचनामा तीव्र रूपान्तरण ...
गौरीशंकर उद्यमशील युवा समाजद्वारा मनोपरामर्श र उद्यमशीलता सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

गौरीशंकर उद्यमशील युवा समाजद्वारा मनोपरामर्श र उद्यमशीलता सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौ, असोज ६ — गौरीशंकर उद्यमशील युवा समाजको आयोजनामा "मनोपरामर्श, युवा उद्यमशीलता तथा युवा सकरात्मक सोच" विषयमा विशेष प्रश...
लुम्बिनी प्रदेशसभा सदस्य पुनको निधन

लुम्बिनी प्रदेशसभा सदस्य पुनको निधन

काठमाडौं, भदौ १५ – लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुन मगरको शनिबार निधन भएको छ। पुनको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महार...
प्राध्यापक स्व. सन्तबहादुर गुरुङको १६औँ स्मृति दिवस सम्पन्न

प्राध्यापक स्व. सन्तबहादुर गुरुङको १६औँ स्मृति दिवस सम्पन्न

काठमाडौं । तमू समुदायका अग्रज, शिक्षाविद् तथा समाजसेवी प्राध्यापक स्व. सन्तबहादुर गुरुङको १६औँ स्मृति दिवस श्रद्धापूर्वक सम्पन...
आजको मौसम

आजको मौसम

काठमाडौं आज देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भू-भागका धेरै स्थानहरूमा र मधेश प्रदेश लगायत देशका बाँकी तराई भू-भागका के...
आज गाईजात्रा, उपत्यकामा सार्वजनिक विदा

आज गाईजात्रा, उपत्यकामा सार्वजनिक विदा

काठमाडौं, २६ साउन — आज काठमाडौं उपत्यका लगायत नेपालभर गाईजात्रा पर्व धूमधामका साथ मनाइँदैछ। मृतकको सम्झनामा आफन्तले गाई वा गाई...
३१औँ विश्व आदिवासी दिवस, देशभर विभिन्न कार्यक्रम गरी भव्यताका साथ सम्पन्

३१औँ विश्व आदिवासी दिवस, देशभर विभिन्न कार्यक्रम गरी भव्यताका साथ सम्पन्

काठमाडौं, २६ साउन — ३१औँ विश्व आदिवासी दिवस नेपालभर विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ सम्पन्न गरिएको छ। आदिवासी जनजाति...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज