काठमाडौं, २६ साउन — ३१औँ विश्व आदिवासी दिवस नेपालभर विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ सम्पन्न गरिएको छ। आदिवासी जनजातिको अधिकार, भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष अगष्ट ९ ९साउन २६० मा यो दिवस मनाइँदै आएको हो।
काठमाडौंमा आयोजित केन्द्रीय कार्यक्रममा आदिवासी जनजातिका प्रतिनिधि, अधिकारकर्मी, समाजसेवी तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा भाषण, सांस्कृतिक झाँकी, पारम्परिक नृत्य र प्रदर्शनमार्फत आदिवासी समुदायको विविधता र योगदानको सम्मान गरिएको थियो।
यस अवसरमा विभिन्न जिल्लाहरूमा समेत स्थानीयस्तरका र्याली, अन्तरक्रिया, गोष्ठी तथा सांस्कृतिक प्रस्तुतिहरू गरिएका छन्। वक्ताहरूले संविधानले प्रत्याभूत गरेका अधिकारको कार्यान्वयन, समानुपातिक सहभागिता र पहिचानको सम्मानका लागि सरकार र समाज दुवै जिम्मेवार रहनुपर्नेमा जोड दिएका थिए।
संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९४ देखि सुरु गरेको विश्व आदिवासी दिवस हाल विश्वका विभिन्न मुलुकमा सांस्कृतिक र अधिकारमूलक उत्सवका रूपमा मनाइँदै आएको छ। नेपालमा यो दिवसले आदिवासी जनजाति समुदायको आवाज बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।