Advertisement

EN

आदिवासी जनजाति उत्थान प्रतिष्ठानद्वारा प्रकाशित पुस्तक विमोचन, फोटोफिचरसहित

Advertisement

काठमाडौं । नेपाल सरकार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा गत वर्ष प्रकाशन गरिएका महत्वपूर्ण पुस्तकहरूको विमोचन समारोह सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।

समारोहमा प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले स्वागत मन्तव्य व्यक्त गर्नुहुदै आदिवासी जनजाति समुदायको भाषा, संस्कृति, इतिहास र पहिचान संरक्षणमा प्रतिष्ठानले गर्दै आएको योगदानबारे प्रकाश पार्नुभयो । उनले विगत वर्षमा प्रतिष्ठानले प्रकाशन गरेका पुस्तकहरू केवल साहित्यिक वा शैक्षिक सामग्री मात्र नभई आदिवासी जनजाति समुदायको अस्तित्व र गौरवलाई प्रस्ट पार्ने महत्वपूर्ण दस्तावेज भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा उपाध्यक्ष गुरुङले आदिवासी जनजाति प्रतिष्ठानले आदिवासीका विषयमा अध्ययन गर्ने मात्रै नभएर आदिवासी जनजातिको हक हितलाई सुरक्षित राख्ने अभिन्न अङ्ग रहेको बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय राज्यका नेतृत्वकर्ताबाटै पटक पटक प्रतिष्ठान आवश्यक छैन भन्दै आलोचना गर्नु आदिवासीको समस्याप्रति संवेदनशील नभएको प्रष्ट हुने बताउनुभयो ।

प्रमुख अतिथि मन्त्री पृथ्वीसुब्बा गुरुङले पुस्तक विमोचन गर्दै आदिवासी जनजाति समुदायको पहिचान, अधिकार र उत्थानका सवालमा सरकार गम्भीर रहेको बताउनुभयो । उनले आदिवासी जनजाति आयोग र प्रतिष्ठानबीचको कार्यसम्पादन र समन्वयलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याउँदै, प्रकाशन कार्यले नीति निर्माणदेखि शैक्षिक अनुसन्धानसम्ममा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री गुरुङले आदिवासी जनजातिहरूको भाषा, संस्कृति, कला र मौलिक ज्ञान प्रणालीलाई पुस्तौंदेखि पुस्तासम्म जोगाइराख्न सरकारी संरचना मात्र नभई समुदायको पनि बराबरको भूमिका रहने बताए । उनले प्रकाशित पुस्तकहरूले भावी पुस्तालाई आफ्नो इतिहास र पहिचान बुझ्न सहज बनाउने उल्लेख गरे ।

कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी, लेखक, विज्ञ, अनुसन्धानकर्ता तथा विभिन्न आदिवासी जनजाति समुदायका प्रतिनिधिहरूको उपस्थिति थियो । सहभागीहरूले पुस्तक विमोचनलाई आदिवासी जनजाति समुदायसँग सम्बन्धित विषयमा अध्ययन, अनुसन्धान र ज्ञान विस्तारको सशक्त प्रयासका रूपमा मूल्यांकन गरेका थिए ।

फोटो-फिचर

0 Shares

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मनोपरामर्श किन आवश्यक छ ? यसका फाइदाहरू के-के छन् ?

मनोपरामर्श किन आवश्यक छ ? यसका फाइदाहरू के-के छन् ?

काठमाडौं, असोज १० — आजको द्रुत गतिमा परिवर्तन भइरहेको युगमा मानिसको जीवनशैली, सोच, व्यवहार र सामाजिक संरचनामा तीव्र रूपान्तरण ...
गौरीशंकर उद्यमशील युवा समाजद्वारा मनोपरामर्श र उद्यमशीलता सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

गौरीशंकर उद्यमशील युवा समाजद्वारा मनोपरामर्श र उद्यमशीलता सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौ, असोज ६ — गौरीशंकर उद्यमशील युवा समाजको आयोजनामा "मनोपरामर्श, युवा उद्यमशीलता तथा युवा सकरात्मक सोच" विषयमा विशेष प्रश...
लुम्बिनी प्रदेशसभा सदस्य पुनको निधन

लुम्बिनी प्रदेशसभा सदस्य पुनको निधन

काठमाडौं, भदौ १५ – लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुन मगरको शनिबार निधन भएको छ। पुनको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महार...
प्रितम गुरुङको ५०औँ चलचित्र ‘मुख्या’ बेलायतमा प्रिमियरपछि काठमाडौँमा प्रदर्शन, फोटोफिचरसहित

प्रितम गुरुङको ५०औँ चलचित्र ‘मुख्या’ बेलायतमा प्रिमियरपछि काठमाडौँमा प्रदर्शन, फोटोफिचरसहित

काठमाडौं, भदौ १३ – गुरुङ चलचित्र निर्माता तथा नायक प्रितम गुरुङको कलात्मक यात्रामा नयाँ उपलब्धि थपिएको छ । गुरुङ चलचित्र क्षेत...
आजको मौसम

आजको मौसम

काठमाडौं आज देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भू-भागका धेरै स्थानहरूमा र मधेश प्रदेश लगायत देशका बाँकी तराई भू-भागका के...
आज गाईजात्रा, उपत्यकामा सार्वजनिक विदा

आज गाईजात्रा, उपत्यकामा सार्वजनिक विदा

काठमाडौं, २६ साउन — आज काठमाडौं उपत्यका लगायत नेपालभर गाईजात्रा पर्व धूमधामका साथ मनाइँदैछ। मृतकको सम्झनामा आफन्तले गाई वा गाई...
३१औँ विश्व आदिवासी दिवस, देशभर विभिन्न कार्यक्रम गरी भव्यताका साथ सम्पन्

३१औँ विश्व आदिवासी दिवस, देशभर विभिन्न कार्यक्रम गरी भव्यताका साथ सम्पन्

काठमाडौं, २६ साउन — ३१औँ विश्व आदिवासी दिवस नेपालभर विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ सम्पन्न गरिएको छ। आदिवासी जनजाति...
आज जनैपूर्णिमा, देशभर धार्मिक उत्सवको रुपमा मनाउदै

आज जनैपूर्णिमा, देशभर धार्मिक उत्सवको रुपमा मनाउदै

काठमाडौं । आज नेपालभर जनैपूर्णिमा, ऋषितर्पणी तथा क्वाँटी खाने दिन धुमधामका साथ मनाइँदै छ । नेपाली पञ्चाङ्ग अनुसार प्रत्येक वर्...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज