सिन्धुपाल्चोक । छो–रोल्पा कन्स्ट्रक्सन प्रा.लि.(सिआरसी)ले १६.२६ मेघावट निर्माणाधीन लिपिङ खोला जलविद्युत आयोजनाको मुख्य सुरुङ ब्रेक थ्रु गरेको छ ।
सिआरसी निर्माण कम्पनीले लामो समयदेखि कडा मेहनत, दुःख र परिश्रम गरी आइतबार सुरुङ ब्रेक थ्रु गरेर इतिहासमै जलविद्युत निर्माण क्षेत्रमा तेस्रो सफलता प्राप्त गरेको हो । यस आयोजनामा ६० भन्दा बढी कर्मचारीहरु कार्यरत छन् ।
आयोजनाको सुरुङ ब्रेक थ्रु हुदै गर्दा सिआरसीका प्रबन्धक निर्देशक फुरलाक्पा शेर्पा र कम्पनीका कर्मचारीहरु खुशीयाली मुद्रामा देखिएका छन् । सिआरसीका प्रबन्धक निर्देशक शेर्पा भन्नुहुन्छ “हाम्रो कम्पनीको इतिहासमा यो ऐतिहासिक सफलता हो, कर्मचारीको इमानदारीता, लगनशीलता र मेहनतले नै लक्ष्य पुरा भएको छ । ”
सिआरसीले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर २ मा करिव दुई वर्ष अगाडी सडक नै नपुगेको अति दुर्गम क्षेत्रमा हेलिकप्टर मार्फत सामान ढुवानी गरी आयोजनाको निर्माण कार्य सुरु गरेको थियो ।
यदि इच्छाशक्ति छभने भीड, पहाड र चट्टान फोरेरै भएपनि परिवर्तन गर्न सकिन्छ भन्ने चोटिलो उदाहरण र सन्देश सिआरसीले दिएको छ ।
फोटो फिचर