काठमाडौं । यस वर्ष तमु समुदायको ल्होसार कार्यक्रमका सम्पूर्ण तयारी पूरा भएको छ । तमू ल्होसार मुल आयोजक समितिले पत्रकार सम्मेलन गरी ल्होसारको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
यस वर्ष गुरुङ समुदायले “तमू थातथलोको संरक्षण र सम्बद्र्धनका लागि मौलिक पहिचानको आव्हान । सरकारी कामकाजी भाषा तमू भाषा घोषणाको लागि तमूवानको आन्दोलन” भन्ने मुल नाराका साथ ल्होसार मनाउन लागेका हुन् । तमू (गुरुङ) समुदायले मुप्री ल्हो (गरुड वर्ग) को बिदाइ गर्दै सप्री ल्हो (सर्प वर्ग) को स्वागत गरेर भव्य रूपमा मनाउने तयारी गरेको छन् ।
मंगलबार ल्होसार मूल आयोजक समितिले काठमाडौंको अनामनगरस्थित तमु बौद्ध सेवा समिति नेपालको कार्यलयमा पत्रकार सम्मेलन गर्दै आफ्नो सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए । यो पर्व नेपालमा मात्र नभएर विश्वका अन्य देशमा पनि मनाउने गरिएको तमू ल्होसार मूल आयोजक समितिका महासचिव रामबहादुर गुरुङले जानकारी दिनुभयो ।
हरेक वर्षझैं यस वर्ष पनि सप्री ल्हो (सर्प वर्ग) लाई सबैको शुभ होस् भनि गुरुङ(तमू) परम्पराअनुसार गुरुङ पूरोहित (खेगी) हरू पच्यु, क्ल्हेप्री, वोन्पो लम र लामा पुरोहितहरुद्वारा १४ गते रातको १२ बजे दुःखको ग्रह–दशा शान्ति पूजा गरी पुस १५ गते नयाँ बिहानीको झुल्के घाममा नयाँ वर्गको स्वागत गरी ल्होसार मनाइन्छ ।
तमू ल्होसार हरेक वर्ष काठमाडौंको टुँडिखेलमा भव्य रूपमा मनाउदै आएको छ । तमू ल्होसार साँस्कृतिक महोत्सवका रुपमा सरकार प्रमुखको आतिथ्यमा पौष १५ गते सम्पन्न हुनेछ । ल्होसारको अवसरमा पुस १५ गते बिहान ९ बजे बसन्तपुरबाट तमू संस्कार संकृति झल्कने झाँकी सहित टुँडिखेल पुगेर भव्य रूपमा ल्होसार मनाउने तयारी रहेको रहेको छ ।
यस सप्री ल्हो पौष १३, १४ र १५ गते काठमाडौं उपत्यकामा रहेका संघ–सस्थाहरु एकै स्थानमा भेला भई आपसी सद्भाव र शुभकामना साटसाट गरी ल्होसारलाई महोत्सवको रुपमा धुमधामका साथ मनाउने मुल आयोजक समितिका संयोजक लोेक बहादुर गुरुङले बताए । ल्होसार नेपालको राष्ट्रिय पर्वमा घोषित भएको हुदाँ सरकारले पुस १५ गते सार्वजनिक बिदा समेत दिँदै आएको छ ।
ल्होसार मुल आयोजक समितिले पौष १५ गतेसम्म कार्यक्रमको तालिका समेत सार्वजनिक गरेको छ ।
सार्वजनिक कार्यक्रमको तालिका
१) २०८१ पौष ९ गते, पत्रकार सम्मेलन, तमू बौद्ध सेवा समिति अनामनगर काठमाडौं, समय दिउँसो १ बजे ।
२) २०८१ पौष १० गते, तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् केन्द्रिय समितिद्धारा चियापान तथा शुभकामना आदनप्रदान, तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् भवन, मित्रनगर, समय दिउँसो १ बजे ।
३) २०८१ पौष ११ गते, पुस्तक विमोचन, समिक्षा तथा श्रष्टा सम्मान, जुम सम्बाद मार्फत, समय साँझ ६ बजे ।
४) २०८१ पौष १३ र १४ गते, खेलकुदका कार्यक्रमहरु, टुँडिखेल काठमाडौ, समय दिउँसो १२ बजे ।
५) २०८१ पौष १४ गते, मुप्री ल्हो(गरुड) वर्गको विदाई र सप्री ल्हो (सर्प वर्ग)को स्वागत कार्यक्रम, टुँडिखेल, काठमाडौं रातको १२ बजे ।
६) २०८१ पौष १३, १४ र १५ गते, लोक दोहोरी गीत प्रतियोगिता, टुँडिखेल काठमाडौं, समय दिउँसो २ बजेदेखि राति १० बजेसम्म ।
७) २०८१ पौष १५ गते, रक्तदान कार्यक्रम, टुँडिखेल काठमाडौ, समय दिउँसो १२ बजे ।
८) २०८१ पौष १५ गते, झाँकी र्याली कार्यक्रम, टुँडिखेल काठमाडौ, समय विहान ९ देखि १२ बजेसम्म ।
९) २०८१ पौष १५ गते, औपचारिक समारोह, टुँडिखेल काठमाडौ, समय विहान १२ देखि ३ बजेसम्म ।
१०) २०८१ पौष १५ गते, अन्तर संघसंस्था साँस्कृतिक नृत्य प्रतियोगिता तथा लोक दोहोरी प्रतियोगिता, टुँडिखेल काठमाडौ, समय दिनको ३ देखि रातको १ः३० बजेसम्म ।
प्रेस विज्ञप्ती