Advertisement

EN

सिआरसीद्धारा लिपिङ हाइड्रोको मुख्य सुरुङ्ग ब्रेक थ्रु, फोटो फिचरसहित

Advertisement

सिन्धुपाल्चोक । लिपिङ खोला जलविद्युत आयोजनाको मुख्य सुरुङ ब्रेक थ्रु गरेको छ । निमार्णाधीन लिपिङ खोला जलविद्युत आयोजनाको मुख्य सुरुङ छो–रोल्पा कन्स्ट्रक्सन निर्माण कम्पनीले ब्रेक थ्रु गरेको हो ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२, लिपिङमा हिम रिभर पावर कम्पनीको १६.२६ मेघावटको निर्माणाधीन लिपिङ खोला जलविद्युत आयोजनाको मुख्य सुरुङ ब्रेक थ्रु गरेको हो । आयोजनाको करिब दुई वर्ष अगाडीदेखि छो–रोल्पा कन्स्ट्रक्सन प्रा.लि.(सिआरसी)ले निर्माण गरेको एक हजार दुई सय ६७ मिटर लामो मुख्य सुरुङ आइतबार ब्रेक थ्रु गरेको हो । सिआरसीले आयोजनाको बाँधस्थल समेत निर्माण गरिएको हो ।

हिम पावर कम्पनीले आयोजना स्थलमा कार्यक्रम गरी औपचारिक रुपमा सुरुङ्ग ब्रेक थु्र भएको जानकारी दिएको हो । आयोजनाको मुख्य वित्तिय व्यवस्थापकमा सिदार्थ बैंक लिमिटेड, कन्सल्टेन्डमा ट्याक हाइड्रो, निर्माण कम्पनीमा निता केसी जेभी र छो–रोल्पा कन्स्ट्रक्सन रहेको छ ।

कम्पनीले निर्माण कार्यमा सहभागी सम्पूर्ण कार्यरत कर्मचारी र कामदारलाई सम्मान समेत गरेका थिए । आयोजनाको सुरुङ्ग ब्रेक थु्र भएता पनि निर्माण सम्पन्न हुन भने केहि समय लाग्नेछ । सिआरसीले सडक, पुल, आवसीय तथा व्यवसायिक भवन लगायत विभिन्न क्षेत्रको निर्माण कार्य गरिदै आएको छ ।

सिआरसीको लिपिङ खोला जलविद्युत आयोजनाको सुरुङ निर्माण तेस्रो सफलता हो । सिआरसीले यसअघि ग्रीन लाइफ हाइड्रोपावर र शिवश्री हाइड्रोपावरको सुरुङ निर्माण सम्पन्न गरिसकेको छ । हाल कम्पनीले रोल्वालिङ हाइड्रो, माथिल्लो तामाकोशी जलविद्युत आयोजना लगायतको निर्माण कार्य गरिदैछ ।

उक्त आयोजना स्थाल दुर्गम र अति विकट क्षेत्र रहेको हुदाँ निर्माण सामाग्री हेलिकप्टर मार्फत ढुवानी गरी काम सुरु गरिएको प्रबन्धक निर्देशक फुरलाक्पा शेर्पाले बताउनु भयो । सो आयोजनामा कम्पनीको ६० जना भन्दा बढी कर्मचारी तथा मजदुर कार्यरत रहेको प्रबन्धक निर्देशक शेर्पाले बताउनुभयो ।

त्यस्तै आयोजना स्थल नेपाल चीनको सिमाना र उच्च पहाडी दुर्गम भु–भागमा भएको हुदाँ सडक पहुँच पुगेको छैना । आयोजनाको सम्पूर्ण सामाग्री रोप-वे मार्फत ढुवानी गरी निर्माण गरिदै आएको छ ।

सो आयोजना करिब तीन किलोमिटर उचाईको आउटलेटबाट पानी खसालिनेछ । आयोजनाको विद्युत गृह भने अन्डरग्राउण्ड भित्र रहेको छ ।

फोटो फिचर

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

आज तराईका जिल्लामा होली मनाउँदै

आज तराईका जिल्लामा होली मनाउँदै

काठमाडौं । आज तराईका जिल्लाहरुमा उत्सवको रुपमा होली पर्व मनाउँदैछ । पहाडी तथा हिमाली जिल्लामा पूर्णिमाका दिन होली मनाइएको भोलि...
तामाकोशी पाँचौंमा ठेकेदार कम्पनीले श्रम कानुन पालना नगरेको भन्दै नेपाली श्रमिकको आन्दोलन, सबै निर्माण कार्य ठप्प

तामाकोशी पाँचौंमा ठेकेदार कम्पनीले श्रम कानुन पालना नगरेको भन्दै नेपाली श्रमिकको आन्दोलन, सबै निर्माण कार्य ठप्प

दोलखा । तामाकोशी पाँचौँ जलविद्युत् आयोजनाका श्रमिकहरू निर्माण कार्य ठप्प पारी चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । आयोजनाको अडिट–१...
आज होली पर्व, पहाडी र हिमाली क्षेत्रमा मनाइँदै

आज होली पर्व, पहाडी र हिमाली क्षेत्रमा मनाइँदै

काठमाडौं । आज पहाडी र हिमाली जिल्लामा होली पर्व मनाइँदै छ । फागुन शुक्ल पूर्णिमाको दिन मनाईने होली आज पहाडी र हिमाली जिल्लामा ...
पूर्ववडाध्यक्षसमेत रहेका तिर्खबहादुर रसिया-युक्रेन युद्धमा अस्ताए

पूर्ववडाध्यक्षसमेत रहेका तिर्खबहादुर रसिया-युक्रेन युद्धमा अस्ताए

काठमाडौं । रोल्पाको सुनछहरी गाउँपालिका-५ जैमाकसलाका पूर्ववडाध्यक्ष तिर्खबहादुर बुढाथोकीको रसिया र युक्रेनको लडाइँमा मृत्यु भएक...
‘राजा आऊ देश बचाऊ’ भन्दै राजधानीमा राप्रपाको प्रदर्शन

‘राजा आऊ देश बचाऊ’ भन्दै राजधानीमा राप्रपाको प्रदर्शन

  काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ‘गणतन्त्र गन्हाइसक्यो, राजा आऊ देश बचाऊ’ भन्दै काठमाडौँमा प्रदर्श...
अमेरिकाले कागजात नभएका दश नेपालीलाई फर्काए

अमेरिकाले कागजात नभएका दश नेपालीलाई फर्काए

काठमाडौं। अमेरिकाले गैरकानुनी रुपमा बसोबास गर्दै आएको दश जना नेपालीलाई देश निकाला गरेको छ । अमेरिकाले गैरकानुनी रुपमा लुकीछिपी...
गौरीशंकरका स्थानीयले भुमि पुजा गर्दै मनाए ग्याल्पो ल्होसार

गौरीशंकरका स्थानीयले भुमि पुजा गर्दै मनाए ग्याल्पो ल्होसार

काठमाडौं । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आय...
पर्यटकीय क्षेत्र कालिञ्चोकमा हिमपात, होटल व्यवसायी खुशी

पर्यटकीय क्षेत्र कालिञ्चोकमा हिमपात, होटल व्यवसायी खुशी

दोलखा । जिल्लाको पर्यटकीय तथा धार्मिक क्षेत्र कालिञ्चोकमा हिमपात भएको छ । शुक्रबार रातिदेखि कालिञ्चोकको कुरी क्षेत्र तथा जिल्ल...