Advertisement

EN

जि. छिरीङ्गमा समाजको अध्यक्षमा पुन: ङिमागेली शेर्पा, पुरानै कार्यसमिति निरन्तरता

Advertisement

काठमाडौं । जि. छिरीङ्गमा समाज सेवा समितिको वार्षिक साधारणसभा सम्पन्न भएको छ । समितिको पुरानै कार्यसमितिलाई निरन्तरता दिइने निर्णय गर्दै साधारणसभा सम्पन्न भएको हो ।

शनिवार समाजको अध्यक्ष ङिमागेली शेर्पाको अध्यक्षतामा सम्पन्न साधारणसभाले अघिल्लो कार्यसमितिका पदाधिकारीहरु अध्यक्षमा ङिमागेली शेर्पा, उपाध्यक्ष दानोर्बु शेर्पा, महिला उपाध्यक्ष फुर्वायाञ्जी शेर्पा, महासचिव फुडोमा शेर्पा, सचिव पेमरिन्जी शेर्पा र कोषाध्यक्षमा आङफुर्वा शेर्पालाई नै निरन्तरता दिएको छ । समाजको कार्यसमितिको सदस्यहरुमा राजकुमार मगर, पसलमु शेर्पा, आङनोर्बु शेर्पा र गोन्जु शेर्पा रहेको छ ।

कार्यक्रममा अध्यक्ष ङिमागेली शेर्पाले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष आङफुर्वा शेर्पाले आर्थिक र सचिव पेमरिन्जी शेर्पाले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाको प्रस्तुत प्रतिवेदनमाथि छलफल गर्दै बहुमतले पारित गरेका थिए ।

कार्यक्रममा संस्थाको पूर्वअध्यक्ष पदम बहादुर श्रेष्ठ, लाक्पा युण्डु शेर्पा, पत्रकार एवं गाैरीशंकर टाइम्सका प्रधान सम्पादक किशोर कुमार गुरुङ र सल्लाहकारहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा पूर्वअध्यक्ष एवं सल्लाहकार श्रेष्ठले विगतमा संस्था स्थापनाकालको स्मरण गराउदै आगामी दिनमा गाउँका सबैलाई समेटेर लैजानु पर्ने बताए ।

आफ्नो धारणा राख्ने क्रममा गौरीशंकर टाइम्सका प्रधान सम्पादनक गुरुङले संस्थाको वार्षिक साधारणसभाबाट प्रभावकारी योजना ल्याउनु पर्ने र सामाज सामाजिक सेवामा अभिप्रेरित हुनुपर्ने बताए । गुरुङले समाजलाई लोकप्रियता र आर्कषित बनाउन समय अनुकुल समाज उन्मुख कार्यक्रम तथा योजना बनाई सञ्चालन गर्नुपर्ने समेत धारणा व्यक्त गरे ।

कार्यक्रममा उठेका जिज्ञासा र प्रश्नहरुको जफाव दिदै अध्यक्ष शेर्पाले आगामी दिनमा सबै एक ढिक्का भएर समाजलाई आगाडी बढाउन र प्रभावकारी कार्यक्रम गर्न सबैलाई आह्वान गरे । उनले समाजलाई आफ्नो तर्फबाट प्रभावकारी योजना बनाएर ल्याएको र आफ्नो कार्यकालमा समाजको आर्थिक स्रोत पनि दोब्बर बढाएको बताए ।

दोलखाको गौरीशंकर गाउँपालिका–९, टासीनामबाट काठमाडौंमा बसोबास गरी विभिन्न पेशा व्यवसायमा संलग्नता भएकाहरुलाई एक रुपता बनाउन र साँझा चौतारीका रुपमा कायम गर्न २०७२ सालमा जि. छिरीङ्गमा समाज सेवा समिति नामक सामाजिक संस्था स्थापना गरेको थियो । समाजले आपत विपद् परेका र आर्थिक विपन्नता भएकाहरुलाई सहयोग गरिदै आएको छ ।

0 Shares

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

अन्तर्राष्ट्रिय तमू परिषद्को ७औं स्थापना दिवस सम्पन्न, सचिवालय सदस्यसहित कार्यलय स्थापना

अन्तर्राष्ट्रिय तमू परिषद्को ७औं स्थापना दिवस सम्पन्न, सचिवालय सदस्यसहित कार्यलय स्थापना

किशोर गुरुङ, कात्तिक ३, २०८२ काठमाडौं । विश्वभर छरिएर रहेका तमू(गुरुङ) समुदायका संघसंस्था र व्यक्तिहरूलाई एउटै साझा मञ्चमा ल्याई ...
मनोपरामर्श किन आवश्यक छ ? यसका फाइदाहरू के-के छन् ?

मनोपरामर्श किन आवश्यक छ ? यसका फाइदाहरू के-के छन् ?

काठमाडौं, असोज १० — आजको द्रुत गतिमा परिवर्तन भइरहेको युगमा मानिसको जीवनशैली, सोच, व्यवहार र सामाजिक संरचनामा तीव्र रूपान्तरण ...
गौरीशंकर उद्यमशील युवा समाजद्वारा मनोपरामर्श र उद्यमशीलता सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

गौरीशंकर उद्यमशील युवा समाजद्वारा मनोपरामर्श र उद्यमशीलता सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौ, असोज ६ — गौरीशंकर उद्यमशील युवा समाजको आयोजनामा "मनोपरामर्श, युवा उद्यमशीलता तथा युवा सकरात्मक सोच" विषयमा विशेष प्रश...
लुम्बिनी प्रदेशसभा सदस्य पुनको निधन

लुम्बिनी प्रदेशसभा सदस्य पुनको निधन

काठमाडौं, भदौ १५ – लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुन मगरको शनिबार निधन भएको छ। पुनको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महार...
प्राध्यापक स्व. सन्तबहादुर गुरुङको १६औँ स्मृति दिवस सम्पन्न

प्राध्यापक स्व. सन्तबहादुर गुरुङको १६औँ स्मृति दिवस सम्पन्न

काठमाडौं । तमू समुदायका अग्रज, शिक्षाविद् तथा समाजसेवी प्राध्यापक स्व. सन्तबहादुर गुरुङको १६औँ स्मृति दिवस श्रद्धापूर्वक सम्पन...
आजको मौसम

आजको मौसम

काठमाडौं आज देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भू-भागका धेरै स्थानहरूमा र मधेश प्रदेश लगायत देशका बाँकी तराई भू-भागका के...
आज गाईजात्रा, उपत्यकामा सार्वजनिक विदा

आज गाईजात्रा, उपत्यकामा सार्वजनिक विदा

काठमाडौं, २६ साउन — आज काठमाडौं उपत्यका लगायत नेपालभर गाईजात्रा पर्व धूमधामका साथ मनाइँदैछ। मृतकको सम्झनामा आफन्तले गाई वा गाई...
३१औँ विश्व आदिवासी दिवस, देशभर विभिन्न कार्यक्रम गरी भव्यताका साथ सम्पन्

३१औँ विश्व आदिवासी दिवस, देशभर विभिन्न कार्यक्रम गरी भव्यताका साथ सम्पन्

काठमाडौं, २६ साउन — ३१औँ विश्व आदिवासी दिवस नेपालभर विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ सम्पन्न गरिएको छ। आदिवासी जनजाति...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज