Advertisement

EN

प्रितम गुरुङको ५०औँ चलचित्र ‘मुख्या’ बेलायतमा प्रिमियरपछि काठमाडौँमा प्रदर्शन, फोटोफिचरसहित

Advertisement

काठमाडौं, भदौ १३ – गुरुङ चलचित्र निर्माता तथा नायक प्रितम गुरुङको कलात्मक यात्रामा नयाँ उपलब्धि थपिएको छ । गुरुङ चलचित्र क्षेत्रमा पाँच दशक लामो समयदेखि सक्रिय रहँदै आएका गुरुङको ५०औँ चलचित्र ‘मुख्या’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ।

रोधि डिजिटलको व्यानरमा निर्माण भएको चलचित्र ‘मुख्या’ गुरुङ समुदायको सामाजिक, सांस्कृतिक र परम्परागत संरचना तथा नेतृत्व व्यवस्थामा आधारित रहेको छ। चलचित्रमा परम्परागत गुरुङ समाजमा “मुख्या” (गाउँको अगुवा नेता) को भूमिकालाई आधुनिक परिवेशसँग जोडेर प्रस्तुत गरिएको छ।

चलचित्रले गुरुङ समुदायको मौलिक संस्कृति, रीतिरिवाज, आपसी सद्भाव, गाउँ–घरमा हुने सामाजिक कार्य प्रणालीदेखि वर्तमान समयका सामाजिक–आर्थिक चुनौतीलाई समेत कथामा उतारेको निर्माण कम्पनीले जनाएको छ।

निर्माता तथा नायक प्रितम गुरुङले भने, “यो मेरो ५०औँ चलचित्र भएकाले यसलाई म जीवनकै महत्वपूर्ण उपलब्धि मान्छु। यस चलचित्र मार्फत गुरुङ मात्र होइन, सम्पूर्ण नेपाली समाजले मौलिक संस्कृतिको गहिरो भावनालाई महसुस गर्नेछन्।”

मुख्यको अर्थ हजुरबुबा हो, उहाँमा घमण्ड छ, उहाँ सोच्नुहुन्छ कि उहाँ धन भन्दा ठूलो केही होइन। फिल्मका निर्देशक प्रीतम गुरुङका अनुसार फिल्मको कथावस्तु गाउँको मुखियाको वरिपरि घुम्छ। फिल्ममा हामीले “मुख्या”को चरित्र देखाउने प्रयास गरेका छौं। “हामीले घमण्डका कारण पारिवारिक र सामाजिक विखण्डन देख्ने प्रयास गरेका छौं” उनले भने।

चलचित्र “मुख्य” लमजुङको मर्स्याङ्दी गाउँपालिका ६, भिरपुस्तुन, बाहुनडाँडा र दिङदिङमा छायांकन गरिएको हो। २०५२ सालदेखि चलचित्र क्षेत्रमा प्रबेश गरेका गुरुङले आफ्नो ५०औं चलचित्रको रूपमा “मुख्या” निर्माण गरेका हुन्।

गुरुङ समुदाय र पारिवारिक कथामा आधारित चलचित्र “मुख्या” मा विष्णु गुरुङ, टिकाराम घले, सविना गुरुङ, रिया गुरुङ, रेशम गुरुङ, सुमन गुरुङ, दिनेश गुरुङ लगायतका कलाकारहरुले अभिनय गरेका छन्।

फिल्ममा गणेश गुरुङ र देव गुरुङले गीत लेखेका छन्। गीतलाई दीपक गुरुङ र राकेश गुरुङले संगीत दिएका छन् भने दिपक गुरुङ, विमला गुरुङ, दुर्गा गुरुङ र एलिना गुरुङले आफ्नो स्वर दिएका छन्। सन्तोषी गुरुङले कोरियोग्राफर गरेका छन् भने खेम थापा मगरले छायांकन र मेक थापा मगरले सम्पादन गरेका हुन्।

