काठमाडौं । मेलम्ची खानेपानीको पाइप फुट्दा बबरमहल क्षेत्र जलमग्न भएको छ ।
बुधवार दिउँसो विद्युत् प्राधिकरणले विद्युत्का तारहरू अण्डर ग्राउण्ड गर्नका लागि ‘होरिजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बबरमहलस्थित खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेपछि सो क्षेत्र जलमग्न भएको हो ।
मेलम्ची खानेपानीले बबरमहल क्षेत्र क्षणभरमै जलमग्न भएको थियो । खानेपानी मन्त्री प्रदिप यादवले पाइप फुटेको ठाउँको निरीक्षण गर्दै आवश्यक जानकारी लिएका छन् ।