Advertisement

EN

बागमती

निर्वाचन आयोगले मतदाता नामावली दर्ता खुला

निर्वाचन आयोगले मतदाता नामावली दर्ता खुला

Breaking News 4, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, लुम्बिनी, समाचार
काठमाडौँ । निर्वाचन आयोगले सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता खुला गरेको छ । यसअघि स्थानीय तह उपनिर्वाचन प्रयोजनको लागि देशभरबाट नियमित रूपमा भइरहेको मतदाता नामावली दर्ता गर्ने कार्य स्थगित गरिएको थियो । आयोगका अनुसार उपनिर्वाचन सम्पन्न भई परिणामसमेत प्राप्त भइसकेकाले नियमित मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य सुरु गर्न लागिएको हो । कुनै व्यक्ति पेसा, व्यवसाय वा अन्य कुनै कारणले आफ्नो स्थायी ठेगानाभन्दा फरक अर्को कुनै जिल्लामा बसोबास गरिरहेको भए पनि निजले मतदाता नामावलीमा आफ्नो नाम दर्ताका लागि आवश्यक प्रमाणसहित आवेदन गरेमा निजको स्थायी ठेगानामा रहने गरी बाहिरी जिल्लाबाट समेत मतदाता नामावली दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ । मतदाता नामावलीमा नाम दर्ताका लागि नेपाली नागरिकताको प्रमाणपत्र आवश्यकपर्ने आयोगले जनाएको छ । नागरिकतामा उल्लिखित ठ...
गुरुङ राष्ट्रिय परिषद्को बागमती प्रदेशस्तरीय अन्तरक्रिया सुरु

गुरुङ राष्ट्रिय परिषद्को बागमती प्रदेशस्तरीय अन्तरक्रिया सुरु

Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
काठमाडौ । तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् बागमती प्रदेशको आयोजनामा घुम्ती अन्तरक्रिया सुरु भएको छ । तमु ह्यूल छोंज धीँ गुरुङ राष्ट्रिय परिषद् बागमती प्रदेश कार्यसमितिको आयोजनामा तमु ल्होसार सप्री ल्हो(सर्प वर्ग) २०८१ को अवरसर शुभकामना आदान–प्रदान सहित प्रदेशस्तरीय घुम्ती अन्तरक्रिया सुरु गरेको हो । शनिबारदेखि सुरु गरिएको पहिलो अन्तरक्रिया कार्यक्रम तमु ह्यूल छोज धीं गुरुङ राष्ट्रिय परिषद नुवाकोट जिल्ला समितिसँग प्रदेश अध्यक्ष झमकराज गुरुङको अध्यक्षता र प्रदेश प्रमुख गणेश बहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । त्यसैगरी दोस्रो अन्तरक्रिया कार्यक्रम तमु ह्यूल छोज धीं गुरुङ राष्ट्रिय परिषद ललितपुर जिल्लामा सम्पन्न भएको थियो । प्रदेशस्तरीय अन्तरक्रियामा गुरुङ सँस्कार, सँस्कृति, भाषा भेषभुषा, चाडपर्व लगायतको विषयमा छलफल गरिएको थियो । अन्तरक्रिया कार्यक्रममा प्रदेश अध्...
प्रधानमन्त्री ओलीले दिए उमालाई बधाई

प्रधानमन्त्री ओलीले दिए उमालाई बधाई

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपनिर्वाचनमा विजयी भएका गौरीशंकरको उपाध्यक्ष उमा लुङ्गेली मगर शेर्पालाई शुभकामना तथा बधाई दिनुभएको छ । शनिवार बालुवाटार निवासमा भेट गरी प्रधानमन्त्री ओलीले उपाध्यक्ष उमालाई बधाई तथा शुभकामना दिनुभएको हो । दोलखाको गौरीशंकर गाउँपालिकामा गत मंसीर १६ गते भएको उपनिर्वाचनबाट नेकपा एमालेको उम्मेदवार उमा लुङ्गेली मगर शेर्पा उपाध्यक्षमा निर्वाचित हुनु भएको थियो । यस अवसरमा प्रधानमन्त्री ओलीले नवनिर्वाचित उपाध्यक्ष शेर्पालाई आफ्नै निवासमा भेटगरी बधाई तथा शुभकामना दिनुभएको हो । नेकपा एमालेका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले गौरीशंकरमा एमालेको उम्मेदवारले विजय हासिल गरेकोमा खुशी व्यक्त गर्नुभयो । दोलखाको एकमात्र उपनिर्वाचन भएको गौरीशंकरमा एमालेका नेतृत्व तथा कार्यकर्ता सक्रिय भएका कारण पार्टीको जित भएको बताउनु भयो । बागमती प्रदेशको काठमाडौ म...
काठमाडौं-१६ की वडाध्यक्ष श्रेष्ठलाई बालेनले गराए शपथ

