Advertisement

EN

EN

Edit Content

प्राध्यापक स्व. सन्तबहादुर गुरुङको १६औँ स्मृति दिवस सम्पन्न

Advertisement

काठमाडौं । तमू समुदायका अग्रज, शिक्षाविद् तथा समाजसेवी प्राध्यापक स्व. सन्तबहादुर गुरुङको १६औँ स्मृति दिवस श्रद्धापूर्वक सम्पन्न गरिएको छ । तमू ह्युल छोंज धीँ गुरुङ राष्ट्रिय परिषद्, काठमाडौंको आयोजनामा सम्पन्न स्मृति सभा नौथुम तमु समाज, काठमाडौंले व्यवस्थापन गरेको थियो ।

कार्यक्रममा स्व. गुरुङको तस्बिरमा माल्यार्पण गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गरे । स्व. गुरुङ तमू ह्युल छोंज धीँ गुरुङ राष्ट्रिय परिषकाा संस्थापक अध्यक्ष समेत हुन् ।

कार्यक्रममा उहाँलाई तमू ह्युल छोंज धीँ गुरुङ राष्ट्रिय परिषद्का संस्थापक अध्यक्ष भएका हुनाले हरेक वर्ष उनको स्मृतिमा स्मृति दिवस मनाउने गरिन्छ । कार्यक्रममा सहभागीहरूले भाषा, संस्कृति र परम्पराको संरक्षणमा उहाँले देखाउनुभएको नेतृत्व र योगदानलाई उच्च मूल्याङ्कन गरे ।

काठमाडौं उपत्यकाभित्रका विभिन्न तमू संघसंस्था, परिवारजन, समाजसेवी तथा समुदायप्रेमी व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको स्मृति सभामा सहभागीहरूले उहाँको जीवनयात्राबाट सिक्नुपर्ने प्रेरणाबारे धारणा राखे ।

परिषद्का केन्द्रीय अध्यक्ष धनमान गुरुङले उनको योगदानबारे विस्तृत चर्चा गर्दै उहाँले तमू समुदायको जागरण र नेपाली समाजमा शिक्षा, संस्कृति र संगठन निर्माणमा ऐतिहासिक योगदान गरेको बताउनुभयो । उहाँका अनुसार, स्व. गुरुङले सामुदायिक एकता र सांस्कृतिक गौरवलाई जीवनपर्यन्त प्राथमिकता दिए ।

त्यस्तै, संस्थाको महासचिव राजु गुरुङले स्मृति दिवसको उद्देश्य र लक्ष्य स्पष्ट पार्दै स्मृति दिवसले स्व. गुरुङको अपूर्ण सपना पूरा गर्ने संकल्पलाई बल पुर्‍याउने बताउनुभयो । उहाँले स्मृति दिवसलाई केवल औपचारिकता नभई, उहाँका विचार र मूल्य–मान्यतालाई नयाँ पुस्तामा प्रवाहित गर्ने अभियानको निरन्तरता भएको प्रस्ट पार्नुभयो ।

कार्यक्रममा परिवारजनले उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै समाज र समुदायको हितमा उहाँले आरम्भ गर्नुभएको यात्रालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । अन्य वक्ताहरूले उहाँलाई शिक्षक मात्र नभई सांस्कृतिक अभियन्ता र संगठन निर्माणकर्ताका रूपमा व्याख्या गरे ।

स्मृति दिवसले प्राध्यापक स्व. सन्तबहादुर गुरुङको जीवन योगदानलाई मात्र सम्झाएको छैन, बरु तमू समुदायमा सांस्कृतिक पहिचान, शैक्षिक चेतना र संगठनात्मक एकतालाई मजबुत पार्ने साझा संकल्पलाई बलियो बनाएको छ । आयोजक संस्थाहरूले आगामी दिनमा पनि स्मृति दिवसलाई परम्परागत रूपमा मात्र नभई नयाँ व्यवहारिक गतिविधि र अभियानमार्फत निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।

0 Shares

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

अन्तर्राष्ट्रिय तमू परिषद्को ७औं स्थापना दिवस सम्पन्न, सचिवालय सदस्यसहित कार्यलय स्थापना

अन्तर्राष्ट्रिय तमू परिषद्को ७औं स्थापना दिवस सम्पन्न, सचिवालय सदस्यसहित कार्यलय स्थापना

किशोर गुरुङ, कात्तिक ३, २०८२ काठमाडौं । विश्वभर छरिएर रहेका तमू(गुरुङ) समुदायका संघसंस्था र व्यक्तिहरूलाई एउटै साझा मञ्चमा ल्याई ...
मनोपरामर्श किन आवश्यक छ ? यसका फाइदाहरू के-के छन् ?

मनोपरामर्श किन आवश्यक छ ? यसका फाइदाहरू के-के छन् ?

काठमाडौं, असोज १० — आजको द्रुत गतिमा परिवर्तन भइरहेको युगमा मानिसको जीवनशैली, सोच, व्यवहार र सामाजिक संरचनामा तीव्र रूपान्तरण ...
गौरीशंकर उद्यमशील युवा समाजद्वारा मनोपरामर्श र उद्यमशीलता सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

गौरीशंकर उद्यमशील युवा समाजद्वारा मनोपरामर्श र उद्यमशीलता सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौ, असोज ६ — गौरीशंकर उद्यमशील युवा समाजको आयोजनामा "मनोपरामर्श, युवा उद्यमशीलता तथा युवा सकरात्मक सोच" विषयमा विशेष प्रश...
लुम्बिनी प्रदेशसभा सदस्य पुनको निधन

लुम्बिनी प्रदेशसभा सदस्य पुनको निधन

काठमाडौं, भदौ १५ – लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुन मगरको शनिबार निधन भएको छ। पुनको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महार...
प्राध्यापक स्व. सन्तबहादुर गुरुङको १६औँ स्मृति दिवस सम्पन्न

प्राध्यापक स्व. सन्तबहादुर गुरुङको १६औँ स्मृति दिवस सम्पन्न

काठमाडौं । तमू समुदायका अग्रज, शिक्षाविद् तथा समाजसेवी प्राध्यापक स्व. सन्तबहादुर गुरुङको १६औँ स्मृति दिवस श्रद्धापूर्वक सम्पन...
आजको मौसम

आजको मौसम

काठमाडौं आज देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भू-भागका धेरै स्थानहरूमा र मधेश प्रदेश लगायत देशका बाँकी तराई भू-भागका के...
आज गाईजात्रा, उपत्यकामा सार्वजनिक विदा

आज गाईजात्रा, उपत्यकामा सार्वजनिक विदा

काठमाडौं, २६ साउन — आज काठमाडौं उपत्यका लगायत नेपालभर गाईजात्रा पर्व धूमधामका साथ मनाइँदैछ। मृतकको सम्झनामा आफन्तले गाई वा गाई...
३१औँ विश्व आदिवासी दिवस, देशभर विभिन्न कार्यक्रम गरी भव्यताका साथ सम्पन्

३१औँ विश्व आदिवासी दिवस, देशभर विभिन्न कार्यक्रम गरी भव्यताका साथ सम्पन्

काठमाडौं, २६ साउन — ३१औँ विश्व आदिवासी दिवस नेपालभर विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ सम्पन्न गरिएको छ। आदिवासी जनजाति...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज