काठमाडौं । आज देशभर सहिद दिवस मनाउँदै छ । देशका लागि प्राण आहुति दिने सहिदहरूको सम्झनामा विभिन्न कार्यक्रम गरि सहिद दिवस मनाउने गरिन्छ ।
प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिनेहरुको सम्झनामा आज शहीद दिवस मनाइँदैछ । नेपालमा राणा शासन बिरूद्ध लडेका सहिदहरूको सम्झनामा दिवस मनाउन थालिएको हो ।
यस दिन सहिद धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री लगायतका सहिदहरूको सम्झना गरिन्छ । सहिद दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।