Advertisement

EN

सेन्सर बोर्डबाट चलचित्र ‘टुहुरी’ लाई युनिर्भसलको उपाधि, २६ गतेदेखि प्रर्दशन हुदै

Advertisement

काठमाडौ । गुरुङ संस्कार र संस्कृतिमा आधारित नेपाली चलचित्र ‘टुहुरी’ लाई युनिभर्सलको उपाधि दिएको छ । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयको सेन्सर बोर्डले प्रदर्शनको लागि स्विकृत दिदै चलचित्र ‘टुहुरी’लाई उत्कृष्ट बनेको भन्दै युनिभर्सलको उपाधि दिएको हो ।

चलचित्र टुहुरी प्रर्दशनको अन्तिम तयारीमा रहेको बेला बिहीबार सञ्चार मन्त्रालयले जाँचपास गरी उत्कृष्ट र जनचेतना मुलक बनेको हुनाले युनिभर्सलको उपाधि दिएको केन्द्रीय चलचित्र जाँच समितिका अध्यक्ष गौरव गिरीले बताउनुभयो । अध्यक्ष गिरीका अनुसार नेपाली भाषामा निर्मित चलचित्र ‘टुहुरी’ २ घण्टा १८ मिनेट र ७ सेकेण्ड रहेको छ, र चलचित्रले कथा र पात्रको माध्यमबाट समाजमा सकारात्मक र जनचेतनामुलक सन्देश दिन खोजेको हुनाले उत्कृष्ट अंक प्राप्त गरी युनिभर्सलको उपाधि दिएको बताउनुभयो ।

नव ज्योति भिजन नेपाल प्रा.लिको व्यानरमा निर्मित चौथो चलचित्र’ टुहुरी’ मा जनक गुरुङ निर्देशक, रुक आले मंगर, खड्ग गुरुङ र रविन गुरुङ निर्माता रहेको छ । चलचित्रमा सह-निर्देशक, कोरियोग्राफर एवं निर्माण कम्पनीको प्रबन्ध निर्देशक रविन गुरुङ आफैले गर्नुभएको छ ।

चलचित्रको कथाकारमा मञ्जु गुरुङ(सुस्मी) र पटकथा तथा संवाद निर्देशक जनक गुरुङ आफैले गर्नुभएकोछ । चलचित्रमा कुमार सामरी घले, काशी गुरुङ, आनन्द गुरुङ, रिना गुरुङ, मनोज गुरुङ, रविन गुरुङ, मौसम कुमार गुरुङ, राजु किराँत, कमला राई(करुण), सुवास गुरुङ, रश्मि गुरुङ र इशा गुरुङ लगायतका कलाकारहरूको अभिनय र मेकपआर्टिसमा रुपा गुरुङ रहेकी छिन् ।

सो चलचित्रको छाँयांकन क्यामेरा पर्सन खेम थापा मगर र दृश्य सम्पादन मेख थापा मगरले गर्नुभएको छ । चलचित्रको संगीत आँसु लामाले गर्नुभएको छभने, गीतमा पवित्र गुरुङ, आँसु लामा र सुमिना लामाको स्वर रहेको छ ।

चलचित्र ‘टुहुरी’ नवज्योति भिजन नेपाल प्रा.लि.को व्यानरमा निर्माण गरिएको चौथो प्रस्तुति हो । यसअघि आफ्नै व्यानरमा निर्माण गरिएको पहिलो “ङोलो ठागु” दोस्रो “पुर्णिमा” र तेस्रो “आफ्नै कर्म” चलचित्र सफतापूर्वक प्रर्दशन गरिसकेको छ ।

त्यसैगरी चलचित्र बैशाख २६ गते शुक्रबार पहिलो भिइपी शो दिउसो ४ बजे र दोस्रो पब्लिक शो शनिबार दिउँसो १२ः३० र बेलुका ४ः बजे गोंगबुस्थित इन्फिनिटी मुभिजमा हुदैछ । चलचित्रको प्रवेश शुल्क शुक्रबार भिआइपीको लागि रु ५ सय र शनिबार पब्लिको लागि भने रु ३५० तोकिएको निमार्ण कम्पनीको प्रबन्ध निर्देशक एवं सहनिर्देशक रविन गुरुङले बताउनुभयो ।

0 Shares

प्रतिक्रिया

Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

मनोपरामर्श किन आवश्यक छ ? यसका फाइदाहरू के-के छन् ?

मनोपरामर्श किन आवश्यक छ ? यसका फाइदाहरू के-के छन् ?

काठमाडौं, असोज १० — आजको द्रुत गतिमा परिवर्तन भइरहेको युगमा मानिसको जीवनशैली, सोच, व्यवहार र सामाजिक संरचनामा तीव्र रूपान्तरण ...
गौरीशंकर उद्यमशील युवा समाजद्वारा मनोपरामर्श र उद्यमशीलता सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

गौरीशंकर उद्यमशील युवा समाजद्वारा मनोपरामर्श र उद्यमशीलता सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौ, असोज ६ — गौरीशंकर उद्यमशील युवा समाजको आयोजनामा "मनोपरामर्श, युवा उद्यमशीलता तथा युवा सकरात्मक सोच" विषयमा विशेष प्रश...
लुम्बिनी प्रदेशसभा सदस्य पुनको निधन

लुम्बिनी प्रदेशसभा सदस्य पुनको निधन

काठमाडौं, भदौ १५ – लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुन मगरको शनिबार निधन भएको छ। पुनको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महार...
प्रितम गुरुङको ५०औँ चलचित्र ‘मुख्या’ बेलायतमा प्रिमियरपछि काठमाडौँमा प्रदर्शन, फोटोफिचरसहित

प्रितम गुरुङको ५०औँ चलचित्र ‘मुख्या’ बेलायतमा प्रिमियरपछि काठमाडौँमा प्रदर्शन, फोटोफिचरसहित

काठमाडौं, भदौ १३ – गुरुङ चलचित्र निर्माता तथा नायक प्रितम गुरुङको कलात्मक यात्रामा नयाँ उपलब्धि थपिएको छ । गुरुङ चलचित्र क्षेत...
आजको मौसम

आजको मौसम

काठमाडौं आज देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भू-भागका धेरै स्थानहरूमा र मधेश प्रदेश लगायत देशका बाँकी तराई भू-भागका के...
आज गाईजात्रा, उपत्यकामा सार्वजनिक विदा

आज गाईजात्रा, उपत्यकामा सार्वजनिक विदा

काठमाडौं, २६ साउन — आज काठमाडौं उपत्यका लगायत नेपालभर गाईजात्रा पर्व धूमधामका साथ मनाइँदैछ। मृतकको सम्झनामा आफन्तले गाई वा गाई...
३१औँ विश्व आदिवासी दिवस, देशभर विभिन्न कार्यक्रम गरी भव्यताका साथ सम्पन्

३१औँ विश्व आदिवासी दिवस, देशभर विभिन्न कार्यक्रम गरी भव्यताका साथ सम्पन्

काठमाडौं, २६ साउन — ३१औँ विश्व आदिवासी दिवस नेपालभर विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ सम्पन्न गरिएको छ। आदिवासी जनजाति...
आज जनैपूर्णिमा, देशभर धार्मिक उत्सवको रुपमा मनाउदै

आज जनैपूर्णिमा, देशभर धार्मिक उत्सवको रुपमा मनाउदै

काठमाडौं । आज नेपालभर जनैपूर्णिमा, ऋषितर्पणी तथा क्वाँटी खाने दिन धुमधामका साथ मनाइँदै छ । नेपाली पञ्चाङ्ग अनुसार प्रत्येक वर्...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज