Advertisement

EN

EN

Edit Content

नेपालको कृषि र पर्यटनलाई बीआरआर्ई फ्रेमवर्क मार्फत अगाडि बढाउँदै

Advertisement

काठमाडौं । नेपालको कृषि र पर्यटनलाई बीआरआर्ई फ्रेमवर्क मार्फत अगाडि बढाउँन संम्बाद कार्यक्रम सम्पन्न भएको छ । फाउन्डेसन अफ ट्रान्सहिमालयन रिसर्च एन्ड स्टडिजको आयोजना र फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपालको सहकार्यमा बीआरआई फ्रेमवर्क सम्बाद कार्यक्रम सम्पन्न भएको हो ।

मंगलबार काठमाडौमा सम्पन्न कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपालको पर्यटन र कृषि क्षेत्रमा चीनको निरन्तर समर्थनको प्रशंसा गर्दै दुई देशबीचको ऐतिहासिक मित्रता हरेको चर्चा गरेका थिए । उनले चीनसँग भैंसीको मासु निर्यातका लागि गरिएको सम्झौतालाई नेपाल–चीन बीच आर्थिक सम्बन्धको प्रगति हुने धारणा व्यक्त गरे ।

मन्त्री अधिकारीले नेपाललाई कृषि र पर्यटन क्षेत्रमा प्रविधि र लगानीको ठूलो आवश्यकता रहेको औंल्याउँदै बीआरआई फ्रेमवर्क अन्तर्गतका परियोजनाहरू कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले चिनियाँ सरकारलाई समर्थनका लागि धन्यवाद दिँदै परियोजनाहरूले नेपालको दीगो विकासमा सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा चिनियाँ राजदूत छेन सोङले पनि सम्बोधन गर्दै बीआरआई अन्तर्गत कृषि र पर्यटन क्षेत्रमा चीनले नेपाललाई सहयोग गर्न तयार रहेको जानकारी दिए । उनले नेपाललाई चिस्यान गृह(कोल्ड स्टोरेज), ताजा मासु र तरकारी उत्पादनमा ध्यान दिन, चीनका आयात–निर्यात मापदण्डअनुसार गुणस्तर सुनिश्चित गर्न, र कृषि आधुनिकीकरणका लागि परम्परागत खेती प्रणालीलाई प्रविधिमा रूपान्तरण गर्न सुझाव दिए ।

उनले बीआरआई परियोजनाहरू नेपालका लागि आधुनिक कृषि प्रणाली स्थापना गर्न महत्वपूर्ण हुने बताउँदै यी परियोजनाहरूले चीनबाट आधुनिक पशुपालन र कृषि प्रविधि भित्र्याउने उल्लेख गरे । पर्यटन क्षेत्रमा, चीनले नेपालको सांस्कृतिक पर्यटन प्रवद्र्धन गर्न र नेपाली पर्यटनलाई चीनमा प्रचारप्रसार गर्न पनि इच्छुक रहेको जानकारी गराए ।

कार्यक्रममा पर्यटन क्षेत्रमा डा. कल्याणराज शर्मा, कृषि क्षेत्रमा डा. यमुना घले र पशुपालनमा डा. श्रीराम न्यौपानेले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा फाउन्डेशनका अध्यक्ष आनन्द प्रसाद पोखरेलले दुई देशबीचको सम्बन्ध, बीआरआई फ्रेमवर्क अन्तर्गतका अवसर र कृषि तथा पर्यटन क्षेत्रमा रहेको सम्भावनाको बारेमा चर्चा गरका थिए ।

त्यस्तै, कार्यक्रममा सहभागीहरूले कृषि क्षेत्रको विकासप्रति चिन्ता व्यक्त गर्दै सरकारले बीआरआई परियोजनालाई समयमै अन्तिम रूप दिई कार्यन्वयनमा ल्याउन सुझाव दिए । कार्यक्रममा कृषि र पर्यटन क्षेत्रका विज्ञहरुको सहभागिता थियो ।

तस्विरः किशोर कुमार गुरुङ

0 Shares

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

अन्तर्राष्ट्रिय तमू परिषद्को ७औं स्थापना दिवस सम्पन्न, सचिवालय सदस्यसहित कार्यलय स्थापना

अन्तर्राष्ट्रिय तमू परिषद्को ७औं स्थापना दिवस सम्पन्न, सचिवालय सदस्यसहित कार्यलय स्थापना

किशोर गुरुङ, कात्तिक ३, २०८२ काठमाडौं । विश्वभर छरिएर रहेका तमू(गुरुङ) समुदायका संघसंस्था र व्यक्तिहरूलाई एउटै साझा मञ्चमा ल्याई ...
मनोपरामर्श किन आवश्यक छ ? यसका फाइदाहरू के-के छन् ?

मनोपरामर्श किन आवश्यक छ ? यसका फाइदाहरू के-के छन् ?

काठमाडौं, असोज १० — आजको द्रुत गतिमा परिवर्तन भइरहेको युगमा मानिसको जीवनशैली, सोच, व्यवहार र सामाजिक संरचनामा तीव्र रूपान्तरण ...
गौरीशंकर उद्यमशील युवा समाजद्वारा मनोपरामर्श र उद्यमशीलता सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

गौरीशंकर उद्यमशील युवा समाजद्वारा मनोपरामर्श र उद्यमशीलता सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौ, असोज ६ — गौरीशंकर उद्यमशील युवा समाजको आयोजनामा "मनोपरामर्श, युवा उद्यमशीलता तथा युवा सकरात्मक सोच" विषयमा विशेष प्रश...
लुम्बिनी प्रदेशसभा सदस्य पुनको निधन

लुम्बिनी प्रदेशसभा सदस्य पुनको निधन

काठमाडौं, भदौ १५ – लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुन मगरको शनिबार निधन भएको छ। पुनको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महार...
प्राध्यापक स्व. सन्तबहादुर गुरुङको १६औँ स्मृति दिवस सम्पन्न

प्राध्यापक स्व. सन्तबहादुर गुरुङको १६औँ स्मृति दिवस सम्पन्न

काठमाडौं । तमू समुदायका अग्रज, शिक्षाविद् तथा समाजसेवी प्राध्यापक स्व. सन्तबहादुर गुरुङको १६औँ स्मृति दिवस श्रद्धापूर्वक सम्पन...
आजको मौसम

आजको मौसम

काठमाडौं आज देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भू-भागका धेरै स्थानहरूमा र मधेश प्रदेश लगायत देशका बाँकी तराई भू-भागका के...
आज गाईजात्रा, उपत्यकामा सार्वजनिक विदा

आज गाईजात्रा, उपत्यकामा सार्वजनिक विदा

काठमाडौं, २६ साउन — आज काठमाडौं उपत्यका लगायत नेपालभर गाईजात्रा पर्व धूमधामका साथ मनाइँदैछ। मृतकको सम्झनामा आफन्तले गाई वा गाई...
३१औँ विश्व आदिवासी दिवस, देशभर विभिन्न कार्यक्रम गरी भव्यताका साथ सम्पन्

३१औँ विश्व आदिवासी दिवस, देशभर विभिन्न कार्यक्रम गरी भव्यताका साथ सम्पन्

काठमाडौं, २६ साउन — ३१औँ विश्व आदिवासी दिवस नेपालभर विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ सम्पन्न गरिएको छ। आदिवासी जनजाति...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज