Advertisement

EN

कोशी प्रदेश

निर्वाचन आयोगले मतदाता नामावली दर्ता खुला

निर्वाचन आयोगले मतदाता नामावली दर्ता खुला

Breaking News 4, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, लुम्बिनी, समाचार
काठमाडौँ । निर्वाचन आयोगले सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता खुला गरेको छ । यसअघि स्थानीय तह उपनिर्वाचन प्रयोजनको लागि देशभरबाट नियमित रूपमा भइरहेको मतदाता नामावली दर्ता गर्ने कार्य स्थगित गरिएको थियो । आयोगका अनुसार उपनिर्वाचन सम्पन्न भई परिणामसमेत प्राप्त भइसकेकाले नियमित मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुरु गर्न लागिएको हो । कुनै व्यक्ति पेसा, व्यवसाय वा अन्य कुनै कारणले आफ्नो स्थायी ठेगानाभन्दा फरक अर्को कुनै जिल्लामा बसोबास गरिरहेको भए पनि निजले मतदाता नामावलीमा आफ्नो नाम दर्ताका लागि आवश्यक प्रमाणसहित आवेदन गरेमा निजको स्थायी ठेगानामा रहने गरी बाहिरी जिल्लाबाट समेत मतदाता नामावली दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ । मतदाता नामावलीमा नाम दर्ताका लागि नेपाली नागरिकताको प्रमाणपत्र आवश्यकपर्ने आयोगले जनाएको छ । नागरिकतामा उल्लिखित ठ...
गौरीशंकरमा हालसम्म ४६ प्रतिशत मतदान, हाल मतदान जारी

गौरीशंकरमा हालसम्म ४६ प्रतिशत मतदान, हाल मतदान जारी

Breaking News 1, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
दोलखा । गौरीशंकर गाउँपालिकामा उपाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा दिउँसो २ बजेसम्म ४६ प्रतिशत मतदान भएको छ । कुल १५ हजार ७ सय १८ मतदाता रहेकामा दिउँसो २ बजेसम्म ७ हजार २ सय ४९ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदान स्थलमा निकै कडा सुरक्षा व्यवस्था गरिएको छ । १२ वटा मतदान केन्द्रमा १ हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । उपाध्यक्ष पदका लागि ९ स्वतन्त्रसहित ७ दलका १६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । #Kantipurdaily...
देशभर उपनिर्वाचन हुँदै, बिहान सात बजेदेखि मतदान सुरु

देशभर उपनिर्वाचन हुँदै, बिहान सात बजेदेखि मतदान सुरु

Breaking News 1, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, प्रदेश समाचार, बागमती, समाचार
दोलखा । देशभर स्थानीय तहको उपनिर्वाचन सुरु भएको छ । उपनिर्वाचनको मतदान आज बिहान ७ बजेदखि साँझ ५ बजेसम्म हुनेछ । आज देशभर नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो । निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा २० राजनीतिक दलका र स्वतन्त्रसमेत गरेर ३ सय ७६ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । आज हुने उपनिर्वाचनमा २ लाख २६ हजार ७ सय ९९ मतदाता सहभागी हुने आयोगले जनाएको छ । उपनिर्वाचनका लागि कुल १ सय ६२ मतदानस्थलमा २ सय ९३ मतदान केन्द्र बनाइएको छ । मतदानको लागि सरकारी मान्यता प्राप्त परिचयपत्र लिएर मतदान केन्द्रमा लैजानु पर्नेछ । त्यसैगरी, मतदाता परिचयपत्र नरहे परिचय खुल्ने नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारी चालक परिचयपत्र, राहदानी वा स्थायी लेखा नम्बर भएको परिचयपत्रका आधारमा मतदान गर्न सकिनेछ । ...
मानव तस्करीको आरोपमा कोशीका पूर्वमन्त्री अधिकारी पक्राउ

मानव तस्करीको आरोपमा कोशीका पूर्वमन्त्री अधिकारी पक्राउ

Breaking News 1, कोशी प्रदेश, ट्रेन्डिङ, ताजा अपडेट, प्रदेश समाचार, राजनीति, समाचार
काठमाडौं । कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लभ अधिकारी पक्राउ परेका छन् । पूर्वमन्त्री अधिकारीलाई प्रहरीले आइतबार विराटनगरबाट पक्राउ गरेका हुन् । कोशी प्रदेशका पूर्वमन्त्री अधिकारीलाई जापान मानव तस्करी गरेको आरोप लागेको थियो । उनलाई मानव तस्करीको आशंकामा जापान जानेक्रममा टोकियो विमानस्थलबाटै फिर्ता गरिएको थियो । अधिकारीसँगै जापान गएका तीन जनालाई प्रहरीले काठमाडौँ फर्किने क्रममा विमानस्थलबाट पक्राउ गरको थियो । उनीहरुले मन्त्रालयको नक्कली कार्ड बनाएर जापान उडेको खुलासा भएको थियो । मानव तस्करीको आरोप लागेपछि शनिबार एमालेले अधिकारीलाई छानबिन गर्न माग गर्दै उनलाई पार्टीको सबै जिम्मेवारीबाट निलम्बन गरेको थियो ।अधिकारी एमालेको तर्फबाट मोरङ जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।...
एमालेबाट निलम्बित भए मानव तस्करीको आरोप लागेका मन्त्री अधिकारी

