दोलखा । अन्तर पालिका स्तरीय महिला भलिबल कप २०८१ को उपाधि विगु गाउँपालिकाले जितेको छ। सदरमुकाम चरिकोट सम्पन्न भएको खेलमा बैत्यश्वरलाई ३-१ ले पछि पार्दै उपाधि विगुले जितेको हो ।
विगु विजेता बनेसँगै वैतेश्वर गाउँपालिका उपविजेता बनेको छ । तृतीय स्थानमा कालिञ्चोक गाउँपालिका र सान्त्वनामै गौरीशंकर गाउँपालिकाले चित्त बुझाएका छन् ।
प्रतियोगितामा प्रथम, दितिय, तृतीय र सान्त्वना हुने टिमले क्रमश ५०, ३०, २० र १० हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन ।
जिल्ला भलिबल संघ दोलखाको आयोजनामा गत बिहिबारदेखि सदरमुकाम चरीकोटस्थित भिमेश्वर भडहलमा भलिबल प्रतियोगिता भएको थियो ।
सो प्रतियोगिताको उदघाटन बागमती प्रदेश सभा सदस्य भरत केसीले गरेका थिए भने समापन बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेको उपस्थितिमा भएको थियो ।
शनिबार सम्पन्न खेलमा जिल्लाका ८ पालिकाले सहभागीता जनाएको थियो ।