अखिल क्रान्तिकारी सुनापति गाउँपालिका कमिटी अध्यक्ष खड्काको नेतृत्वमा ६५ सदस्यीय कमिटी गठन सम्पन्न
रामेछाप । सुनापति गाउँपालकामा नेकपा (माओवादी केन्द्र) को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) सुनापति गाउँपालिका कमिटी अध्यक्षमा विनोद खड्काको नेतृत्वमा ६५ सदस्यीय कमिटी गठन गरिएको छ ।बिहिबार गठन भएको अखिल क्रान्तिकारी सुनापति गाउँपालिकाको इन्चार्ज हिक्मत थिङ, उपाध्यक्षमा रुपेस नेपाली, समिर तामाङ, सचिव सन्तोष गौतम रहेका छन । आज हिलेदेवीमा भएको भेलाका प्रमुख अथिति नेकपा(माओवादी केन्द्र) बागमती प्रदेश कमिटी सदस्य टंकलाल घिसिङ (टलक)ले सम्बोधन गर्नु भएको छ । भेलालाई सम्बोधन गर्दै घिसिङले विद्यार्थी भनेको भविस्यका खाम्बा भएकोले त्यसको लागि सबै क्षेत्रमा दखल राख्नु पर्ने बताउनु भएको छ । उहाले आफु पनि विद्यार्थीबाट नै राजनीतिमा आएको र विद्यार्थीले राजनीति वा आफू के बन्ने भने बारे पहिले नै निर्णय लिनु पर्ने उहाले बताउनु भएको छ । विद्यार्थी राजनीतिबाट नै यस ...