काठमाडौं । जि. छिरीङ्गमा समाज सेवा समितिको वार्षिक साधारणसभा सम्पन्न भएको छ । समितिको पुरानै कार्यसमितिलाई निरन्तरता दिइने निर्णय गर्दै साधारणसभा सम्पन्न भएको हो ।
शनिवार समाजको अध्यक्ष ङिमागेली शेर्पाको अध्यक्षतामा सम्पन्न साधारणसभाले अघिल्लो कार्यसमितिका पदाधिकारीहरु अध्यक्षमा ङिमागेली शेर्पा, उपाध्यक्ष दानोर्बु शेर्पा, महिला उपाध्यक्ष फुर्वायाञ्जी शेर्पा, महासचिव फुडोमा शेर्पा, सचिव पेमरिन्जी शेर्पा र कोषाध्यक्षमा आङफुर्वा शेर्पालाई नै निरन्तरता दिएको छ । समाजको कार्यसमितिको सदस्यहरुमा राजकुमार मगर, पसलमु शेर्पा, आङनोर्बु शेर्पा र गोन्जु शेर्पा रहेको छ ।
कार्यक्रममा अध्यक्ष ङिमागेली शेर्पाले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष आङफुर्वा शेर्पाले आर्थिक र सचिव पेमरिन्जी शेर्पाले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको प्रस्तुत प्रतिवेदनमाथि छलफल गर्दै बहुमतले पारित गरेका थिए ।
कार्यक्रममा संस्थाको पूर्वअध्यक्ष पदम बहादुर श्रेष्ठ, लाक्पा युण्डु शेर्पा, पत्रकार एवं गाैरीशंकर टाइम्सका प्रधान सम्पादक किशोर कुमार गुरुङ र सल्लाहकारहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा पूर्वअध्यक्ष एवं सल्लाहकार श्रेष्ठले विगतमा संस्था स्थापनाकालको स्मरण गराउदै आगामी दिनमा गाउँका सबैलाई समेटेर लैजानु पर्ने बताए ।
आफ्नो धारणा राख्ने क्रममा गौरीशंकर टाइम्सका प्रधान सम्पादनक गुरुङले संस्थाको वार्षिक साधारणसभाबाट प्रभावकारी योजना ल्याउनु पर्ने र सामाज सामाजिक सेवामा अभिप्रेरित हुनुपर्ने बताए । गुरुङले समाजलाई लोकप्रियता र आर्कषित बनाउन समय अनुकुल समाज उन्मुख कार्यक्रम तथा योजना बनाई सञ्चालन गर्नुपर्ने समेत धारणा व्यक्त गरे ।
कार्यक्रममा उठेका जिज्ञासा र प्रश्नहरुको जफाव दिदै अध्यक्ष शेर्पाले आगामी दिनमा सबै एक ढिक्का भएर समाजलाई आगाडी बढाउन र प्रभावकारी कार्यक्रम गर्न सबैलाई आह्वान गरे । उनले समाजलाई आफ्नो तर्फबाट प्रभावकारी योजना बनाएर ल्याएको र आफ्नो कार्यकालमा समाजको आर्थिक स्रोत पनि दोब्बर बढाएको बताए ।
दोलखाको गौरीशंकर गाउँपालिका–९, टासीनामबाट काठमाडौंमा बसोबास गरी विभिन्न पेशा व्यवसायमा संलग्नता भएकाहरुलाई एक रुपता बनाउन र साँझा चौतारीका रुपमा कायम गर्न २०७२ सालमा जि. छिरीङ्गमा समाज सेवा समिति नामक सामाजिक संस्था स्थापना गरेको थियो । समाजले आपत विपद् परेका र आर्थिक विपन्नता भएकाहरुलाई सहयोग गरिदै आएको छ ।