
काठमाडौं आज देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भू-भागका धेरै स्थानहरूमा र मधेश प्रदेश लगायत देशका बाँकी तराई भू-भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशको पहाडी भू-भाग र लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईको भू-भागको एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ ।
हाल देशभर साधारणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक/दुई स्थानमा मध्यम वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।