दोलखा । गौरीशंकर गाउँपालिकामा बलेरो दुर्घटना हुदाँ चार जना घाइते भएको छ । गौरीशंकर गाउँपालिका ७, मार्बु सिक्पाश्वरमा विहीबार दिउँसो करिब २ बजेतिर बलेरो दुर्घटना हुदाँ चार जना घाइते भएको हो ।
सिंगटीबाट मार्बुको सिक्पाश्वर तर्फ जादै गरेका बा १९ च ४५६३ नम्बरको बोलेरो दुर्घटना हुदां बलेरो चलाक दापासाङ शेर्पा, तेन्जी शेर्पा, निमलमु शेर्पा र अर्का ट्याक्टर चालक रमेश ठकुरी घाइते भएको वडाध्यक्ष सोनाम शेर्पाले जानकारी दिनुभयो । घाईते हुनेमा तिन जना मार्बुकै स्थानीय बासिन्दा र एक जान ट्याक्टर चालक रोशन ठकुरी सिन्धुलीको रहेको वडाध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।
घाइतेहरु मध्ये दुई जना उत्तरी इलाका सिंगटीमा प्राथमिक उपचार गरी घर फर्केको छभने बलेरो चालक दापासाङ शेर्पा र तेन्जी शेर्पालाई थप उपचारको लागि चरिकोट पठाएको गाउँपालिका उपाध्यक्ष उमा शेर्पाले जानकारी दिइन् । सो दुर्घटनामा परेको घाइतेहरु खतरा मुक्त रहेको र उपचारपछि आजै डिस्चार्ज गरिने उपाध्यक्ष शेर्पाले बताइन् ।
ग्रामीण कच्ची बाटो भएको कारण ब्रेक फेल भई बलेरो सडकबाट करिब पचास मिटर तल झरेको थियो ।