काठमाडौ । नेपाल तमू विद्यार्थी छोंज धीँ जिल्ला कार्यसमिति दोलखाद्वारा आयोजित ल्होसार कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार काठमाडौंको गोकर्णस्थित निजामति स्मारक पार्कमा तमू विद्यार्थी जिल्ला कार्यसमितिले आयोजना गरेको ल्होसार एवं स्योंकै र शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा दोलखाबाट काठमाडौंमा विभिन्न पेशा व्यवसायमा संलग्न अभिभावक एवं विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो । यस वर्ष दोलखाली गुरुङ समुदायले लामो समयपछि तमू ल्होसार भव्यताको साथ मनाएको हो ।
हरेक वर्ष गुरुङ समुदायले आफ्नो भाषा, भेषभुषा, कला, संस्कार, संस्कृति लगायत आफ्नो मौलिकता संरक्षण गर्न पौष १५ गते तमू ल्होसार मनाउदै आएको छ । गुरुङ समुदायको हरेक वर्षको पौष १५ गते नया वर्ष एवं ल्होसार मनाउने गरिन्छ ।
त्यसक्रममा दोलखाका गुरुङ समुदायले पनि आफ्नो पहिचाहन झल्किने गरी केहि वर्ष अगाडीदेखि ल्होसार मनाउदै आएको थियो । तर समय परिस्थितिले गर्दा ल्होसार पर्वलाई निरन्तरता दिन सकेको थिएन । सो क्रममा यस वर्ष गुरुङ विद्यार्थी ले आयोजना गरेको तमू ल्होसारको अवसरमा शुभकामना आदनप्रदान गर्दै विभिन्न साँस्कृतिक र मनोरञ्जनात्मक खेलकुद कार्यक्रम गरी भव्यताको साथ मनाएको हो ।
तमू ल्होसार कार्यक्रममा गुरुङ तथा गैर-गुरुङहरुको उत्साहजनक उपस्थिति रहेको विद्यार्थीका अध्यक्ष विश्वराज गुरुङले बताए । उनका अनुसार छोटो समयमा भव्य र प्रभावकारी कार्यक्रम भएको बताए ।
गुरुङ पुरोहित लामा, वन्पो, पच्यू, क्लोल्प्री लगायतले पौष १४ गते मध्यराति विभिन्न पुजापाठ गरी ल्हो परिर्वतन भएको जनाउने छ । पौष १५ गते गुरुङ समुदायले पराम्परा साँस्कृतिक अनुसार घरघरमा पुजापाठ गरी वर्षभरि सुख, शान्ति होसभनि पुकार्ने प्रचलन रहेको छ ।
ल्होसार पर्व नेपाल लगायत विश्वभरि छरिएर रहेको गुरुङ समुदायले मनाउने गरिन्छ । यसको पर्वको अवसरमा सरकारले हरेक वर्ष सार्वजनिक विदासमेत दिदै आएको छ ।