काठमाडौं-१६ की वडाध्यक्ष श्रेष्ठलाई बालेनले गराए शपथ

Breaking News 4, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, राजनीति, समाचार
काठमाडौं । गत आइतबार भएको उपनिर्वाचनबाट निर्वाचित काठमाडौं–१६ की नवनिर्वाचित वडाध्यक्ष रोजिना श्रेष्ठलाई मेयर बालेन शाहले शपथ ग्रहण गराएका छन् । काठमाडौं महानगरपालिकाको कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रमकाबीच श्रेष्ठलाई मेयर शाहले शपथ ग्रहण गराइएका हुन् । गत आइतबार भएको उपनिर्वाचनमा श्रेष्ठले नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै वडाध्यक्षमा निर्वाचित भएकी थिईन् । उनी रास्वपाकी नेतृ हुन् ।...
गौरीशंकरमा २०५ मतान्तरले एमालेकी उम्मेदवार उमा शेर्पा विजयी

गौरीशंकरमा २०५ मतान्तरले एमालेकी उम्मेदवार उमा शेर्पा विजयी

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, राजनीति, समाचार
दोलखा । गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी उम्मेदवार उमा शेर्पा विजयी भएकी छिन् । उमाले माओवादी केन्द्रकी उम्मेदवार निमलेकी शेर्पालाई २०५ मतले पछि पार्दै विजयी भएकी हुन् । शेर्पा २ हजार ८ सय ५ मत प्रप्त गरेका थिइन् । उनकी निकटतम् प्रतिस्पर्धी रहेकी माओवादी केन्द्रकी निम लेकी शेर्पाले २ हजार ६ सय मत ल्याइन् । तेस्रो स्थानमा रहेकी कांग्रेसकी पासदिकी शेर्पाले १ हजार ७ सय २७ मत ल्याएकी छिन् । गौरीशंकरमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा श्रेष्ठले १०० मत, राप्रपाकी मनकुमारी श्रेष्ठले ११८, नेकपा एकीकृत समाजबादीकी रबिना खड्काले ९० मत पाएका छन् । गौरीशंकरमा उपाध्यक्ष पदका लागि मंसिर १६ गते भएको उपनिर्वाचनमा कुल मतदाता १५ हजार ७ सय १८ मध्येबाट ७ हजार ५ सय ८९ मत खसेको थियो । त्यसमध्ये ११० मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । २०७९ सालको स्थानीय तह निर्वाचनबाट निर्वाच...
गौरीशंकरमा हालसम्म ४६ प्रतिशत मतदान, हाल मतदान जारी

गौरीशंकरमा हालसम्म ४६ प्रतिशत मतदान, हाल मतदान जारी

Breaking News 1, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, समाचार
दोलखा । गौरीशंकर गाउँपालिकामा उपाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा दिउँसो २ बजेसम्म ४६ प्रतिशत मतदान भएको छ । कुल १५ हजार ७ सय १८ मतदाता रहेकामा दिउँसो २ बजेसम्म ७ हजार २ सय ४९ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदान स्थलमा निकै कडा सुरक्षा व्यवस्था गरिएको छ । १२ वटा मतदान केन्द्रमा १ हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । उपाध्यक्ष पदका लागि ९ स्वतन्त्रसहित ७ दलका १६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । #Kantipurdaily...
देशभर उपनिर्वाचन हुँदै, बिहान सात बजेदेखि मतदान सुरु

देशभर उपनिर्वाचन हुँदै, बिहान सात बजेदेखि मतदान सुरु

Breaking News 1, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, प्रदेश समाचार, बागमती, समाचार
दोलखा । देशभर स्थानीय तहको उपनिर्वाचन सुरु भएको छ । उपनिर्वाचनको मतदान आज बिहान ७ बजेदखि साँझ ५ बजेसम्म हुनेछ । आज देशभर नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो । निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा २० राजनीतिक दलका र स्वतन्त्रसमेत गरेर ३ सय ७६ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । आज हुने उपनिर्वाचनमा २ लाख २६ हजार ७ सय ९९ मतदाता सहभागी हुने आयोगले जनाएको छ । उपनिर्वाचनका लागि कुल १ सय ६२ मतदानस्थलमा २ सय ९३ मतदान केन्द्र बनाइएको छ । मतदानको लागि सरकारी मान्यता प्राप्त परिचयपत्र लिएर मतदान केन्द्रमा लैजानु पर्नेछ । त्यसैगरी, मतदाता परिचयपत्र नरहे परिचय खुल्ने नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारी चालक परिचयपत्र, राहदानी वा स्थायी लेखा नम्बर भएको परिचयपत्रका आधारमा मतदान गर्न सकिनेछ । ...
एमालेको ‘जागण सभा’ केका लागि ?

