काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्रप्रसाद भण्डारी मोटरसाइकल चढेर सांसद भवन पुगेको थिए । उनी मोटरसाइकलबाट झर्न मात्र के पाएको थियो, त्यसै बेला सेतो गाडी हुइकीदै उनकै अगाडी आएर रोकियो ।
उनले गाडी झट्ट हेर्यो र त्यहि रोकिए । जुन गाडीभित्र उनकै सहकर्मी सांसद सुनिल शर्मा थियो । आफु उभिएको नजिक गाडी आएपछि नेता चन्द्र भण्डारीले गाडीको ढोका खोलिदिए ।
गाडीबाट कागजपत्र बोकेर मोबाइल चलाउँदै आफ्नै धुनमा झरेका शर्माले आफ्नो गाडीको ढोका खोल्ने व्यक्तिको ख्याल नै गरेको थिएन् । शर्मा बाहिर निस्केर हेर्दा पो अरु नभएर आफ्नै पार्टीका नेता भण्डारीलाई देखेपछि मुसुक्क मुस्कुराउँदै श्रद्धाले शिर झुकाएर आशीर्वाद लिए ।
नेपाली समाजनै त हो ! जुन दृश्यलाई देखेर सामाजिक सञ्जालमा धेरैको टिकाप्पणी भयो । धेरैको टिप्पणी छ नेपालमा सबै नेतामा यो खाले आत्मियता, संस्कार हुन जरुरी छ । तर यहाँ भण्ठारीको जस्तो सँस्कार र आत्मियता हुने नेताहरु विरलै छ ।