Advertisement

EN

नेपाल उपविजेतामै सिमित, महिला च्याम्पियनसिपको उपाधि म्यानमारलाई

Advertisement

काठमाडौं । महिला च्याम्पियनसिपको उपाधि म्यानमारले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा म्यानमारले नेपाललाई २–० गोलले पराजित गर्दै उपाधि जितेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा खेलको दोस्रो हाफमा म्यानमारले २ गोल गर्दै नेपाललाई घरेलु मैदानमा स्तब्ध पारेको हो । यो हारसँगै नेपाल १३औं फाइनलमा पनि रजतमा मात्र सीमित भएको छ ।

बुधबार भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको दुई मिनेटको अन्तरमा दुई गोल खाएको थियो । खेलको ६२ मिनेटमा म्यानमारले अग्रता लिएको थियो । म्यानमारका लागि नो पो खिनले गोल गर्दै दशरथ रंगशालामा उपस्थित घरेलु दर्शकलाई स्तब्ध पारिन् ।

दुई मिनेटपछि म्यानमारले अग्रता दोब्बर पार्‍यो । म्यानमारकी कप्तान विन तुनले डिबक्स नजिकबाट हानेको प्रहार नेपालकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाको खुट्टामा लागेर गोल भयो । नेपालकी डिफेन्डर गीता रानाले एन्जिलाको खुट्टाबाट फुत्किएको बल रोक्ने प्रयास गरे पनि सफल हुन सकिनन् ।

नेपाल र म्यानमार दुवैले लिग चरणमा लेबनान र किर्गिस्तानलाई पराजित गरेर फाइनलमा स्थान बनाएका थिए । नेपालले चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप यो प्रतियोगिता महिला एसिया कप र फिफा विश्वकप छनोटको तयारीका लागि आयोजना गरेको हो ।

त्यसैगरी, आगामी जुनमा नेपालले छनोट खेल्दैछ। छनोटको समूहमा शीर्ष बन्न सके नेपाल एएफसी वुमन्स एसिया कपमा छनोट हुनेछ।

0 Shares

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मनोपरामर्श किन आवश्यक छ ? यसका फाइदाहरू के-के छन् ?

मनोपरामर्श किन आवश्यक छ ? यसका फाइदाहरू के-के छन् ?

काठमाडौं, असोज १० — आजको द्रुत गतिमा परिवर्तन भइरहेको युगमा मानिसको जीवनशैली, सोच, व्यवहार र सामाजिक संरचनामा तीव्र रूपान्तरण ...
गौरीशंकर उद्यमशील युवा समाजद्वारा मनोपरामर्श र उद्यमशीलता सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

गौरीशंकर उद्यमशील युवा समाजद्वारा मनोपरामर्श र उद्यमशीलता सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौ, असोज ६ — गौरीशंकर उद्यमशील युवा समाजको आयोजनामा "मनोपरामर्श, युवा उद्यमशीलता तथा युवा सकरात्मक सोच" विषयमा विशेष प्रश...
लुम्बिनी प्रदेशसभा सदस्य पुनको निधन

लुम्बिनी प्रदेशसभा सदस्य पुनको निधन

काठमाडौं, भदौ १५ – लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुन मगरको शनिबार निधन भएको छ। पुनको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महार...
प्रितम गुरुङको ५०औँ चलचित्र ‘मुख्या’ बेलायतमा प्रिमियरपछि काठमाडौँमा प्रदर्शन, फोटोफिचरसहित

प्रितम गुरुङको ५०औँ चलचित्र ‘मुख्या’ बेलायतमा प्रिमियरपछि काठमाडौँमा प्रदर्शन, फोटोफिचरसहित

काठमाडौं, भदौ १३ – गुरुङ चलचित्र निर्माता तथा नायक प्रितम गुरुङको कलात्मक यात्रामा नयाँ उपलब्धि थपिएको छ । गुरुङ चलचित्र क्षेत...
आजको मौसम

आजको मौसम

काठमाडौं आज देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भू-भागका धेरै स्थानहरूमा र मधेश प्रदेश लगायत देशका बाँकी तराई भू-भागका के...
आज गाईजात्रा, उपत्यकामा सार्वजनिक विदा

आज गाईजात्रा, उपत्यकामा सार्वजनिक विदा

काठमाडौं, २६ साउन — आज काठमाडौं उपत्यका लगायत नेपालभर गाईजात्रा पर्व धूमधामका साथ मनाइँदैछ। मृतकको सम्झनामा आफन्तले गाई वा गाई...
३१औँ विश्व आदिवासी दिवस, देशभर विभिन्न कार्यक्रम गरी भव्यताका साथ सम्पन्

३१औँ विश्व आदिवासी दिवस, देशभर विभिन्न कार्यक्रम गरी भव्यताका साथ सम्पन्

काठमाडौं, २६ साउन — ३१औँ विश्व आदिवासी दिवस नेपालभर विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ सम्पन्न गरिएको छ। आदिवासी जनजाति...
आज जनैपूर्णिमा, देशभर धार्मिक उत्सवको रुपमा मनाउदै

आज जनैपूर्णिमा, देशभर धार्मिक उत्सवको रुपमा मनाउदै

काठमाडौं । आज नेपालभर जनैपूर्णिमा, ऋषितर्पणी तथा क्वाँटी खाने दिन धुमधामका साथ मनाइँदै छ । नेपाली पञ्चाङ्ग अनुसार प्रत्येक वर्...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज