Advertisement

EN

प्रतिष्ठानको नवनियुक्त उपाध्यक्ष गुरुङलाई भब्य सम्मान

Advertisement

काठमाडौं । आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानका नवनियुक्त उपाध्यक्ष रेशम गुरुङलाई सम्मान गरेका छन् । नेपाल सरकारद्धारा नवनियुक्त प्रतिष्ठानका उपाध्यक्ष गुरुङलाई तमू ह्यूल छोंज धीँ गुरुङ राष्ट्रिय परिषद् बागमती प्रदेश समितिले सम्मान गरेका हुन् ।

बागमती प्रदेश समितिले गुरुङ संस्कृति अनुसार क्रेगी(फेटा), ह्रेंगा(भाङ्रा), खादा र शुभकामना पत्र प्रदान गर्दै उपाध्यक्ष गुरुङलाई सम्मान गरेका हुन् । प्रदेश समितिका अध्यक्ष झमकराज गुरुङको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष रबिन गुरुङ, उपाध्यक्ष तुल बहादुर गुरुङ, सचिव रमेश गुरुङ, सह–सचिव राजराम गुरुङ, कोषाध्यक्ष शारदा गुरुङ र पत्रकार/सञ्चारकर्मी किशोर गुरुङ सहभागी रहेको थियो ।

शुक्रबार आफ्नै कार्यकक्षमा सम्मान ग्रहण गर्नुहुदै उपाध्यक्ष गुरुङले आदिवासी जनजातिको उत्थान र हक अधिकारको लागि योगदान रहेने बताउनुभयो । उपाध्यक्ष गुरुङ तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का संरक्षक एवं अन्र्तराष्ट्रिय गुरुङ परिषद (आइटीसी) को संस्थापक अध्यक्ष र लामो समय आदिवासी जनजाति आन्दोलनमा लाग्नु भएका अगुवा हुन ।

प्रतिष्ठानका तत्कालिन उपाध्यक्ष गोकुल घर्ती मगरको २०८१ जेठ ११ गते कार्यकाल सकिएपछि रिक्त रहेको पदमा नेपाल सरकारले गुरुङलाई नियुक्त गरेका हुन् । नेपालको संविधानमा ब्यवस्था भए बमोजिम प्रतिष्ठानको अध्यक्षमा भने प्रधानमन्त्री रहने छ ।

प्रतिष्ठानमा रिक्त उपाध्यक्षका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको संयोजकत्वमा गठित सिफारिस समितिले गुरुङसहित पासाङ शेर्पा र टासी स्याङ्बो गुरुङसेनीको नाम सिफारिस गरेको थियो ।

0 Shares

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

अन्तर्राष्ट्रिय तमू परिषद्को ७औं स्थापना दिवस सम्पन्न, सचिवालय सदस्यसहित कार्यलय स्थापना

अन्तर्राष्ट्रिय तमू परिषद्को ७औं स्थापना दिवस सम्पन्न, सचिवालय सदस्यसहित कार्यलय स्थापना

किशोर गुरुङ, कात्तिक ३, २०८२ काठमाडौं । विश्वभर छरिएर रहेका तमू(गुरुङ) समुदायका संघसंस्था र व्यक्तिहरूलाई एउटै साझा मञ्चमा ल्याई ...
मनोपरामर्श किन आवश्यक छ ? यसका फाइदाहरू के-के छन् ?

मनोपरामर्श किन आवश्यक छ ? यसका फाइदाहरू के-के छन् ?

काठमाडौं, असोज १० — आजको द्रुत गतिमा परिवर्तन भइरहेको युगमा मानिसको जीवनशैली, सोच, व्यवहार र सामाजिक संरचनामा तीव्र रूपान्तरण ...
गौरीशंकर उद्यमशील युवा समाजद्वारा मनोपरामर्श र उद्यमशीलता सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

गौरीशंकर उद्यमशील युवा समाजद्वारा मनोपरामर्श र उद्यमशीलता सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौ, असोज ६ — गौरीशंकर उद्यमशील युवा समाजको आयोजनामा "मनोपरामर्श, युवा उद्यमशीलता तथा युवा सकरात्मक सोच" विषयमा विशेष प्रश...
लुम्बिनी प्रदेशसभा सदस्य पुनको निधन

लुम्बिनी प्रदेशसभा सदस्य पुनको निधन

काठमाडौं, भदौ १५ – लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुन मगरको शनिबार निधन भएको छ। पुनको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महार...
प्राध्यापक स्व. सन्तबहादुर गुरुङको १६औँ स्मृति दिवस सम्पन्न

प्राध्यापक स्व. सन्तबहादुर गुरुङको १६औँ स्मृति दिवस सम्पन्न

काठमाडौं । तमू समुदायका अग्रज, शिक्षाविद् तथा समाजसेवी प्राध्यापक स्व. सन्तबहादुर गुरुङको १६औँ स्मृति दिवस श्रद्धापूर्वक सम्पन...
आजको मौसम

आजको मौसम

काठमाडौं आज देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भू-भागका धेरै स्थानहरूमा र मधेश प्रदेश लगायत देशका बाँकी तराई भू-भागका के...
आज गाईजात्रा, उपत्यकामा सार्वजनिक विदा

आज गाईजात्रा, उपत्यकामा सार्वजनिक विदा

काठमाडौं, २६ साउन — आज काठमाडौं उपत्यका लगायत नेपालभर गाईजात्रा पर्व धूमधामका साथ मनाइँदैछ। मृतकको सम्झनामा आफन्तले गाई वा गाई...
३१औँ विश्व आदिवासी दिवस, देशभर विभिन्न कार्यक्रम गरी भव्यताका साथ सम्पन्

३१औँ विश्व आदिवासी दिवस, देशभर विभिन्न कार्यक्रम गरी भव्यताका साथ सम्पन्

काठमाडौं, २६ साउन — ३१औँ विश्व आदिवासी दिवस नेपालभर विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ सम्पन्न गरिएको छ। आदिवासी जनजाति...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज