Advertisement

EN

गौरीशंकर उद्यमशील युवा समाजद्वारा मनोपरामर्श र उद्यमशीलता सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

Advertisement

काठमाडौ, असोज ६ — गौरीशंकर उद्यमशील युवा समाजको आयोजनामा “मनोपरामर्श, युवा उद्यमशीलता तथा युवा सकरात्मक सोच” विषयमा विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। समाजले पहिलोपटक आयोजना गरिएको कार्यक्रममा गौरीशंकरका वडा नं. १ देखि ९ सम्मका युवा व्यवसायी, राजनीतिक, सामाजिक, बुद्धिजिवि तथा स्थानीय प्रतिनिधिहरुको समेत उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा पूर्वसञ्चारमन्त्री पार्वत गुरुङ, गौरीशंकर गाउँपालिकाका पूर्वअध्यक्ष सोयम बहादुर खड्का, पूर्वउपाध्यक्ष उर्मिला थामी, हालकी उपाध्यक्ष उमा लुङ्गेली मगर शेर्पा, वडा नं. ६ का वडाध्यक्ष निमासाङ्गे शेर्पा लगायत विभिन्न पेशा व्यवसायमा संलग्न युवा व्यवसायी तथा समाजका सक्रिय सदस्यहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागीलाई वरिष्ठ मनोपरामर्श विज्ञ विकास देव योञ्जन, सफल व्यवसायी दिल्लीध्वज बराइली र धर्मगुरु खेम्पो पेमछिरी शेर्पाले छुट्टाछुट्टै विषयमा प्रशिक्षिण दिए।

“मनोपरामर्श, युवा उद्यमशीलता तथा सकारात्मक सोच” प्रशिक्षण कार्यक्रममा वरिष्ठ मनोपरामर्शविद् विकास देव योञ्जनले युवाहरुलाई जीवनमा सकारात्मक सोचको महत्वबारे विशेष प्रशिक्षण प्रदान गरे।

उनले प्रशिक्षणका क्रममा मानिसको हरेक पाइलामा सकारात्मक सोच आवश्यक रहेको स्पष्ट पारे। उनका अनुसार, सोचाइ नै जीवनको दिशानिर्देशक शक्ति हो र नकारात्मक सोचले मानिसलाई लक्ष्यभन्दा टाढा पुर्याउँछ। “परिवर्तनका लागि सधैं राम्रो र सकारात्मक सोच रहनु आजको आवश्यकता हो,” उनले भने।

योञ्जनले विशेष गरी युवाहरुलाई व्यवहार सुधार, दैनिक गतिविधिमा सचेतता र आत्मअनुशासनको अभ्यास गर्न जोड दिए। उनका अनुसार व्यवहारमा देखिने सानो परिवर्तनले नै ठूला उपलब्धि हासिल गर्न मद्दत गर्छ। उनले आत्मविश्वास, समय व्यवस्थापन, अनुशासन र सकारात्मक दृष्टिकोणलाई सफल जीवनका आधारस्तम्भका रूपमा व्याख्या गरे।

मनोपरामर्शविद् योञ्जनले जीवनमा देखापर्ने उतारचढावलाई अवसरका रूपमा लिन आग्रह गर्दै युवाहरुलाई आत्मबल र धैर्य विकास गर्न प्रेरित गरे। उनले प्रशिक्षणमा सहभागिहरूसँग अन्तरक्रिया गर्दै उनीहरूको व्यक्तिगत तथा सामाजिक अनुभव सुने र त्यसअनुसार मार्गदर्शनसमेत गरे।

उनले विशेष गरी वर्तमान पुस्ताले मानसिक दबाब, प्रतिस्पर्धा र असफलताबाट निराश नभई आत्मसुधार र आत्मचिन्तनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। “मानिसको सोचाइ सकारात्मक भएन भने कठिनाइलाई अवसरमा बदल्न सकिँदैन,” उनले भने।

कार्यक्रममा सहभागी युवाहरूले योञ्जनको प्रस्तुति अत्यन्त उपयोगी भएको प्रतिक्रिया दिएका थिए। सहभागीहरूले सकारात्मक सोच र व्यवहार परिवर्तनसँग सम्बन्धित सुझावलाई आफ्नो व्यक्तिगत जीवन र पेशागत क्षेत्रमा प्रयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

प्रशिक्षण कार्यक्रममा सफल उद्यमी डिल्लीध्वज बराइलीले युवा उद्यमशीलता सम्बन्धी अनुभवसहित प्रशिक्षण दिएका छन् ।

बराइलीले उद्यमशीलतालाई युवाको रोजगारी सिर्जना र आर्थिक उन्नतिको प्रमुख आधारका रूपमा व्याख्या गरे। उनका अनुसार, “रोजगारी खोज्नु मात्र होइन, नयाँ अवसर सिर्जना गरेर अरुलाई समेत रोजगारी दिन सक्ने क्षमता उद्यमशीलतामा हुन्छ।” उनले युवाहरुलाई परम्परागत सोच भन्दा बाहिर निस्केर नवीनता, लगनशीलता र परिश्रमसहित व्यवसायिक यात्रा सुरु गर्न आह्वान गरे।

प्रशिक्षणमा उनले आफ्नै संघर्षमय यात्राको कथालाई उदाहरणका रूपमा प्रस्तुत गरे। सानो लगानी र सीमित साधनस्रोतबाट सुरु गरेको व्यवसायलाई कसरी विस्तार गर्दै आजको सफलतासम्म ल्याउन सकियो भन्ने प्रेरणादायी अनुभव उनले बाँडे। बराइलीका अनुसार उद्यमशीलतामा धैर्य, आत्मविश्वास र स्पष्ट लक्ष्य अपरिहार्य हुन्छन्। “असफलता भनेको अन्तिम सत्य होइन, नयाँ अवसर खोज्ने प्रेरणा हो” उनले भने।

युवाहरुलाई व्यवसायिक जग बसाल्नका लागि प्रारम्भिक सीप, स्रोत व्यवस्थापन, साझेदारी र नेटवर्किङमा ध्यान दिनुपर्ने उनले सुझाव दिए। साथै, व्यवसायलाई केवल नाफा कमाउने माध्यम मात्र नभई सामाजिक उत्तरदायित्व र सामुदायिक विकाससँग जोडिनुपर्नेमा पनि उनले जोड दिए।

बराइलीले बजार विश्लेषण, ग्राहकको आवश्यकता बुझ्ने क्षमता र निरन्तर सुधारको भावना उद्यमीको सफलताका प्रमुख आधार भएको बताए। उनले व्यवसायमा आएको अवरोध र चुनौतीलाई कसरी पार गर्दै अगाडि बढ्ने भन्ने व्यावहारिक उपायहरू पनि प्रस्तुत गरे।

कार्यक्रममा सहभागी युवाले बराइलीको प्रशिक्षणलाई “प्रेरणादायी र व्यावहारिक” भन्दै सराहना गरे। धेरैले आफ्नै क्षेत्रमा उद्यम सुरु गर्ने आत्मबल पाएको अनुभव सुनाए।

त्यसैगरी धर्मगुरु खेम्पो पेमछिरी शेर्पाले सहभागीलाई अहिंसा, शान्ति र प्रेमसम्बन्धी विशेष प्रवचन दिनुभयो। उहाँले प्रवचनको क्रममा उद्यमशीलताको आधार केवल आर्थिक पक्षमा मात्र सीमित नभई मानवीय मूल्य र नैतिकतासँग जोडिनुपर्ने आवश्यकता औंल्याए। उनका अनुसार, “अहिंसात्मक सोच, शान्तिपूर्ण व्यवहार र प्रेमपूर्ण सम्बन्ध बिना उद्यम सफल हुँदैन।” उनले उद्यमशीलताको यात्रा केवल नाफा कमाउने साधन नभई समाजमा विश्वास, सद्भाव र सेवा भाव बढाउने अभ्यास पनि हो भन्नेमा जोड दिए।

खेम्पो शेर्पाले युवाहरुलाई आफ्नो उद्यममा सत्यता, पारदर्शिता र इमानदारीलाई मूल मन्त्र बनाउन सुझाव दिए। उनले यदि उद्यमीले ग्राहक, सहकर्मी र समाजप्रति प्रेम, आदर र विश्वासका साथ व्यवहार गर्छ भने त्यो उद्यम स्वतः दिगो र सफल हुने बताए।

उनले अहिंसा र शान्तिको अभ्यासलाई केवल धार्मिक वा आध्यात्मिक सन्दर्भमा नभई व्यवसायिक र सामाजिक जीवनमा समेत उतार्नुपर्ने बताए। सहिष्णुता, धैर्य र क्षमतावान उद्यमीको दीर्घकालीन सफलता र सामाजिक सम्मानका लागि आधारस्तम्भ भएको उनको भनाइ थियो।

कार्यक्रममा उपस्थित सहभागीहरूले खेम्पो पेमछिरी शेर्पाको प्रवचनले उद्यमशीलताको आध्यात्मिक पक्ष बुझ्न र उद्यमलाई नैतिक मुल्यसँग जोड्न नयाँ दृष्टिकोण प्रदान गरेको बताएका थिए।

यसरी, कार्यक्रममा सहभागीलाई आत्मपरिवर्तन र सकारात्मक जीवनदृष्टिकोण अपनाउन प्रेरित गरेको आयोजकले जनाएको छ।

 

0 Shares

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

अन्तर्राष्ट्रिय तमू परिषद्को ७औं स्थापना दिवस सम्पन्न, सचिवालय सदस्यसहित कार्यलय स्थापना

अन्तर्राष्ट्रिय तमू परिषद्को ७औं स्थापना दिवस सम्पन्न, सचिवालय सदस्यसहित कार्यलय स्थापना

किशोर गुरुङ, कात्तिक ३, २०८२ काठमाडौं । विश्वभर छरिएर रहेका तमू(गुरुङ) समुदायका संघसंस्था र व्यक्तिहरूलाई एउटै साझा मञ्चमा ल्याई ...
मनोपरामर्श किन आवश्यक छ ? यसका फाइदाहरू के-के छन् ?

मनोपरामर्श किन आवश्यक छ ? यसका फाइदाहरू के-के छन् ?

काठमाडौं, असोज १० — आजको द्रुत गतिमा परिवर्तन भइरहेको युगमा मानिसको जीवनशैली, सोच, व्यवहार र सामाजिक संरचनामा तीव्र रूपान्तरण ...
गौरीशंकर उद्यमशील युवा समाजद्वारा मनोपरामर्श र उद्यमशीलता सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

गौरीशंकर उद्यमशील युवा समाजद्वारा मनोपरामर्श र उद्यमशीलता सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौ, असोज ६ — गौरीशंकर उद्यमशील युवा समाजको आयोजनामा "मनोपरामर्श, युवा उद्यमशीलता तथा युवा सकरात्मक सोच" विषयमा विशेष प्रश...
लुम्बिनी प्रदेशसभा सदस्य पुनको निधन

लुम्बिनी प्रदेशसभा सदस्य पुनको निधन

काठमाडौं, भदौ १५ – लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुन मगरको शनिबार निधन भएको छ। पुनको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महार...
प्राध्यापक स्व. सन्तबहादुर गुरुङको १६औँ स्मृति दिवस सम्पन्न

प्राध्यापक स्व. सन्तबहादुर गुरुङको १६औँ स्मृति दिवस सम्पन्न

काठमाडौं । तमू समुदायका अग्रज, शिक्षाविद् तथा समाजसेवी प्राध्यापक स्व. सन्तबहादुर गुरुङको १६औँ स्मृति दिवस श्रद्धापूर्वक सम्पन...
आजको मौसम

आजको मौसम

काठमाडौं आज देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भू-भागका धेरै स्थानहरूमा र मधेश प्रदेश लगायत देशका बाँकी तराई भू-भागका के...
आज गाईजात्रा, उपत्यकामा सार्वजनिक विदा

आज गाईजात्रा, उपत्यकामा सार्वजनिक विदा

काठमाडौं, २६ साउन — आज काठमाडौं उपत्यका लगायत नेपालभर गाईजात्रा पर्व धूमधामका साथ मनाइँदैछ। मृतकको सम्झनामा आफन्तले गाई वा गाई...
३१औँ विश्व आदिवासी दिवस, देशभर विभिन्न कार्यक्रम गरी भव्यताका साथ सम्पन्

३१औँ विश्व आदिवासी दिवस, देशभर विभिन्न कार्यक्रम गरी भव्यताका साथ सम्पन्

काठमाडौं, २६ साउन — ३१औँ विश्व आदिवासी दिवस नेपालभर विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ सम्पन्न गरिएको छ। आदिवासी जनजाति...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज
VIRAL88
GORI77
WINSTRIKE69
CLAN4D
VIRAL88
VIRAL88
PAKONG86
LINABET69
KAPTENJACKPOT
GORI77
GORI77
GORI77
VIRAL4D
BOOSTERJP
GORI77
GORI77
GORI77
VIRAL88
VIRAL88
gori77
WINSTRIKE69
WINSTRIKE69
WINSTRIKE69
VIRAL4D
VIRAL88
WINSTRIKE69
gori77
WINSTRIKE69
WINSTRIKE69
ELANG212
WINSTRIKE69
WINSTRIKE69
WINSTRIKE69
CLAN4D
WINSTRIKE69
WINSTRIKE69
winstrike69
SAMSONBET86
WINSTRIKE69
winstreak 69
winstreak69
winstrik69
winstrike 69
winstreak 69 login
WINSTRIKE69
LINABET69
LINABET69
WINSTRIKE69
superjp
jagoan86
boosterjp
gori77
gori77
boosterjp
winstrike69
boosterjp
boosterjp
pakong86
kaptenjackpot
superjp
winstrike69
winstrike69
winstrike69
winstrike69
jagoan86
dinamit4d
dinamit4d
dinamit4d
samsonbet86
kaptenjackpot
gori77
kaptenjackpot
superjp
pakong86
dinamit4d