एमालेको ‘जागण सभा’ केका लागि ?

Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, प्रदेश समाचार, बागमती, राजनीति, समाचार
काठमाडौं । नेकपा एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा सम्पन्न भएको छ । काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्ला कमिटीको आयोजनामा एमालेले जागरण सभा गरेको होे । यसअघि भृकुटीमण्डपमा गर्ने भनिएको सभा स्थान परिर्वतन गरी दरबारमार्गमा गरेको हो । सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले काठमाडौंमा उसैगरी तामझामका साथ ‘जागरण सभा’ गरेका हुन् । नागरिकमा बढ्दो निराशा र अराजकताका कारण विधिको शासन र कानुनी राज्य कमजोर बनिरहेको निष्कर्ष सहित एमालेले सभा गर्नुपरेको महासचिव शंकर पोखरेलले बताए । महासचिव पोखरेलले सभा मार्फत् नागरिकमा आशा जगाउनको लागि जागरण सभा गरेको प्रष्टोक्ति पारे । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको वर्तमान सरकार र एमालेविरुद्ध कसैले केही गर्न नसक्ने विश्वास दिलाए । ‘अहिलेको सरकार र नेकपा एमालेलाई कसैले हल्लाउन सक्ने छैन, प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओल...
बीमा क्षेत्रकी एमडिआरटी उमालाई एमालेले बनाए उपाध्यक्षको उम्मेदवार

बीमा क्षेत्रकी एमडिआरटी उमालाई एमालेले बनाए उपाध्यक्षको उम्मेदवार

Breaking News 4, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, राजनीति, समाचार
दोलखा । गौरीशंकर गाउँपालिकामा हुने उपनिर्वाचनमा नेकपा एमालेवाट उमा लुङ्गेली मगर शेर्पाको उम्मेदवारी दर्ता भएको छ । एमालेकी उम्मेदवार उमा लुङ्गेली मगर शेर्पाले आज उपाध्यक्षका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय गौरीशंकर गाउपालिका सुरीमा उम्मेदवारी दर्ता गराएकी हुन् । नेकपा एमालेको तर्फबाट उपाध्यक्ष पदको लागि उम्मेदवार भएकी उमा लुंगेली मगर शेर्पा गौरीशंकर गाउँपालिका ७, मार्वु सिक्पाश्वरकी स्थायी बासिन्दा हुुन् । शेर्पाको जन्म २०४६ साल फागुन २ गते ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिकामा भएको थियो । उपाध्यक्ष पदका उम्मेदवार बनेकी उमा बीमा क्षेत्रमा सबैभन्दा अव्वल र उत्कृष्ट एमडिआरटी हुन् । उनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध भई बीमा क्षेत्रकै उत्कृष्ट एमडिआरटी बनेकी हुन् । उनी सामाजिक र ब्यवसायीक क्षेत्रमा पनि दक्ष छिन् । शेर्पा कराँते खेलमा समेत अब्बल रहेकी छन् । शेर्पा...
उपनिर्वाचनकालागि गौरीशंकरमा ७ राजनीतिक दलसहित १६ जनाको मनोनयन दर्ता, सुचीसहित

उपनिर्वाचनकालागि गौरीशंकरमा ७ राजनीतिक दलसहित १६ जनाको मनोनयन दर्ता, सुचीसहित

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, राजनीति, समाचार
दोलखा । गौरीशंकर गाउँपालिकामा हुने उपनिर्वाचनका लागि १६ जनाको मनोनयन दर्ता भएको छ । गौरीशंकरमा उपनिर्वाचनको लागि आज भएको मनोनयन दल दर्तामा नेकपा एमाले, एकीकृत माओवादी केन्द्र, नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (राश्वपा), नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी र ९ जना स्वतन्त्र उम्मेदवारहरुको उम्मेदवारी दर्ता भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय गौरीशंकरका अनुसार पालिकाको उपाध्यक्ष पदकालागि एमालेवाट उमा लुङ्गेली मगर शेर्पा, नेकपा माओवादी केन्द्रवाट निमलेकी शेर्पा, कांग्रेसवाट पासदिकी शेर्पा तामाङ, राश्वपावाट गोमा श्रेष्ठ, नेकपा एसवाट रविना खड्का, राप्रपावाट मनकुमारी श्रेष्ठ र जनता समाजवादी पार्टीवाट सपना कार्की खड्काको उम्मेदवारी परेको छ । त्यस्तै उपनिर्वाचनकालागि ९ जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । स्वतन्त...