त्यसैगरी चलचित्र ११ जुलाईमा बेलायतको अल्डरसटस्थित एम्पायर हलमा प्रिमियर शो गरेर औपचारिक रूपमा प्रदर्शन सुरु गरिएको हो । “मुख्या” बेलायतको अल्डरसट, रिडिङ र स्कटल्याण्डको प्रदर्शनपछि काठमाडौँको गोंगबुस्थित इन्फिनिटी मुभिजमा शुक्रबार पहिलो प्रिमियर शो गरेका हुन् । चलचित्र शनिवार र आइतबारसम्म प्रर्दशन हुनेछ ।

फोटोफिचर

0 Shares

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मनोपरामर्श किन आवश्यक छ ? यसका फाइदाहरू के-के छन् ?

मनोपरामर्श किन आवश्यक छ ? यसका फाइदाहरू के-के छन् ?

काठमाडौं, असोज १० — आजको द्रुत गतिमा परिवर्तन भइरहेको युगमा मानिसको जीवनशैली, सोच, व्यवहार र सामाजिक संरचनामा तीव्र रूपान्तरण ...
गौरीशंकर उद्यमशील युवा समाजद्वारा मनोपरामर्श र उद्यमशीलता सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

गौरीशंकर उद्यमशील युवा समाजद्वारा मनोपरामर्श र उद्यमशीलता सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौ, असोज ६ — गौरीशंकर उद्यमशील युवा समाजको आयोजनामा "मनोपरामर्श, युवा उद्यमशीलता तथा युवा सकरात्मक सोच" विषयमा विशेष प्रश...
लुम्बिनी प्रदेशसभा सदस्य पुनको निधन

लुम्बिनी प्रदेशसभा सदस्य पुनको निधन

काठमाडौं, भदौ १५ – लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुन मगरको शनिबार निधन भएको छ। पुनको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महार...
प्रितम गुरुङको ५०औँ चलचित्र ‘मुख्या’ बेलायतमा प्रिमियरपछि काठमाडौँमा प्रदर्शन, फोटोफिचरसहित

प्रितम गुरुङको ५०औँ चलचित्र ‘मुख्या’ बेलायतमा प्रिमियरपछि काठमाडौँमा प्रदर्शन, फोटोफिचरसहित

काठमाडौं, भदौ १३ – गुरुङ चलचित्र निर्माता तथा नायक प्रितम गुरुङको कलात्मक यात्रामा नयाँ उपलब्धि थपिएको छ । गुरुङ चलचित्र क्षेत...
आजको मौसम

आजको मौसम

काठमाडौं आज देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भू-भागका धेरै स्थानहरूमा र मधेश प्रदेश लगायत देशका बाँकी तराई भू-भागका के...
आज गाईजात्रा, उपत्यकामा सार्वजनिक विदा

आज गाईजात्रा, उपत्यकामा सार्वजनिक विदा

काठमाडौं, २६ साउन — आज काठमाडौं उपत्यका लगायत नेपालभर गाईजात्रा पर्व धूमधामका साथ मनाइँदैछ। मृतकको सम्झनामा आफन्तले गाई वा गाई...
३१औँ विश्व आदिवासी दिवस, देशभर विभिन्न कार्यक्रम गरी भव्यताका साथ सम्पन्

३१औँ विश्व आदिवासी दिवस, देशभर विभिन्न कार्यक्रम गरी भव्यताका साथ सम्पन्

काठमाडौं, २६ साउन — ३१औँ विश्व आदिवासी दिवस नेपालभर विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ सम्पन्न गरिएको छ। आदिवासी जनजाति...
आज जनैपूर्णिमा, देशभर धार्मिक उत्सवको रुपमा मनाउदै

आज जनैपूर्णिमा, देशभर धार्मिक उत्सवको रुपमा मनाउदै

काठमाडौं । आज नेपालभर जनैपूर्णिमा, ऋषितर्पणी तथा क्वाँटी खाने दिन धुमधामका साथ मनाइँदै छ । नेपाली पञ्चाङ्ग अनुसार प्रत्येक वर्...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज