Advertisement

EN

प्रतिष्ठानको नवनियुक्त उपाध्यक्ष गुरुङलाई भब्य सम्मान

Advertisement

काठमाडौं । आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानका नवनियुक्त उपाध्यक्ष रेशम गुरुङलाई सम्मान गरेका छन् । नेपाल सरकारद्धारा नवनियुक्त प्रतिष्ठानका उपाध्यक्ष गुरुङलाई तमू ह्यूल छोंज धीँ गुरुङ राष्ट्रिय परिषद् बागमती प्रदेश समितिले सम्मान गरेका हुन् ।

बागमती प्रदेश समितिले गुरुङ संस्कृति अनुसार क्रेगी(फेटा), ह्रेंगा(भाङ्रा), खादा र शुभकामना पत्र प्रदान गर्दै उपाध्यक्ष गुरुङलाई सम्मान गरेका हुन् । प्रदेश समितिका अध्यक्ष झमकराज गुरुङको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष रबिन गुरुङ, उपाध्यक्ष तुल बहादुर गुरुङ, सचिव रमेश गुरुङ, सह–सचिव राजराम गुरुङ, कोषाध्यक्ष शारदा गुरुङ र पत्रकार/सञ्चारकर्मी किशोर गुरुङ सहभागी रहेको थियो ।

शुक्रबार आफ्नै कार्यकक्षमा सम्मान ग्रहण गर्नुहुदै उपाध्यक्ष गुरुङले आदिवासी जनजातिको उत्थान र हक अधिकारको लागि योगदान रहेने बताउनुभयो । उपाध्यक्ष गुरुङ तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का संरक्षक एवं अन्र्तराष्ट्रिय गुरुङ परिषद (आइटीसी) को संस्थापक अध्यक्ष र लामो समय आदिवासी जनजाति आन्दोलनमा लाग्नु भएका अगुवा हुन ।

प्रतिष्ठानका तत्कालिन उपाध्यक्ष गोकुल घर्ती मगरको २०८१ जेठ ११ गते कार्यकाल सकिएपछि रिक्त रहेको पदमा नेपाल सरकारले गुरुङलाई नियुक्त गरेका हुन् । नेपालको संविधानमा ब्यवस्था भए बमोजिम प्रतिष्ठानको अध्यक्षमा भने प्रधानमन्त्री रहने छ ।

प्रतिष्ठानमा रिक्त उपाध्यक्षका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको संयोजकत्वमा गठित सिफारिस समितिले गुरुङसहित पासाङ शेर्पा र टासी स्याङ्बो गुरुङसेनीको नाम सिफारिस गरेको थियो ।

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

गौरीशंकरमा बलेरो दुर्घटना हुदाँ चार जना घाइते

गौरीशंकरमा बलेरो दुर्घटना हुदाँ चार जना घाइते

दोलखा । गौरीशंकर गाउँपालिकामा बलेरो दुर्घटना हुदाँ चार जना घाइते भएको छ । गौरीशंकर गाउँपालिका ७, मार्बु सिक्पाश्वरमा विहीबार द...
मेलम्ची खानेपानीको पाइप फुट्दा बबरमहल क्षेत्र जलमग्न

मेलम्ची खानेपानीको पाइप फुट्दा बबरमहल क्षेत्र जलमग्न

काठमाडौं । मेलम्ची खानेपानीको पाइप फुट्दा बबरमहल क्षेत्र जलमग्न भएको छ । बुधवार दिउँसो विद्युत् प्राधिकरणले विद्युत्का तारह...
आज माघ शुक्ल पूर्णिमाः स्वस्थानी व्रत समापन गरिँदै

आज माघ शुक्ल पूर्णिमाः स्वस्थानी व्रत समापन गरिँदै

काठमाडौं । एक महिना लामो स्वस्थानी व्रत आज समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि घर–घरमा शुरु गरेको एक महिने स्वस्थानी व्रत आ...
सिआरसीद्धारा लिपिङ हाइड्रोको मुख्य सुरुङ्ग ब्रेक थ्रु, फोटो फिचरसहित

सिआरसीद्धारा लिपिङ हाइड्रोको मुख्य सुरुङ्ग ब्रेक थ्रु, फोटो फिचरसहित

सिन्धुपाल्चोक । लिपिङ खोला जलविद्युत आयोजनाको मुख्य सुरुङ ब्रेक थ्रु गरेको छ । निमार्णाधीन लिपिङ खोला जलविद्युत आयोजनाको मुख्य...
आज देशभर सोनाम ल्होछार मनाउँदै

आज देशभर सोनाम ल्होछार मनाउँदै

काठमाडौं । आज विविध कार्यक्रम गरी देशभर सोनाम ल्होछार मनाइँदैछ । सोनाम ल्होछार हिमाली क्षेत्रमा बसोबास गर्ने तामाङ, ह्योल्मो त...
अमेरिकामा ट्रम्पको नीतिसँगै निष्कासनको सुचीमा १ हजार ३६५ नेपाली

अमेरिकामा ट्रम्पको नीतिसँगै निष्कासनको सुचीमा १ हजार ३६५ नेपाली

काठमाडौं । अमेरिकाले अवैध आप्रबासीलाई आफ्नै देश फर्काउने अभियान थालेको छ । डोनाल्ड ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी लिएसँगै अव...
बाली नष्ट गर्ने बाँदर र बँदेल मार्न पाउने

बाली नष्ट गर्ने बाँदर र बँदेल मार्न पाउने

काठमाडौं । किसानले खेतबारीमा अन्न बाली खाने वा नष्ट गर्ने बाँदर र बँदेल मार्न पाउने भएका छन् । वन तथा वातारण मन्त्रालयले रा...
आज देशभर सहिद दिवस मनाउँदै

आज देशभर सहिद दिवस मनाउँदै

काठमाडौं । आज देशभर सहिद दिवस मनाउँदै छ । देशका लागि प्राण आहुति दिने सहिदहरूको सम्झनामा विभिन्न कार्यक्रम गरि सहिद दिवस मनाउन...