एमालेबाट निलम्बित भए मानव तस्करीको आरोप लागेका मन्त्री अधिकारी

Breaking News 1, कोशी प्रदेश, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौँ । नेकपा एमालेले कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीलाई निलम्बन गरेको छ । पार्टीको अनुमतिबिना जापान गएका मन्त्री अधिकारीमाथि थप अनुसन्धान गर्न नेकपा एमाले कोशी प्रदेशले गम्भीर चासो राख्दै उनलाई निलम्बन गरेको हो । अधिकारीलाई मानव तस्करीको आरोपको अन्तिम निरुपण नभएसम्मका लागि पार्टीको कुनै पनि तहमा रहन नपाउने गरि निलम्बन गरिएको नेकपा एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिनुभयो । अधिकारीको जापान भ्रमण विवादित वन्नुका साथै मानव तस्करीको आरोप समेत लागेको छ । यद्धपी सो आरोप लगत्तै अधिकारीले मन्त्री र पार्टी संसदीय दलको नेताबाट समेत राजिनामा दिईसकेका छन् । बुधबार मन्त्री अधिकारीले प्रदेश सरकार, पार्टीको बढ्दो आलोचना र दबाबबीच पदबाट राजीनामा दिएका थिए । अधिकारी प्रदेश मन्त्रिपरिषद् र संघीय सरकारसँग अनुमति नलिई जापान भ्रमणमा गएपछ...
स्थानीय तहको उपनिर्वाचनमा भाग लिन २५ दल दर्ता

स्थानीय तहको उपनिर्वाचनमा भाग लिन २५ दल दर्ता

Breaking News 4, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, लुम्बिनी, समाचार, सुदूरपश्चिम
काठमाडौं । आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार असोज १० गतेदेखि १६ गतेसम्म दल दर्ताको लागि निवेदन आव्हान भएकोमा २५ दल दर्ता भएका हुन् । दर्ता भएका दलहरुमा नेपाल मजदुर किसान पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्‍च, राष्ट्रिय प्रजातन्त्र पार्टी, आम जनता पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी), राष्ट्रिय स्वतन्त्र पार्टी, समावेशी समाजवादी पार्टी नेपाल रहेका छन् । हाम्रो नेपाली पार्टी, नेपाल कम्यूनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नागरिक उ...
मौसम: देशभर आंशिक देखि सामान्य बदली रहने

मौसम: देशभर आंशिक देखि सामान्य बदली रहने

Breaking News 1, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, लुम्बिनी, समाचार, सुदूरपश्चिम
काठमाडौं । देशभर आंशिक देखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । लुम्बिनी र गण्डकी सहित देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेकोले पूर्वी र मध्य भागमा बंगलादेशको उत्तर भू-भाग तथा भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।...
आजको मौसम: देशभर आंशिक देखि सामान्य बद्ली हुने

आजको मौसम: देशभर आंशिक देखि सामान्य बद्ली हुने

Breaking News 1, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, समाचार, सुदूरपश्चिम
काठमाडौं । मनसुनी वायुको प्रभावले आज देशभर आंशिक देखि सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन, चट्याङ सहित भारी वर्षा हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षा हुने बताइएको छ । लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली भई कोशी, मधेस प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । राति देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा मेघगर्जन चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।...
सोलुखुम्बुबाट जिरी–चरिकोट हुँदै काठमाडौं जिप सेवा

सोलुखुम्बुबाट जिरी–चरिकोट हुँदै काठमाडौं जिप सेवा

Breaking News 4, कोशी प्रदेश, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
काठमाडौं । सोलुखुम्बुबाट नयाँ रुटमा जिरी–चरिकोट–खाडीचौर हुँदै काठमाडौं जिप सेवा सुरु भएको छ । बुधबारदेखि नयाँ रुट सल्लेरी–लामाजुरा–किन्जा–जिरी–लामसाँगु–खाँडीचौर हुँदै काठमाडौं जिप सेवा सुरु भएको हो । सोलुदुधकुण्ड नगरपालिकाको समन्वयमा बुधबार सल्लेरीबाट छुटेका ८ वटै सुमो जिप लामाजुरा–किन्जा–जिरी–लामसाँगु–खाँडीचौर हुँदै राती सफल रुपमा काठमाण्डौँ पुगेको थियो । जसका लागि बुधबार पहिलो दिन दुधकोशी, सुपर दुधकोशी, दुधकोशी ज्वालामाई र दुधकुण्ड यातयात समितिले यात्रुसहित जिप सेवा नयाँ रुटमा परिक्षण गरेको दुधकोशी यातयात प्रालिका अध्यक्ष दोर्जी शेर्पाले जानकारी दिनुभयो । सल्लेरीबाट छुटेको उक्त जिपहरु कुनै अवरोध विना नै करिब २ सय ८५ किलोमिटरको यात्रा पुरा गर्दै बुधबार बेलुका काठमाडौं पुगेको थियो । सल्लेरी– लामाजुरा – जिरी हुदै काठमाडौं पुग्न जिपलाई करिब १५ घण्टा लागेको यातायात व्यवसायी लाल गुरुङ...
वाढीपहिरो अपडेट: देशभर २४२ जनाको मृत्यु, अझै २२ बेपत्ता

वाढीपहिरो अपडेट: देशभर २४२ जनाको मृत्यु, अझै २२ बेपत्ता

Breaking News 4, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, लुम्बिनी, समाचार, सुदूरपश्चिम
काठमाडौं । बाढीपहिरोबाट देशभर २४२ जनाले ज्यान गुमाएको छ । बाढीपहिरोमा परी २२ जना अझै बेपत्ता र १२८ जना घाइते भएका छन् । वाढीपहिरोबाट हालसम्म कोसी प्रदेशमा २३, मधेसमा आठ, उपत्यकामा १०१, वाग्मती १०८ र लुम्बिनीमा दुई जनाको मृत्यु भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । त्यसैगरी, मुलुकभर एक हजार ७६९ घर र ५५ वटा पुलमा क्षति पुगेको छ । विपद्का घटनामा फसेका १३ हजार १२९ जनाको उद्धार भएको सशस्त्र प्रहरीले जनाएको छ ।...